उद्धार गरिएका वाललिका राख्ने ठाउ खोई, सरकारी कागजमा एउटा व्यवहारमा अर्कै

सन्र्दभः राष्ट्रिय वाल दिवस 

कृष्ण खनाल
बुटवल, भदौ ।
बालश्रमीकहरुको पक्षमा काम गर्दैआएको श्रम कार्यालय बुटवलले गत आर्थिक बर्षमा कपिलवस्तु, रुपन्देही, नवलपरासी र अर्घाखाँचीका होटल, रेष्टुरेन्ट तथा उद्योगहरुको अनुगमन ग¥यो । 
कार्यालयका निमित्त प्रमुख रोमलाल पुरीका अनुसार ४ वटा जिल्लामा २९ स्थानमा गरिएको अनुगमनमा एक जना पनि ‘वालश्रमिक भेटिएन्न’ । कार्यालयले बार्षिक प्रगति प्रतिवेदन पुस्तिकामा यो ‘रिर्पोट’ लेखेको छ । कागजी प्रक्रियाको लागि मात्रै अनुगमनगरि रिर्पोट तयार गरिएको भन्ने उक्त ‘कुराबाट प्रस्ट’ देखिन्छ । 
४ वटा जिल्लाका गरिएको अनुगमनलाई कतिपयले ‘झारा टार्ने अनुगमन’को रुपमा व्याख्या गरेका छन् ।
लुम्बिनी र राप्ती अञ्चलका जिल्लाहरुलाई हेर्ने गरी बुटवलमा स्थापना भएको श्रम कार्यालयले मजदुर, बालश्रमिक, बैदेशिक रोजगारीमा  ठगीएका व्याक्तिहरुको पक्षमा काम गर्दछ । तर आमसर्वसाधारणहरुले बालश्रमिकहरु होटल, रेष्टुरेन्ट तथा उद्योगमा प्रयोग गरिएको देखिन्छ । तर सरकारी प्रतिवेदनमा भने कुनै पनि वालवालिकाहरु नभेटुनुले सरकारी अनुगमनमा नै शंका उत्पन्न गरेको छ । 
 निमीत्तकार्यालय प्रमुख पुरीका अनुसार यदि कुनै पनि बालश्रमिक अनुगमनको बेला भेटियो भने तिवालवालवालिकाहरुलाई राख्ने स्थानको अभाव भएको कारण पहिला नै स्थानको एकिन गरेर मात्र अनुगमन गरिन्छ । यसरी गरिको अनुगमनको प्रभावकारितामा पटक–पटक प्रश्न उठ्ने गरेको छ । 
बालगृहको अभावको कारण बालश्रमबाट उद्धार गरिएका वालवालिकाहरुलाई राख्नस्थानको अभाव रहेको कारण अनुगमन प्रभावकारी हुन नसकेको श्रम कार्यालय बुटवलका निमित्त प्रमुख पुरी स्वीकार गर्छन् । ‘कतिपय गैर सरकारी संस्थाहरुले वालश्रमिकको पक्षमा काम गर्छौ भन्दै हिडेको सुनेको छु तर वालगृह अभावको कारण  वालश्रमबाट उद्धार गर्नको लागि पनि कठिनाई भएको छ । –उनले भने । रुपन्देहीमा वालश्रमको लागि भन्दै विभिन्न गैरसरकारि संस्थाहरुले काम गरेपनि श्रम कार्यालय बुटवलसंग कुनै पनि सहकार्य नगरेको उनको भनाई रहेको छ । उनले थपे–‘उद्धार गरेर यदि अभिभावकहरु भेटिए भने जिम्मा लगाउने हो, तर अभिभाव विहिन वालवालिकलाई कहाँ राख्ने,स्थान अभाव छ, त्यसकारण अनुगमन प्रभावकारी हुन सकेको छैन, त्यो हामी स्वीकार गछौं  ।’

अघिल्लो आर्थिक २०७१÷०७२ बर्षमा जिल्ला प्रशासन कार्यालय प्यूठानका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्ग वाहालमा रहँदा श्रम कार्यालय बुटवले १२ जना बालश्रमीकहरु प्यूठानबाट उद्धार गरेको थियो ।
सबै जसो वालश्रमिकहरु होटल तथा रेष्टुरेन्टहरुमा  भाँडा माझ्ने काममा प्रयोग गरिएको श्रम कार्यालय बुटवलको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी उद्धार गरिएका वालवालिकाहरुलाई कतिपयलाई अभिभावको जिम्मा लगाइएको थियो । तर गत आर्थिक बर्षमा  २९ स्थानमा अनुगमन गरिएकोभएपनि ‘कहिकतै बालश्रमीक प्रयोग नभेटीएको’ भन्दै प्रतिवेदन तयार गरिएको छ ।  कतिपय स्थानमा वालवालिकाहरुले मेला महोत्सव हेर्न आउने र खान बस्नको लागि समसया भएको कारण पनि होटल तथा  रेष्टुरेन्टमा काम गर्ने गरेको पाइएको छ । 
के छ सजाँय ? 
जिल्ला बालकल्याण समिति, जिल्ला स्तरिय अनुगमन समिति, श्रम कार्यालय, प्रहरी प्रशासनको संयुक्त रुपमा बेला बेलामा बालश्रम निषेध तथा नियमन एने–२०५६ अनुसार कुनै पनि १४ बर्ष भन्दा साना बालश्रमिकहरुलाई श्रममा लगाइएको पाइएमा काममा लगाउने व्याक्तिलाई १ बर्ष कैद र ५० हजार रुपैयाँ सम्म जरिवाना र दुबै सजाय हुन सक्ने उल्लेख गरेको छ । तर श्रम कार्यालय बुटवलले मुद्धा दर्ता गरी ३ हजार देखि ३५ सय रुपैयाँ सम्म जरिवाना तिराउने गरेको पाइएको छ ।  बुटवल लगायत यस क्षेत्रका अधिकांस होटल तथा रेष्टुरेन्ट, साना देखि ठुला सम्म उद्योगहरुमा वालवालिकाहरुको प्रयोग भैरहेको छ । 

होटल  व्यवसायीहरु सर्कल
सरकारी अनुगमन  टोली होटल, रेष्टुरेन्ट तथा उद्योगहरुमा अनुगमनमा जाँदा होटल व्यवसायीहरुले कतीपय वाल श्रमिकहरुलाई लुकाउने र भगाउने गरेको पाइएको छ । कतिपय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले काममा लगाएका वालश्रमिहरुलाई छोरा हो भन्दै अनुगमन टोलीमा परिचय गराउने र  बालश्रमिकलाई पनि सोही किसिमको प्रस्तुती हुन वाध्य पार्ने गरेको पाइएको छ । अनुगमन टोलीमा सहभागी एक जना सरकारी कर्मचारी भन्छन्–‘कतिपयले मेरो छोरो या छोरी हो भन्दै परिचय गराउँछन्, वालश्रमिकलाई पनि सोही प्रकृतिको बोल्न बाध्य पार्दछन्’ ।ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै