अञ्चल अस्पतालको भ्रम खेती , अस्पतालमै झुक्काउने बडापत्र

कृष्ण खनाल
बुटवल, भदौ । 
यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पतालको प्रमुख प्रवेशद्धार को दाँया पट्टीको भित्ता एउटा ठुलो ‘वालपेन्टीङ्ग’ गरी नागरिक वडा पत्र तयार पारिएको छ ।अस्पतालले दिने सेवा सुविधा र सेवाग्राहीले तिर्नुेपर्ने शुल्को विषयमा बडेमान वडापत्र रा
खिएको छ । तर अस्पतालमा जाने जो कोहीले त्यो वडापत्रको आधार मानेर जाने हो भने सबै झुकिन्छन् ।
अस्पतालको वडा पत्रमा ओपीडी शाखाको लागि सामान्य टिकट शुल्क रु १० रुपैयाँ भनेर उल्लेख गरिएको छ । यदि पुरानो टिकटमा पुननयाँ बनाउदा ५ रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । तर भित्र काउन्टरमा जाने जो कोहीले सामान्य टिकटको मुल्य रु ३० बुझाँउछन् ।

लुम्बिनी अञ्चल अस्पतालले २०७३ बैशाख १ गते अस्पतालले सेवाशुल्कमा व्यापक वृद्धि गरेको थियो । शुल्क वृद्धि गरेपनि नागरिक वडा पत्र परिर्वतन गर्न सकेको छैन । अस्पतालले यही वैशाख १ गतेदेखि सेवाशुल्कमा ८० देखि शतप्रतिशतसम्म वृद्धि गरेको हो । अस्पताल विकास समितिले २०५७ साउन १८ गतेपछि पहिलो पटक सेवाशुल्क वृद्धि गरिएको हो । 

तर नागरिक वडा पत्रमा भने सबै पुरानै सेवा  सुविधा र शुल्क लेखिएको छ । सर्वसाधारण सेवाग्राहीहरुको अस्पतालमा प्रवेश गर्ने मुल गेट को नजिकै राखिएको यस्तो प्रकृतिको पुराना नागरिक वडात्रले एक प्रकारको भ्रम श्रृजना गर्ने काम गरेको  मंगलबार अस्पतालमा भेटिएका एक सेवा ग्राहीहरुले भने । उनले भने–‘यहाँ हेरेर भित्र गएको, भित्र जाँदा महङ्गो लियो, किन वाहिर गेटमा यस्तो लेखेको छ है भनेर भन्दा शुल्क बढेको थाहा छैन भनेर उल्टै काउन्टरका कर्मचारीहरुले थर्काए ।’
अस्पतालले ओपीडी टिकटको शुल्क १० रुपैयाँबाट बढाएर ३०  बनाएको छ । त्यस्तै, जनरल बेडमा भर्ना शुल्क ५० रुपैयाँ रहेकोमा १ सय पु¥याइएको छ । यसअघि बिरामीलाई निःशुल्क प्रदान गरिँदै आइएको अक्सिजन ग्यासको प्रतिघण्टा सेवाशुल्क ५० रुपैयाँ तोकिएको छ । 

दाँतको उपचारमा सबैभन्दा धेरै शुल्क बढाइएको छ । अस्पतालले दाँतको आईएमएफको शुल्क २ हजार ५ सयबाट ५ हजार, चपाउने दाँतको १ हजार २ सयबाट २ हजार, पछिल्ला दाँत राखेको ८ सयबाट १ हजार ५ सयसम्म लिन थालेको छ । अन्य सेवाशुल्कमा पनि भारी वृद्धि गरिएको छ ।
यता, अस्पतालका मेडिकलक रेकर्डर अधिकृत  तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले बैशाख १ गते देखि अस्पतालको सेवा शुल्क वृद्धि भएको तर अस्पतालको वडा पत्र सच्चाउन नसकेको क्षमा मागे ।उनले भने–‘हामीले विर्सीएका रहेछौं, तपाईले सम्झाईदिनुभयो, धन्यावाद, हामी सच्चाउछौं  ।’ 
उनले अवको केही दिनमा नै वृद्धि गरिएको सेवा शुल्क र विषयको पारिमार्जीत रुपमा सेवाको बारेमा जानकारी दिने गरी सच्चाउने जानकारी दिए । 
यस क्षेत्रै पुरानो अस्पतालको रुपमा रहेको लुम्बिनी अस्पतालमा दैनिक ८ सयदेखि १ हजार २ सय बिरामी उपचारका लागि आउने  अस्पतालको तथ्यांक छ । 

आर्थिक वर्ष २०७१÷०७२ मा करीब ४ लाख ५० हजार बिरामीले उपचार गराएको जनाइएको छ । लुम्बिनी अञ्चल अस्पतालको आर्थिक बर्ष २०७२÷०७३ को प्रथम अर्धबार्षिक लेखा तथ्यांक अनुसार विभिन्न शिर्षक अन्र्तगतमा कुल ६ करोड १३ लाख ५३ हजार ६ सय ४६ रुपैयाँ आम्दानी गरेको छ । 
लुम्बिनी अञ्चल अस्पतल बुटवलका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी रेग्मीमा अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्त महिना सम्म  घरभाडाबावत अस्पतालले कुल ४ करोड २६ लाख ८२ हजार ७५ रुपैयाँ आम्दानी गरेको छ ।

तस्वीरः 
भ्रमको खेतीः अस्पतालको मुख्य गेट नजिकै राखिएको वडा पत्र, जसमा सबै सेवा शुल्क पुरानै उल्लेख गरिएको छ । जसको कारण उपभोक्ताहरु भ्रममा पर्ने गरेका छन् । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै