४० बर्ष शिक्षण पेशापछि व्यवसायीक माछापालन

कृष्ण खनाल
बुटवल, २३ भदौ । 
कुनै पनि पेशाबाट सेवा निवृत्तभएपछि अधिकांस व्याक्तिहरुले सुःख शान्तीमा जिवन विताउने गर्दछन् । अधिकांस व्याक्तिहरुले सेवा निवृत्त व्याक्तिहरु काम भन्दा पनि ऐस आराममा दिन विताउने मन पराउदछन् । 
तर गुल्मी जिल्लाको गुल्मी वम्घा गाविस–६ पागाका किसान कृष्ण प्रसाद ज्ञवालीले ४० बर्ष शिक्षण पेशाबाट सेवा निवृत्त भएपछि व्यवसायीक माछा तथा फलफुलपालनमा लागेका छन् ।  वि.स. २०५६ सालमा २ वटा माछा पोखरीबाट सुरु गरेका ज्ञवालीले अहिले १० वछा माछा
पोखरी बनाएका छन् । पहाडी जिल्लामा माछा पालन व्यवसाय फस्टाउदैन भन्ने धारणालाई चिर्दैै उनले व्यवसायीक रुपमा माछा पालन सुरु गरी मनग्य आम्दानी समेत गर्र्दै आएका छन् । सुरुका बर्षमा  बार्षिक २० हजार रुपैयाँ आम्दानी गरेका उनले अहिले एक पटको सिजनमा माछाबाटै  करिव २ लाख रुपैयाँ आम्दानी गर्दैै आएका छन् । 
रुपन्देहीको छपिया,  भैरहवा, र पत्थर डाँडाबाट माछाको भुरा लगेर उनले गाउमा माछा पोखरी निर्माण गरी माछापालन गरेका हुन । स्थानिय जनबोध उच्च मावि रानीबास मा अग्रेजी विषयको अध्यायपन  गराउदै आएका उनले स्वच्छिक अवकास लिएपछि  व्यवसायीक कृषिमा हात हालेको बताउछन् । उनी भन्छन्– जग्गा आफैनै हो २६ रोपनी छ जसमा माछा पोखरी १४ रोपनीमा बनाएको छु । एक गैरसरकारी संस्थाको सुरुमा २८ हजार लगानी र त्यसमा १५, २० लगानी थपेर व्यवसायीक रुपमा माछा पालन व्यवसाय सुभारम्भ गरेको उनको  भनाई रहेको छ । 
अहिले सम्म माछा पोखरी निर्माण लगायत अन्य कार्यको लागि करिव  करिव १० लाख रुपैयाँ खर्च भएको ज्ञवाली बताउछन् । सबै धान खेत लाई मासेर उनले माछा पोखरी बनाएका छन् । ‘फलफुल बगैचा र माछा पोखरी निर्माण गरी पहाडी क्षेत्रमा पनि कृषिको संभावना छ भन्ने कुरा देखाउने मेरो लक्ष्य हो ।’– ज्ञवालीले भने । 
गत बर्ष लिच ४० हजार रुपैयाँको विक्रि गरेका उनले सबै थोक मुल्यमा  प्रतिकिलो ५५ रुपैयाँमा पैचो पसल प्रालि विक्री गर्ने  गरेको बताउछन् । 

पञ्चायत काल देखि नै नेपालीहरु आत्मनिर्भर हुनुपर्दछ भन्ने धारणाले व्यवसायी बनाउन तर्फ लागेको उनको भनाई रहेको छ । उनले जति धेरै शैद्धान्तीक  कुरा गरेपनि मानिस सामाजिक वातावारण र कृषि क्षेत्रको कामको सम्मान गर्ने परिपाटीको विकास हुन नसकेको उनको भनाई रहेको छ । 
नयाँ पुस्तकाले केही सिकोस भन्ने धारणालेले पनि कृषि क्षेत्रमा तानिएको भन्दै उनले सुख्खा, बगर जमिनमा माछा पालन गर्न सकिने बताए । पहाडमा माछा पालन गर्न सकिन्छ भन्ने धारणाका साथ अगाडी बढाएका उनको भनाई रहेको छ । फलफुल र माछा पालन, व्यवसायलाई अगाडी बढाउन सकिन्छ ।श्रीमति र छोराले पनि कृषि व्यवसायमा सघाउने गरेको भन्दै उनले  उत्पादनभ एको माछा  स्थानिय बलेटक्सार बलेटक्सारमा विक्रिगर्दै आएको र आगामी दिनमा तम्घास बजारमा पनि लैजाने योजना भएको बताउछन् । ‘अहिले बार्षिक ७ क्वीन्टल माछा उत्पादन हुन्छ,  अवको दुई बर्षमा १५, २० क्वीन्टल बढाउने योजना रहेको छ ।’ उनले भने । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै