पानी पर्दा आहाल, गर्मिमा वेहाल

तामनगर–फर्साटिकर  सडक


कृष्ण खनाल/स्वस्तिक श्रेष्ठ
बुटवल, असोज ।
विकाउन्नुख शहरको रुपमा पहिचान बनाउँदै गरेको रुपन्देहीको सौ.फर्साटिकर गाविस पुर्व–पश्चिमा राजमार्ग देखि मात्र ९ किलोमिटर भित्र पर्दछन् । अधिकांस व्यवाक्तिहरु कृषि खेतीमा लागेको यो गाविसमा जाने बाटोको अवस्था बेहाल छ । 
सौराह फर्साटिकर गाविसको प्रवेशद्वारको रुपमा रहेको बुटवल–१८ सेमलारमा स्थानिय विजय चौधरीको मोटरसाईकल वक्सर्प छ । उनकै वकसर्पदेखि फर्साटिकर नुग्दासम्म कुनैपनि यात्रुले खाल्डा, हिलो र धुलोको सामना गर्नुको विकल्प छैन । 
 नौं किलोमिटर बाटो मध्ये करिव ७ किलोमिटर बाटो ‘नाम मात्रको कालोपत्रे’ रहेको स्थानिय विजय चौधरी बताउँछन् । उनी भन्छन्–‘पानी पर्दा मान्छे नै डुब्छ की भन्ने गरी सडकमा खाल्डा पर्छन्, गर्मिमा त झनै बेहाल, धुलोकै कारण पसल बन्द गर्नुको विकल्प छैन’ स्थलगत रिपोर्टीङ्गको लागि पुगेका संवाददातासंग उनले भने ।  
बाटोमा ओहोर–दोहोरगर्ने,चुन ढुङ्गा बोग्ने गाडीहरुबाट दुई÷चार ढुङ्गागरी करिव डेड गाडी ढुङ्गा  एउटा खाल्डो पुर्नमा सकिएको सकिएको छ । ‘मान्छे  नै डुब्नेगरी सडकमा खाल्डो परेको धेरै भयो, कसैले मर्मतसंहारको काम गरेको छैन, बरु पहिलाकै धुले बाटो ठिक, कमसेकम, खाल्डोमा परेर मर्ने डर त हुने थिएन्’– उनले भने । 
स्थानिय खानेपानीको कर्मचारी  समेत रहेका बसन्त खरेल बुटवल–१८ समेलारका स्थानिय बासीन्दा हुन् । सडकमा परेको खाल्डोमा स्थानियको सहयोगमा पुर्दै गर्दा भेटिएका उनले खानेपानीको कारणलेपनि बाटो विग्रीएको बताउँछन् । ‘पाईपलाईन, विस्तार गर्दा खनिएको बाटो पुरिएको छैन, त्यसैमाथि ठुला–ठुला गाडीहरु गुड्दा झनै ठुला–ठुला खाल्डा पर्ने गरेका छन्’– उनले भने । 

सौ.फर्साटिकर गाविसका स्थानिय बासिन्दा तथा दलित बर्ग उत्थान जिल्ला संवन्य समितिका पुर्व–उपाध्यक्ष समेत रहेका अगुवा पदम विश्वकर्माका अनुसार सडकको बेहाल स्थिती आउनुमा जिल्ला विकास समितिको लापरवाहिनै प्रमुख कारण भएको बताउँछन् । सडक पटक–पटक गरेर कालेपत्रो गरिएपनि गुणस्तरिय काम नगरेको कारण छिटै बाटो भत्कीएको उनको भनाई रहेको छ । उनी भन्छन्–‘सेमलार देखि त्यस्तै ३ सय मिटर मात्र बाटो राम्रो होला, अरु सबै वेहाल छ, करिव ५ हजार भन्दा बढि सडकमा खाल्डा होलान्, कयांै पटक खाल्डा कै कारण दुर्घटना हुने गरेको छ, यसमा जिल्ला विकास समितिको ध्यान गएको छैन ।’
राजनीतिक अगुवाको विश्वकर्माले दिर्घकालिन सोचका साथ सडक निर्माण नगरिएको कारण नै छोटो समयमा सडक विग्रीनुको कारण भएको बताउँछन् ।  उनी भन्छन्–‘३ बर्ष भयो, सडक निर्माण भएको, बाटो भत्कीएकै भत्कै छ, अहिले सम्म मर्मत संहार गरेको देखिएको छैन ।’  काम कम गुणस्तरको हुनु, काममा ढिलाई हुनुको साथै कम समयमा छिटो काम गर्ने प्रवृत्ती दिर्घकालिन विकासको बाधक भएको उनको तर्क रहेको छ । 
ईमरेजेन्सी विरामी बोकेर बुटवल ल्याउन प¥यो भन्ने सडककै कारण विरामीले अकालमा ज्यान गुमाउन नपर्ला भन्ननसकिने अवस्था प्रति सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको तर्क रहेको छ । 
गाविसमा विभिन्न प्रकृतिका विकास निर्माणका कामहरु हुने भएपनि सडकको मर्मत र सुधारमा गाउँ विकास समितिले पनि ध्यान दिन नसकेको  स्थानिय फर्साटिकर गाविसवासिन्दाहरु बताउँछन् ।  बुटवल तामनगर देखि र्फाटिकर हुँदै, अमुवा, सुर्यपुरा सम्म स्थानियहरु त्यहि बेहाल बाटो प्रयोग गरेर जान्छन् । सहर जोड्ने बाटोको दुरावस्थाको कारण दिक्क छन् स्थानिय । 
आधा घण्टामा  बुटवल पुग्न सकिने उक्त बाटोकै अवस्थाकै कारण करिव डेढ घण्टा सम्म लाग्ने सवारी चालकहरुको भनाई रहेको छ । सडक निर्माण भएको एक दुई महिना सम्म बाटो केही सहज भएपनि त्यसपछि भत्कीन थालेको सडक अहिले पनि भत्कीएकैभत्कै गरेको स्थानिय सवारी चालक लिलाधर उपाध्याय बताउँछन् ।  
सौ.फर्साटिर गाविसका पुर्वजनप्रतिनिधी तथा गाविस अध्यक्ष किसुनचन्द्र चौधरीले  सडक निर्माण भएपछि त्यसलाई फर्केर नहेर्ने प्रवृत्तीको कारण सडकको दुरावस्ता भएको बताउँछन् । उनका अनुसार अहिले सडकको स्तरउन्नती गर्न एशियाली विकास बैंकले जिम्मा लिएको छ । जिल्ला विकास समिति मार्फत विगतका दिनमा सडक निर्माण भएकोमा सडकको ठेक्का पाएको व्याक्तिले सडक निर्माण गरेपछि पुनः एक पटक पनि फर्केर नआएको कारण पनि सडक को अवस्था नाजुक भएको उनको तर्क छ । उनी भन्छन्–‘विकासे योजनाहरु खोला त¥यौ, लौरो विर्सियो भन्ने उखान जस्तै, नेपालको विकास भयो ।’ सडक मात्र होईन, पुल, बाटो, पुलेसो, कल्र्वट लगाएका संरचनाहरुमा यो प्रवृत्ती हावी हुदै जाँदा समस्या बढेको उनको तर्क रहेको छ । 
सडकको अवस्था कालेपत्रो गरेको हो की नगरेको भन्न नसक्ने स्थिती अहिले आएको भन्दै स्थानियहरुले विरोध गरेका छन् । नयाँ स्तरउन्नती हुन लागेको सडकको मापदण्डलाई वृद्धि गर्नको लागि ६ मिटर की ७ मिटर भन्नेमा विवाद भएको स्थानियको भनाई रहेको छ । अहिले दुरावस्थामा रहेको सडकको मर्मत संहारमा पहिलो प्राथमिकता दिनुपर्नेमा स्थानियहरुले जोड दिएका छन् । 
स्थानियका अनुसार प्रतिवर्ष फर्साटिकड गाविसमा करिव २ सय नयाँ  घर निर्माण हुनेगरेका छन् । जुन तथ्यांक बाहिर जिल्लाबाट बसाईसराई गरेर आउने व्याक्तिहरुको हो । यस्तै ५ वटा उच्चमावि(हालमावि) सञ्चालनमा छन् भने उक्त गाविसमा १ वटा स्नाकोत्तर तह अध्ययापन हुने क्याम्पस पनि सञ्चालनमा रहेको छ । उक्त सडक प्रयोग गरेर दैनिक ५ हजार बढि विद्यार्थी ओहोर दोहोर हुन्छन् । दैनिक १ हजार भन्दा बढि गाडिहरु दैनिक सडकमा गुड्ने गर्दछन् । 


ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

टुडे मत
के भन्छन् स्थानिय अगुवा र सवारी चालक ? 

आधा घण्टाको बाटोमा  डेढ घण्टा लाग्छ 
केशव प्रसाद अधिकारी
किसुनचन्द्र चौधरी
पुर्व गाविस अध्यक्ष, फर्साटिकड गाविस
–सडकको अवस्था अत्यान्तै नाजुक छ । सडक हो की, नहर हो भन्न सकिन्न । स्थानियहरु केही सानोतीनो काम गरेर आउने भनेको बुटवल हो । तर आधा घण्टामा बुटवल आउन सकिने बाटोमा करिव डेढ घण्टा लाग्छ । जुन सडककै कारणले भएको हो । स्थानिय निकाय जनप्रतिधि विहिन हुनुको कारण हो यो । स्थानिय जनताहरु नेतृत्व तहमा छैनन्, कर्मचारी संयन्त्रको कारण उनीहरुलाई विकास निर्माणको कार्यमा के के चिन्ता । हामी पुर्व जनप्रतिनिधिको नाताले पटक पटक जिल्ला विकास समिति, गाउ विकास समितिमा डेलिगेशन पनि गएका  छौ । तर खास उपलब्ध हुन सकेको छैन । अहिले एशियाली विकास बैंकले सडककको स्तरउन्ती गर्ने भन्ने कुरा आएको छ । हेरम्केही हुन्छ की । 
ण्ण्ण्ण् 
जनप्रतिनिधि विहिन हुँदा लापरवाही उपज हो
पदम विश्वकर्मा
स्थानिय, राजनीतिकर्मी
पुर्व  उपाध्यक्ष, दलित बर्ग उत्थान जिल्ला संमन्वय समिति
–सडककै कारण लाजमर्दो अवस्था भैसक्यो । पहिला पहिला स सानो खाल्डा हुन्थ्यो, अहिले त मान्छे नै डुब्ने गरी सडकमा खाल्डा परेका छन् । जिल्ला विकास समितिमार्फत निर्माण भएको यो सडक अहिले हेलामा परेको छ । विकासउन्नुख सहरको रुपमा रहेको रहेको यो फर्साटिकर गाविसलाई नमुना गाविस बनाउने हो भने सडक, पुल, पुलेसो, नाली आदी मापदण्ड अनुसार बनाउनुपर्दछ । तर यहाँ आफ्नो स्वार्थ पुरा गर्नको लागि मात्र काम गरिन्छ । क्षणिक स्वार्थ परिपुर्तीका लागि गरिएको विकासले दिर्घकालिनरुप दिन सक्दैन । हामी स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु गएर पटक पटक कुरा उठाएका छौ । तर यसको सुनवाई भएको छैन ।  
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
 किस्तावन्दीको विकासले विनास  निम्तायो 
मीन प्रसाद भण्डारी
स्थानिय, सौ.फर्साटिकर–१
–म यहाँ बजारमा बसेदेखि नै सडकको अवस्था, गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे भएको देखेको छु । कयौ पटक त सार्थीहरु खाल्डामापरेर घाईते समेत भएका छन् । साधन पनि विग्रीएको छ । सानोतिनो खाजापासल चलाउदै आएको मैले  धुलो र हिलोको कारण समस्या रहेको छ । पहिला यति धेरै धुलो र हिलो थिएन, तर अहिले धुलो र हिलो यति छ भन्न पनि लाज लाउछ । सडक बनाउने मान्छेले कस्तो बटो बनाएका हुन कुन्नी, बनेको नभ्याउदै भत्कीछन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
किनाको तरकारी  र दुध बाटोको कारण नपोखियोस्
जीत बहादुर घर्तिमगर
स्थानिय, सौ.फर्साटिकर–४ जुगडिया
–समस्या धेरै छन् । हामी व्यापारको शिसिला होस् या किनमेलको लागि दिनहु जसो बुटवल जानु पर्दछ । तर बाटोको कारण समस्या छ । बाटो विग्रीएको कारण गन्तव्य सम्म जानको लागि गाडीहरु पाउदैन । विचबाटोबाट नै कहिलेकाही हिड्नुपर्ने वाध्याता छ । विरामी भएको बेला छिटो अस्पताल पु¥याउछु भनेर हुदैन् । बाटामा भएका खाल्डा खुल्डीको कारण विरामी मान्छे झनै विरामी होला भन्ने पिर छ । त्यसैले बाटोलाई छिटो भन्दा छिटो बनाउन म आग्रह गर्छु ।नेताहरु, विकास गर्ने सबैले मिलेर बाटो बनाऔं ।  किसाले उब्जाउ गरेको, दुई चार किलो तरकारी विक्रि गर्न जाने त्यहि बाटो हो । तर बाटोमा साईकलमा जाने आउने गर्दा कतिपय किसानहरुको तरकारी,  दुध विच बाटोमा नै पोखिने गरेको छ, जसको अन्त्य हुनु जरुरी छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
आधा घण्टामा  बुटवल पुग्न सकिने बाटोमा  डेढ घण्टा लाग्छ 
केशव प्रसाद अधिकारी
स्थानिय व्यापारी, सौ.फर्साटिकर बजार 
–समस्या धेरै छ । बाटोको कारण आधा घण्टामा  बुटवल पुग्न सकिने बाटोमा  डेढ घण्टा भन्दा बढि लाग्छ । सानो गाडीको त झनै समस्या छ । हामीले बुटवल बाट सामान ल्याउदा पनि सडकको कारण धेरै समान ल्याउन सकिन्न । बजारमा सामान विक्रिको लागि सानो गाडी लैजादा पनि थप समस्या रहेको छ । किसानहरुले उब्जाउ गरेको तरकारी, दुध तथा अन्य परिकार बजारमा पु¥याउन समस्या छ । प्रमुख समस्या भनेको कुनै पनि विरामी ईमरजन्सी भएर बुटवल पुग्दा पुग्दै बाटोमा नै   छिटो पु¥याउन नसक्दा निधन नहोला भन्न सकिदैन । त्यसको कारण मानविय ढंगले भएपनि सडकलाई बनाउनु पर्दछ ।  यसमा सबैको सहकार्य जरुरी रहेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
सडक कै कारण पटक पटक गाडीको पट्टा भाँचिन्छ 
अर्जुन कण्डेल
बस चालक, बुटवल–मानपकडी रुट
–विगत ५ बर्ष देखि मैले सवारी साधन चलाउदै आएको छु । बुटवल–फर्साटिर रुटमा गाडी चलाउन लागेको करिव २ बर्ष भयो । नयाँ गाडी चलाउन लागेको हो । तर २ बर्षमा नै सडकको कारण गाडी पुरानो भैसक्यो । खाल्डै, खाल्डाको कारण कायौ पटक गाडीको पट्टा भाँचीएको छ । बाटो खत्तम छ । सालझण्डी जाने गाडि र फर्साटिकर जाने  गाडी एकै पटक किनेमा उताको नयाँको नयाँ हुन्छ भने हाम्रो गाडी पुरानो र थोत्रो भैसक्छ । साडीको टायर पड्कीने समस्या उस्तै छ । कयौ पटक पट्टा भाँचीएर बाटोमा नै बस्नु पर्ने समस्या छ । 

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
यात्रु पनि  रिसाउछन् हाम्रो के दोस
रामसिंह यादव
सह–चालक, बुटवल–मानपकडी रुट
–बाटोको कारण पटक पटक गाडीको पट्टा भाँचीदा मन दुख्छ  । यात्रुहरु पनि यस्तो गाडीमा खाल्डामा  गाडी हाल्यो भन्दै रिसाउछन् । यसमा हाम्रो के दोष  । बाटो हो की आहाल खेल्ने ठाउ हो भन्ने कुरा पो छ त ।  कतिपय स्थानमा माटो बोकेर, ढुङ्गा हालेर भएपनि हामीले गाडी लैजाने गरेका छौ । सडकको कारण गाडीको टायरमा ढुङ्गा पस्छ, टायर चिरा पर्छ,  पटक पटक पन्चर हुन्छ । समस्या के के छन् , के के बताई साध्य नै छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
पटक पटक गाडीको सकर भाँचिन्छ
महेश साहनी
बस चालक, बुटवल–मानपकडी रुट
–सडकको खाल्डाको कारण पटक पटक गाडीको सकर भाँचिन्छ । पहिला एक नीजि कम्पनीको गाडी अर्घाखाँची, पाल्पा, गुल्मीका भेगमा चलाएको थिए तर गाडीको सकर भाँचीएको थाहा हुन्थेन ।तर अहिले हप्तामा एक पटक भाँचिन्छ् । सेमलार देखि मानपकडी सम्म नै  सडकको अवस्था उस्तै छ, जता पनि खाल्डा, खुल्डी, पानी परेको बेलामा त अन्दाजको भरमा गाडी खाल्डामा हाल्दा झनै समस्या हुने गरेको छ । धुलो, हिलोको कारण स्वाथ्यमा पनि पटक पटक समस्या आएको छ । गग्रेटो बाटोका ढुङ्गाले टायर घिस्राउदा टारयर पन्चर हुने संभावना यत्तिकै छ । पहिला बरु धुलो हुन्थो, धुलोमा गाडीको झ्याल, बन्द ग¥यौ दैडीयो, यस्तो समस्या थिएन, तर नाम मात्रको पिपच भएको कारण यस्तो भयो । सुरु देखि नै मैले बाटोको हविगत यस्तै देखेको छु । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
बाटोमै गाडी विग्रदा तनाब हुँन्छ 
अखिलेश यादव
सह–चालक, बुटवल–मानपकडी रुट
–बुटवलको पुरानो बसपार्क देखि २०÷२० मिनेटमा गाडी फर्साटिकर हुदै मानपकडी सम्म छुट्छ । तर बाटोमा भएका खाल्डा खुल्डीको कारण समयमा गाडी पुग्न सक्दीन् भने बाटोमा विग्रीदा झनै समस्या हुन्छ ।कहिले काही बाटोमै बस्नुपर्दा समस्या हुन्छ ।  यात्रुहरुले पनि हामीलाई रिस पोख्छन् तर के गर्नु रिसले केही हुदैन, नेता भनौदाहरुले बाटो राम्रो बनाएनन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
गाडी कतिखेर कहा विग्रीन्छ थाहा हुदैन
लिलाधर उपाध्यय
चालक, बुटवल–मानपकडी रुट
–गाडी चलाउन थालेको १५ बर्ष भयो । यो रुटमा गाडी चलाउन थालेको ९ बर्ष जति भयो । तर एक दिन बाटो राम्रो भएर ढुक्कले गाडी चलाउन पाएको छैन । गाडी कतिखेर पुग्छ भन्ने विषयमा थाहा नै हुदैन, कतिखेर खाल्डाको कारण गाडी विग्रीने हो भन्नेमा हामी कसैलाई थाहा हुदैन । स्थानिय साधान नभएका  मान्छेहरु पनि समस्यामा छन् । हामी मात्र होईन् । दिनमा ४ टिप मानपकडी र ३ टिप सुर्यपुराको लागि हुन्छ । दैनिक करिव  २ सय वटा गाडी रुटमा ओहोर दोहोर गर्दछन् । तर समस्या छ । पटक पटक गाडी विग्रीदा समस्या रहेको छ । मैनहिया, मानपकडी, सुर्यपुरा, सिसवा, फर्साटिकर लगाएतका स्थानमा दैनिक गाडी चल्छन् । तर बाटोको कारण गाडीमा समस्या नआएको दिन नै छैन । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
यो बाटो हो की खेत हो, अचम्म लाग्छ
अमित भुषाल
गाडीधनी, फर्साटिकर
–फर्साटिर, मानपकडी जाने बाटो हो की खेत हो म अचम्म लाग्छ । सडककै कारण टाईमा पुग्न सकिन्न, ६ बर्ष भयो गाडी चलाउन लागेको तर पटक पटक गाडी विग्रीएको छ । त्यो बाटोकै कारण हो । पहिला कहिलेकाही गाडी विग्रीन्थ्यो ।तर अहिले हप्तामा एक दुईपटक  विग्रीन्छ, कतिपय गाडीधनीहरु पटक पटक बाटामा विग्रीएको कारण समस्या हुने गरेको छ ।कहिले काही गाडी विग्रीएको कारण नम्बर नै  गुम्ने गरेको छ ।  जसको कारण हामीलाई समस्या छ । 
प्रस्तुतीः कृष्ण खनाल÷स्वस्तिक श्रेष्ठ



















Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै