पाँच बजेपछि गुड्दैनन् सार्वजनिक यातायात
विकासउन्नुख सहरः सौ. फर्साटिकर कृष्ण खनाल बुटवल, असोज । केही दिन पहिला काठमाडौं जान हिडेका रुपन्देहीको सौ.फर्साटिकर गाविस–४ जुगडियाका स्थानिय जीत बहादुर घर्तिमगर विच बाटो बाटै घर फकर्नु प¥यो । साँझ करिव ५ बजे फर्साटिर बजार नजिकै बाटोमा सार्वजनिक बस कुरेर बसेका उनी बाटो कुर्नुभन्दा पहिला नै बस छुटेछ । त्यो दिन उनी काठमाण्डौं जान पाएनन् । अर्को दिन विहान मात्र उनी बुटवल सम्मको यात्रा गरेर काठमाण्डौ पुगे । उनी मात्र होईन, रुपन्देहीको दयानगर गाविस, सुर्यपुरा, मनमटेरिया, र अमुवा गाविसका स्थानियहरुको पिडा उनको जस्तै साँझ छ । अर्थात साँझ करिव ५ बजेबाट सार्वजनिक यातायातका साधानहरु पाउँदैनन् । सहर उन्मुख बजारको रुपमा पहिचान बनाउदै गरेका फर्साटिर सहर लगायतका विभिन्न स्थानबाट साँझ ५बजे पछि सार्वजनिक यातायातका साधानहरु नचल्दा स्थानियहरुले सास्ती खेप्नुपरेको छ । स्थानिय जीत बहादुर घर्तिमगर भन्छन्–‘बाटोको हालत उस्तै खत्तम छ, ५ बजे पछि गाडी नपाउँदा झनै सस्या छ ।’ कुनै पनि व्याक्ति विरामी भएर बुटवल या अन्य स्थानमा जानको लागि एम्बुलेन्स र नीजि गाडी बाहेक अन्यको विकल्प नभएको स्थ