अन्तरजातीय विहे गर्ने दम्पत्ती २० बर्षदेखि विस्थापित

कृष्ण खनाल
बुटवल, २१ माघ
तस्वीर शौजन्यः रेखा भुषाल
रुपन्देहीको बोगडी गाविस–७ पर्सहवाका एक अन्र्तजातिय विवाह गर्ने  दम्पत्ती विगत २० बर्ष देखि घरपरिवाबाट निकाल भएपछि विस्तापित जिवनयापन गर्दै आएका छन ।

अन्तरजातीय विहेगरेको निहुँमा गाँउ निकाला गरीएको एक दम्पती  अफ्नी छोरीको लगान जुर्ने बेला भईसकेको छ । तर उनीहरु अहिले सम्मपनि आफप्नो घर फर्कन पाएका छैनन ।
कथित तल्लो जातको केटा सगं बिबाह गरेको भन्दै गाँउ नर्फकन माइती पक्षले धम्काएपछि रुपन्देहीको मर्चवार स्थित बोगडी–७ पर्सहवाका राजेन्द्र चाँइ र  उनकी पत्नी श्रीमती लोध बिस बर्ष देखि गाँउबाट बिस्थापित भएका हुन ।

अन्तरजातीय बिबाहका कारण बिस बर्षदेखि विस्थापित जिवन बिताउँदै आएका मर्चवारका चाँइ दम्पती र उनीहरुका कान्छा छोरा । तस्वीर शौजन्यः रेखा भुषाल

माइती पक्षले तल्लो जातको केटाले अफ्नी चेली भगाएको भन्दै ‘गाँउ फर्के खुट्टा भाचीदिने’ भन्दै धम्की दिएको चाँइ दम्पतीले दुखेसो पोखेका छन । वि.स. २०५१ साल देखि बिस्थापित जिवन बिताउदै आएका उक्त दम्पतीका ४ छोराछोरी छन । चाँइ दम्पतीको गाँउमा प्रसस्त अन्न उब्जने खेत र पक्की घर छ । रुपन्देहीको पर्सहवामा अफ्नै पक्की घर खाली भएपनि गाँउ पस्न नपाउँदा उनीहरुको बास अहिले झुप्रोमा रहेको छ ।
पिडीत श्रीमान राजेन्द्र चाईले भने–‘गाँउमा आफ्नै घर खेत छ, बाबु आमाले घरमै आएर बस  भन्छन तर ससुरालीले गाउ फर्कन दिदैनन ।’ मेला मजदुरी गरेर गुजारा गर्दै आएको उनको परिवारले सार्वजनिक स्थान तथा  खोला किनारमा पाल टागेरै बिस बर्ष बिताइसको छ  । छोरा छोरी हुकर्दै गएपछि पाल मुनी गुजारा गर्न समस्या भएको पिडीत परिवारको गुनसो  रहेको छ ।
उनीकी छोरी १८ बर्षे छोरीको विहेको कुरा चलेरहेको छ । तर उनीहरुको घरमा बस्ने बास पनि छैन् । जसको लागि घरमा बस्ने वातावरण मिलाइदिन उनीहरुले आग्रह समेत गरेका छन ।
पिडीत दम्पत्तीको जेठी छोरीको बिहेको कुरा पक्का भएपनि  घर र आफ्न्त साथमा नहुँदा कसरी र कस्को घरबाट बिहे गरीदिने भन्ने चिन्ता थपिएको पिडीत  श्रीमती चाँइले सञ्चारकर्मीलाई बताइन । छिमेकी गाँउमा रहेको एक इटा उद्योगमा काम गर्दै गरेको चाँइ दम्पती हाल त्यहीकै नहर छेउको  खाली जग्गामा झुप्रो बनाएर बसेका छन् ।
 राजेन्द्र सगं प्रेम बिबाह गरेकी श्रीमतीका माइती पक्षले छोरी फीर्ता नदिए ज्यान मार्ने धम्की दिएपछि उनीहरुले २०५२ सालमै प्रहरीको सहयोगमा जिल्ला प्रशासन कार्यालय पुगी बिबाह दर्ता  गरेका थिए । 
जिल्ला प्रशासन तथा इलाका प्रहरी कार्यालय मर्चवारको सहयोगमा पटक ÷पटक घरमा बस्ने वातावरण मिलाउन वार्ता र छलफल चलेपनि श्रीमतीका माइती पक्षले गाँउ फर्के ज्यानै मार्ने धम्की दिन नछोडे पछि घर फर्कन नसकेको राजेन्द्रले बताए ।  

राजेन्द्रका अनुसार गाँउका केही टाठाबाठा  तथा राजनीतिक दलका स्थानीय नेताहरुले श्रीमतीका माइती पक्षलाइ उचालेर गाँउ फर्कने भए निश्चित रकम तिर्नु पर्ने सर्त तेर्स्याएपछि उनीहरु झन अप्ठेरोमा परेका छन । पिडीत राजेन्द्रले भने– ‘मजदुरीको कमाइ उनीहरुलाइ दिएर छोराछोरीलाइ के खुवाउनु ।’
  प्रहरी गाँउमा ल्याए छोराछोरीलाइ जे पनि हुन सक्छ भन्ने धम्की आए पछि आफुहरु चुप लागेर बस्न बाध्य भएको उनको भनाइ छ । गाँउलेको आँखा छलेर राजेन्द्र र उनका छोराछोरी कहिले काँही आफनो घर गएपनि उनकी पत्नी श्रीमती चाँइले भने बिस बर्ष देखि गाँउमा टेक्न पाएकी छैनन ।

यता इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक रमेशबहादुर सिंहले घटनाको बारेमा आफुहरुलाइ जानकारी नआए पनि तत्काल छानविन गरी पुनस्र्थापनाका लागि पहल थालिने जानकारी दिए ।  



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै