धान दश प्रतिशतले बृद्धि हुने अनुमान

कृष्ण खनाल
बुटवल, १२ असोज ।
गत बर्ष नाकाबन्दीको कारण  समयमा नै मलखाद उपलब्ध नभएकोले रुपन्देहीको धान उत्पादन घटेको थियो । तर, यस बर्ष किसानहरुले समयमा नै मलखादको उचित व्यवस्थापन गर्न सकेको कारण धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालीविकास अधिकृत विनोद ज्ञवालीका अनुसार किसानहरुले लगाएको धानमा यस बर्ष खासै समस्या नआएको कारण धान उत्पादन १० प्रतिशत सम्म बढ्ने अनुमान गरिएको छ ।  उनी भन्छन्– ‘यस बर्षमा किसानले धान रोप्ने समयमा केही दिन डिएपी मलको अभाव भएको थियो तर १० दिन भित्र नै त्यो समस्या समाधान भैसकेको थियो, जसको कारण अहिले खास समस्या भएन ।’ उनकाअनुसार यस बर्ष किसानले रोपेको धानमा अघिल्लो बर्षहरुमा भन्दा कम रोग किरा लागेको  छ । अहिलेसम्म मौसमले पनि साथ दिएको कारण धान उत्पादन बढ्ने अनुमान गरिएको हो ।  
रुपन्देहीमा यो बर्ष कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती  गरिएको छ । अहिले किसानले रोपेको करिव १० प्रतिशत धान काट्ने गरि पाकेको छ । दशंै पछाडि किसानहरुलाई धानकाट्नको लागि अझ बढि चटारो पर्ने देखिएको छ । 
यस बर्ष समयमा नै पानी परेको कारण किसानहरुले रोग किराको समेत कम सामना गर्नुपरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको हो । समयमा नै पानी परेको र मौसमले साथ दिएको कारण धानमा केही फाट्ट फुट्ट रोग किरा लागेको भए पनि अन्य सबै स्थानमा धान उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत नविन भण्डारीले जानकारी दिए । 
 अधिकृत नविन भण्डारीकाअनुसार अघिल्लो बर्ष जिल्लामा कुल ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । जुन तथ्यांक अघिल्लो आर्थिक बर्षको भन्दा  उत्पादनमा  ९.१७ प्रतिशत र क्षेत्रफलकामा कुल १.२८ प्रतिशत कमी थियो । तर यस बर्ष भने बढ्ने अनुमान गरिएको हो । आर्थिक बर्ष २०४८÷०४९ सालमा रुपन्देहीमा कुल ६४ हजार ४ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । सोही आर्थिक बर्षमा जिल्लामा कुल १ लाख २१ हजार ७ सय १  मेट्रिक टन धान उत्पादन भएको थियो । 
आर्थिक बर्ष २०६२÷०६३ मा धान खेती हुने क्षेत्रफल ह्वात्तै घटेको छ । उक्त आर्थिक बर्षको अघिल्लो आर्थिक बर्ष २०६१÷०६२ मा कुल ७३ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती भई कुल २ लाख २५ हजार ४ सय ५६ मेट्रिक टन धान उत्पादन भएको थियो । 
तर आर्थिक बर्ष २०६२÷०६३ मा अघिल्लो बर्षको तुलनामा ७ हजार २ सय २० हेक्टर जमीनमा धान खेती हुन छाडेको छ । सो आर्थिक बर्षमा कुल ६५ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमामात्र धान खेती भएको छ । जसबाट कुल १ लाख ५९ हजार ६ सय ३५ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । 

अर्को आर्थिक बर्ष २०६३÷०६४ मा धान खेती गर्ने केही क्षेत्रफल बृद्धि भएको छ । कुल ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेतीबाट २ लाख ५३ हजार ७  सय ५० मेट्रिक टन धान  उत्पादन भएको छ । 
त्यसपछि आर्थिक बर्ष २०६५÷६६ मा केही धान उत्पादन राम्रो भएको छ । मौसमले साथ दिएको कारण सो आर्थिक बर्षमा साविककै क्षेत्रफलमा धान खेती भएकोमा २ लाख ८० हजार ५ सय ७५ मेट्रिक टन धान उत्पादन भएको छ ।  आर्थिक बर्ष २०६४÷०६५ देखि यता आर्थिक बर्ष २०७०÷०७१ सम्म रुपन्देहीमा कुल ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको छ । जग्गा प्लटिङ्ग, धान खेती भन्दा पनि बढि अन्य नगदेवाली हुन थालेपछि  धान खेती गर्ने थलो विस्तारै खुम्चिँदै गएको छ । 
 सीमिति क्षेत्रफलमा धान खेती गरी बढि भन्दा बढि उत्पादन गर्नुपर्ने बाध्यता किसानहरुसंग रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । अव धान खेतीको उत्पादन बृद्धिका लागि आधुनिक खेती प्रणाली अबलम्बन गर्नुको साथै जग्गा चक्लाबन्दी गरेर खेती गर्नुको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउँछन् । उनी भन्छन्– ‘अव धान खेतीको उत्पादन वृद्धिको लागि सामुहिक खेती प्रणाली अबलम्बन गर्नु र जग्गालाई चक्लाबन्दी गरी आधुनिक मेसिन तथा उपकरण प्रयोग गर्नुको विकल्प छैन ।’ 
आर्थिक बर्ष २०६७÷०६८ मा रुपन्देहीमा केही धान उत्पादन बृद्धि भएको छ । उक्त आर्थिक बर्षमा साविककै क्षेत्रफलमा धान खेती लगाइएकोमा कुल ३ लाख ४४ हजार ४ सय ४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै अर्को आर्थिक बर्षमा २ लाख २१ हजार ४ सय ८० मेट्रिक टनमा झरेको छ । जुन आर्थिक बर्ष २०७०÷०७१ मा पनि सोही कायम रहेको पाइएको छ ।

क्र.स. आर्थिक बर्ष लगाइएको क्षेत्रफल (हेक्टर) उत्पादन (मेट्रिक टन
२०६१÷०६२    ७३ हजार २ सय                       २ लाख २५ हजार ४ सय ५६ 
२०६२÷०६३     ७२ हजार २ सय २०                  १ लाख ५९ हजार ६ सय ३५ 
२०६३÷०६४     ७२ हजार ५ सय                          २ लाख ५३ हजार ७  सय ५० 
२०६५÷६६                   ७२ हजार ५ सय                        २ लाख ८० हजार ५ सय ७५ 
२०६७÷०६८      ७२ हजार ५ सय                            ३ लाख ४४ हजार ४ सय ४ 
०६८÷०६९                 ७२ हजार ५ सय                                   २ लाख २१ हजार ४ सय ८० 
२०७०÷०७१            ६९ हजार ६ सय                          ३ लाख २० हजार १ सय ६० 
२०७१÷०७२            ६९ हजार ६ सय                         ४.६ मेट्रिक टन प्रति हेक्टर
स्रोतः जिल्ला कृषि विकास कार्यालय रुपन्देही । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै