प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्र, पुससम्म डिपीआर सक्ने तयारी

कृष्ण खनाल 
बुटवल, ६ भदौ । 
बुटवलको मोतिपुरमा निर्माण हुन लागेको मोतिपुर औद्योगीक क्षेत्रको विस्तृत परियोजनामा सर्वेक्षण(डिपिआर) आगामी पुस महिना भित्र सक्ने गरी कार्ययोजना अगाडी बढेको औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । बुटवल
उपमहानगरपालिका–२१ साविकको मोतिपुर, फर्साटिकर, अमुवा,टिकुलीगढ र आनन्द वन गाविसमा मा  ८ सय १४ विघा क्षेत्रफलमा  मोतिपुर औद्योगीक क्षेत्र स्थापनाको प्रक्रिया अगाडी बढेको हो । नेपाल सरकार बाट औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा समेत प्राप्त भएपछि अवको केही महिनामा विस्तृत परियोजना सर्वेक्षण(डिटेल प्रोजेक्ट  रिपोर्ट) तयारी गरी आद्योगीक क्षेत्र निर्माणको लागि टेण्डार आह्वान हुने औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक तथा अध्यक्ष नन्दकिशोर   बस्नेतले जानकारी दिए । उनका अनुसार आद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गाको स्वामित्व प्राप्त गरेपछि डिपीआरको लागि नेपाल सकारबाट ५ करोड बजेट विनियोजन गरिएको छ । 
अहिले मोतिपुर औद्योगीक क्षेत्रमा  विगत लामो समय देखि बसोबास गर्दै आएका स्थानियहरुले आफुहरुलाई विस्तापीत गर्न लागेको भन्दै विरोध समेत  गर्दै आएका छन् । तर महाप्रबन्धक बस्नेतले कुनै पनि व्याक्तिहरुलाई विस्तापीत गर्ने आफुहरुको कुनै पनि योजना  नरहेको जानकारी दिए । उनले भने–‘हामी  स्थानियहरु संगको पुर्व सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न तयार रहेका छौं, यसमा हामीले कसैलाई विस्तापीत गर्ने योजना होईन् ।’
उनले डिपीआरको समयमा स्थानियहरुबाट कुन कुन क्षेत्रमा कस्तो कस्तो प्रकृतिको पुर्वाधार तथा सेवा  सुविधा आवश्यक परेको हो भन्ने बरेमा जानकारी दिई सहयोग गर्नको लागि आग्रह गरे । उनले भने–‘स्थानिय बासिन्दाहरुलाई कहाँ के के चाहिएको हो , त्य डिपिआर गर्दा उल्लेख गर्न सकिन्छ, तपाईहरुको योजनामा हामी कहिल्यै पनि पछाडी पर्दैनौं ।’

 उनले भैरहवामा सञ्चालनमा आएको विशेष आर्थिक क्षेत्र(शेज) जस्तो बुटवलमो मोतिपुर औद्योगीक क्षेत्र बनाउन नचाहेको पनि जानकारी दिए । २०५४ साल देखि सुरु भएको विशेष  आर्थिक क्षेत्र (सेज)मा पुर्वाधारको विकास भएपनि उद्योगहरु स्थापना हुन नसकेको भन्दै पुर्वाधार निर्माण पछि उद्योग नआउने बातावरण भन्दा पनि फास्ट ट्रयाक्टमा काम गर्न खोजेको जानकारी दिएका छन् । 
नेपाल सरकारले संघीय  संरचनामा देशका ७ वटा स्थानमा १ हजार विघा क्षेत्रफलका औद्योगीक क्षेत्र स्थापन गर्ने योजना अगाडी बढाएको सन्र्दभमा उनले बुटवल र बाँके जिल्लामा निर्माण हुने औद्योगीक क्षेत्रले प्रदेश नम्बर ५ मा १ हजार विघा भन्दा बढि क्षेत्रफलको औद्योगीक क्षेत्र स्थापना हुने  जानकारी दिए । 
 औद्योगीक क्षेत्रमा साना तथा मझौला उद्योगहरु स्थापना गर्नेगरी उद्योग बाणिज्य संघबाट सुझाव आएको भन्दै उनले यसको लागि  आफुहरुले सक्दो पहल गर्ने जानकारी दिए । नयाँ स्थापना हुन लागेको औद्योगीक क्षेत्रलाई पब्लीक,प्राईभेट, पार्टनरसिप(पिपिपि) मोडलबाट अगाडी बढाउने गरी नीजि क्षेत्रलाई  समेटेर अगाडी बढ्ने  र यसको लागि छलफल अगाडी बढाउन सकिने औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकाएको छ । 
प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्रका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठले  बुटवलमा स्थापन हुन लागेको मोतिपुर औद्योगीक क्षेत्र यस क्षेत्रका उद्योगी व्यवसायी तथा सबैको साझा सम्पत्ती भएको भन्दै यसको निर्माणको लागि कसैपनि अवरोध तथा स साना मागहरु राखेर विरोध गर्नुको कुनै तुक नभएको बताउछन् । उनी भन्छन्–‘हामी सबैको साझाा चौपारीको रुपमा औद्योगीक क्षेत्र निर्माण  हुदै छ, यसमा स्थानिय तथा सरोकारवालाहरु सबैको भावना समेटिन्छ ।’
औद्योगीक क्षेत्र स्थापना  भएपछि स्थानियहरुको आर्थिक वृद्धिमा विशेष भुमिका खेल्दै भन्दै बाहिरका व्याक्तिहरु भन्दा स्थानियहरुलाई रोजगारी, व्यवसाय प्रर्वद्धनको लागि पनि विशेष सहयोग भुमिका खेलिले पुर्व अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले औद्योगीक क्षेत्र स्थापना हुदै आफैमा गौरवको विषय भएको भन्दै प्रसाशनिक रुपमबाट जहिले पनि सहयोग गर्न आफु तयार भएको जानकारी दिए । प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्रभित्र पर्ने केही स्थानियहरुले आफुहरु मर्कामा परेको भन्दै  जिल्ला प्रशासन कार्यालयमा दिवेदन दिएको भन्दै यस विषयमा पहिलो चरणको छलफल भएको र कसैलाई विस्तापीत गरी औद्योगीक क्षेत्र स्थापना नहुने उनको जानकारी दिए । उनले भने–‘सबैको भावनालाई उचित मुल्यांकन गरी हामिले योजना अगाडी बढाएका छौं, यो औद्योगीक क्षेत्र स्थापनाको लागि सबैको सहयोग आवश्यक छ ।’ 
उनले स्थानियबाट आएको गुनासोको आधारमा भैरहवाबाट र बुटवलबाट नापी टोली समेत खटाएर जग्गाको नापजाँच गर्ने काम गरिएको सकिएको र यस विषयमा स्थानिय जन प्रतिनिधिबाट समेत लिखित रुपमा सुझाव आएको प्रजिअ ढकालले जानकारी दिए । 
स्थानिय प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्र सरोकार समितिका संयोजक भिम प्रसाद न्यौपानले पुर्व सम्झौता कार्यान्वयन गर्नुपर्ने तर आफुहरुको औद्योगीक क्षेत्र स्थापनामा कुनै विरोध नभएको बताउछन् ।उनी भन्छन्–‘पहिला निश्चित जग्गा निर्धारण गरेर काम अगाडी बढाइयो, अहिले पुन जग्गा थप्ने गरी काम गरिएको भन्ने हल्ला आएको छ, यसमा हाम्रो विरोध छ , पहिला हामीहरु संग भएको सम्झौताको पुर्णरुपमा कार्यान्वयन  गर्नु पर्दछ ।’
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले नयाँ औद्योगी क्षेत्रको लागि विगत लामो समय देखि   संघले पहल गरेको भन्दै यसको सञ्चालनको लाग पनि केही भुमिका खोजेको बताउछन् । उनले सरकारले पुर्ण स्वामित्वमा सञ्चालन गर्नु भन्दा नीजि क्षेत्र संगको सहकार्यमा औद्योगीक क्षेत्र स्थापना गर्न स्थानिय अपनत्वको विकास भै यसको संंरक्षण, विकास र प्रर्वद्धनमा विशेष भुमिका खेल्ने बताउछन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै