जिविसको सामाजिक शाखा ६ बर्षमा बन्यो अपाङ्ग मैत्री

कृष्ण खनाल 

बुटवल, ५ फागुन । 
आज भन्दा करिव ६ महिना अगाडी बुटवलका राम बहादुर गुरुङ्ग जिल्ला विकास समिति रुपन्देहीको सामाजिक शाखामा जान करिव आधा घण्टा भन्दा बढि लाग्यो । 
शाररिक रुपमा अपाङ्गता भएका उनी सामाजिक शाखा  जिल्ला विकास समितिको माथिल्लो तलामा भएको कारण बैशाखीको सहारामा जादा उनलाई उक्त समय लागेको हो । 
तर उनी गुरुङ्ग  आईतबार जिल्ला विकास समितिको सामाजिक शाखामा जादा केही मिनेट पनि  लागेन । कारण थियो ६ महिना अगाडी जिल्ला विकास समितिको माथिल्लो(टप) तलामा रहेको सामाजिक शाखा अहिले जिल्ला विकास समितिको तल्लो भु्ईतला मा प्रवेश गेट नजिकै सारिएको छ ।  
राम बादुर मात्र होईन पछिल्लो समयमा अपाङ्गमैत्री भौतिक संरचना हुनुपर्ने माग उठीरहेको समयमा जिल्ला विकास समितिको सामाजिक विकास शाखा तल्लो  भुई तलामा सारिएको छ । जसको कारण पछिल्लो समयमा अपाङ्गता भएका व्याक्तिहरुलाई सहज भएको छ ।
अपाङ्गता भएका व्याक्ति तथा  वृद्ध वृद्धाहरुको क्षेत्रमा काम गर्ने शाखा नै जिल्ला विकास समितिको माथिल्लो तल्ला(टप)मा राखिएको कारण पटक ÷पटक आलोचना हुने गरेको थियो । 
आर्थिक बर्ष २०६४÷०६५ सालमा अपाङ्गता जिल्ला संमन्वय समितिले उक्त कुरा स्थानिय विकास अधिकारीलाई समेत सुनाएको थियो । तर उक्त कुराको सनुवाई नै भएन । तर गत भदौ महिनामा जिल्ला विकास समितिको सामाजिक शाखा तल्लो तल्ला(भुईमा) सारिएको छ । 
जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास शाखा प्रमुख दुर्गा प्रसाद श्रेष्ठले गत भदौ महिनामा सामाजिक शाखा तल्लो तलामा सारिएको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘अहिले तल्लो तलामा सामाजिक विकास शाखा सारिएको कारण सेवाग्राहीबाट सहज भएको प्रतिक्रिया पाएको छु ।’ उनले सामाजिक शाखा माथिल्लो तलामा भएको कारण  केही असहज भएको र अहिले पछिल्लो समयमा भने  कार्य सम्पादनमा सहज भएको जानकारी दिए । 
सामाजिक विकास शाखा अधिकृत श्रेष्ठले भने–‘एउटा शाखा मात्र अपाङ्ग मैत्री भएर भएन, सबै शाखा तथा सरकारी कार्यालयहरु अपाङ्गमैत्री निर्माण भएमा राम्रो हुन्छ ।’
उता, अहिले विगठन भएको अपाङ्गता जिल्ला संमन्वय समितिका  संयोजक हुमनाथ अधिकारीले पछिल्लो समयमा जिल्ला विकास  समितिको सामाजिक शाखा अपाङ्गमैत्री हुनु  खुसीको कुरा भएको बताए । उनले भने–‘विगतका दिनहरुमा अपाङ्गता भएका साथिहरु जुन ह्व्लचियरको सहायकताले हिड डुल गर्ने अपाङ्गताभएका व्याक्तिहरु माथिल्लो तलामा रहेको सामाजिका विकास शाखाम जान सक्ने संभावाना नै थिएन अहिले सहज भएको छ ।’ जिल्ला विकास समितिको सामाजिक विकास शाखा अहिले पछिल्लो समयमा आपाङ्गमैत्री बनाइएपछि कारारात्मक काम भएको  स्थानिय तथा अपाङ्गता भएका व्याक्तिहरुले बताएका छन । 
उनीहरुले एउटा शाखा मात्र अपाङ्गमैत्री  भएकोमा  जिल्ला विकास समितिका अन्य शाखाहरु पनि अपाङ्गमैत्री  बनाउनु आवश्यक रहेको उनीहरुको भनाई रहेको छ । विगठन भएको अपाङ्गता जिल्ला संमन्य समितिका संयोजक हुमनाथ अधिकारीले बुटवल टुडे संगको कुराकानीमा भने–‘अहिलेका स्थानिय विकास अधिकारी आएपछि उहाकै पहलमा सामाजिक शाखा तल्लो तलामा सारिएको हो । जुन कुरा सह्रनिय छ । ’
जिल्ला विकास समितिको एउटा शाखा मात्र होईन अव निर्माण हुने सरकारी भौतीक संरचनाहरु अपाङ्गमैत्री हुनु पर्ने माग राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गरेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै