साना मझौला ढुवानी साधन, पार्किङ्ग र दर्तामा समस्या

कृष्ण खनाल
बुटवल, भदौै ।
पछिल्लो समयमा थोरै परिमाणमा ढुवानीको काम गर्दै आएका साना तथा मझौला ढुवानी व्यवसायीहरु पार्किङ्ग समस्याको कारण चेपुवामा परे
का छन् । केही बर्ष देखि सानो परिमाणमा  सामान ढुवानीको काम गर्दै आएको  छोटा हात्ती नामले चिनिने दुई सिलिन्डर म्याजिक गाडी र अलि ठुलो टाटा एस र बलेर जीपको पार्किङ्ग  समस्याको कारण आफुहरु मर्कामा परेको लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष लक्ष्मण बहादुर क्षेत्री बताउछन् । 
उनका अनुसार कोठा सर्दा होस् या सा सानो फर्निचरका सामानहरु ढुवानी  गर्दा अत्याबश्यक साधन बनेको गाडीलाई सहर देखि टाढा पार्किङ्गको व्यवस्थापन गरिदा थप समस्या भएको अध्यक्ष क्षेत्रीको भनाई रहेको छ । रुपन्देहीमा वि.स.२०७० सालमा स्थापना भएको संघमा अहिले २ सय ५० वटा गाडी दर्ता भएका छन् । भने व्यवसायीहरुको संख्या करिव २ सय २५ जना  रहेको छन् । 
अहिले साना तथा मझौला व्यवसायीहरुले बुटवलको होटल सिन्दुर पछाडीको क्षेत्रमा र केही गाडीहरु बुटवल–६ राममन्दीर लाईनमा पार्किङ्ग गर्दैै आएका छन् । अत्यावश्यक साधनको रुपमा बन्दै गएको उक्त गाडी पार्किङ्ग व्यापारिक क्षेत्र भन्दा बाहिरी क्षेत्रमा पार्किङ्ग गरिदा उपभोक्ताहरुको पहुँचमा नपर्ने गरेको कारण समस्या भएको बताइएको छ । 
अध्यक्ष क्षेत्रीका अनुसार सानो छोटा हात्ती नामले परिचित दुई सिलिन्डरको म्याजिक गाडी दर्तामा पनि समस्या रहेको छ । नेपाल सरकार श्रम तथा यातायता व्यवस्था मन्त्रालयले मिति २०६८ जेठ २६ गते यातायात व्यवस्था विभागलाई गरेको परिपत्र अनुसार लुम्बिनी अञ्चलका लुम्बिनी क्षेत्र विकास परियोजना लागू भएका  क्षेत्रमा  भाडाको सवारी साधानको रुपमा दर्ता  बन्द गरेको कारण पनि व्यवसायीहरु थप मारमा परेको बताइएको छ । 

भाडामा लगाउदै आएको गाडीलाई नीजि प्रयोजनको रुपमा रातो नम्बर प्लेटमा सञ्चालन गर्दै आएका छन् । संघका अनुसार टाटा कम्पनीको म्याजिक सुपर एस १ सय ७० वटा गाडी संघमा आवद्ध छन् । संघका अध्यक्ष क्षेत्री भन्छन्–‘९५ प्रतिशत भाडामा गाडी चलेका छन्, नीजि प्रयोजनमा ३ यस्तै ३–५ प्रतिशत मात्र होला ।’ 
भाडामा सञ्चालन हुदै आएका गाडीहरुलाई कालो नम्बर प्लेटमा दर्ता नभएको कारणले विभिन्न रुट परमिट तथा दुर्घटना विमा लगायतका  कार्यमा झन्झट भएको संघले जनाएको छ । अत्याबश्यक साधनको रुपमा रहेको  ढुवानीको साधनलाई भाडाको सवारीको रुपम दर्ता गर्न यातायात व्यवस्था विभागले रोकेको कारण समस्या भएको संघका अध्यक्षको भनाई रहेको छ । 
सरकारी परिपत्र अनुसार दुई शिलिन्डर डिजलबाट सञ्चलन हुने  टाटा सुपुर एस(छोटाहात्ती) यातायात व्यवस्था कार्यालय लुम्बिनीले नीजि प्रयोजनको लागि मात्र दर्ता गर्दै आएको छ । अन्य यातायताक साधानहरु जस्तै वीङ्गगरलाई भन्सार गर्ने बेलामा पहिला नीजि प्रयोजनको लागि भन्दै पास हुने र पछि यातायात व्यवस्था कार्यालयमा भाडाको सवारीको रुपमा कालो नम्बर प्लेटमा दार्ता हुने गर्दछ । तर साना तथा मझौला व्यवसायीमा आवद्व टाटा एस म्याजिङ्ग गाडी भने यातायातमा दर्ता गर्दा नीजि  प्रयोजनको लगि मात्र भन्दै दर्ता गर्ने गरिन्छ । जसको कारणले पनि साना मझौला व्यवसायीहरु मर्कामा पर्ने  गरेका छन् । 
लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघमा आवद्व व्यवसायीहरुले सुरुमा ११ हजार १ सय रुपैया संस्थाले लिने गरेको छ । संघका कोषाध्यक्ष रविन्द्र कुमार श्रेष्ठका अनुसार सुरुमा प्रवेश शुल्क ११ हजार १ सय, त्यपछि सानो गाडीको मासिक १  हजार र मझौला गाडीको मासिक १४ सय रुपैयाँ लिने गर्दछ । उनी भन्छन्–‘हामीले संस्थामा आवद्व भएका गाडीहरुको विमा, दुर्घटनाको क्षतीपुर्ती तथा दुर्घटना निर्देशिका अनुसार व्यवसायीहरुलाई सेवा सुविधा प्रदान गर्दछौं ।’
सानो गाडीले ७ सय ५० किकोग्राम र बलेरो जीपले १ हजार १ सय किलो र पुपुर एसले १ हजार किलो सम्म बोक्न पाउदछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै