‘सेज ऐन’पारित उद्योग स्थापनाको बाटो खुल्यो

कृष्ण खनाल 
बुटवल, १३ भदौ । 

 विगत लामो समय देखि भैरहवामा स्थापना भएर पनि सञ्चालनमा नआएको विशेष आर्थिक क्षेत्र(शेज) सञ्चालनको बाटो खुलेको छ । व्यवस्थापिका संसदले सोमबार विशेष आर्थिक क्षेत्र (सेज) ऐन पारित गरेपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । 
विगत केही बर्ष यता विशेष आर्थिक क्षेत्र सञ्चालनको लागि पहल गर्दै आएको सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले उद्योगीहरुको लागि शेज ऐन पारीत  हुनु आफैमा  स्वागतयोग्य विषय भएको जानकारी दिए । उनका अनुसार विगत लामो समय देखि उद्योगीहरुले ऐन छिटो भन्दा छिटो पारीत गर्नको लागि दबाब समेत दिदै आएका थिए । उनले भने–‘ढिलै भएपनि ऐन पारित भएको छ, जुन स्वागत योग्य विषय हो ।’ अध्यक्ष शर्माले ऐन  परिथ भएर केही विकासका पुर्वाधारहरु  निर्माण भएपनि अझै विद्युत सञ्चालनको बाटो निर्माण नभएको कारण अझै पनि उद्योग स्थापना हुनलाई समस्या भएको जानकारी दिए । उनले विद्युत विना कुनै पनि उद्योग सञ्चालन हुन नसक्ने भन्दै अविलम्ब विद्युतको लागि पहल गर्न समेत  सरकार संग माग गरे । 
यता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले  विशेष आर्थिक क्षत्रे(शेज) ऐन पारित हुनु स्वागत योग्य भएको भन्दै सेजमा स्थापना हुने उद्योगहरुले तिर्नुपर्ने भाडा महङ्गो भएको विषयमा गुनासो आएको भन्दै यसमा पनि सरकारले सोच्नुपर्ने बताए । उनले उद्योगीहरुले सहज रुपमा उद्योग स्थापना हुन पाउनुपर्ने भन्दै  यसको लागि संघको पहल जहिले पनि गर्ने जानकारी दिए । उनले केही समय पहिला  बुटवल उद्योग बाणिज्य संघले औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष  तथा महाप्रबन्धक नन्दKishor basnet संग कुरा गरेको जानकारी दिदै यस विषयमा सरकारबाट सम्बोधन हुनेमा आफु विश्वस्त भएको जानकारी दिएका थिए । 
व्यवस्थापीका संसदको बैठकले उक्त ऐन बहुमतले पारित गरेको हो । सेजलाई व्यवस्थित सञ्चालनको लागि भन्दै गतवर्ष सरकारले सेज विध्येक संसदमा दर्ता गराएको थियो। व्यावसायीहरुले लामो समयदेखि औद्योगिक विकास र विदेशी लगनी आकर्षित गर्नको लागि विशेष आर्थिक क्षेत्र र ऐन कानुनको माग गर्दै आएका थिए । 

उद्योग मन्त्रालयले विदेशी लागनी आकर्षित गर्न सेज र त्यसको प्रभावकारी सञ्चालनको लािग छुट्टै ऐन ल्याएको हो । उद्योगी व्यावसायीहरुले सेज आउनु आफैमा सरकारात्मक कदम भएको र आफूहरुले लामो समयदेखि माग गर्दै आएको र ऐन आईसकेपछि यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् । 
आफूहरुले उठाएका सबै मागहरु समावेस नगरिएको भएपनि जति आएको छ त्यो पनि सुखद भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।‘यदि यसको प्रभावकारी कार्यान्वयन हुने हो भने यो नेपालको औद्योगिक तथा आर्थिक विकासको लागि कोशोढुंगा सावित हुन सक्छ’ मुररारकाले भने ।सरकारले निर्माण गरेको भैरहवा सेज सञ्चालनको तयारीमा रहेको छ भने सिमरामा स्पेसल गार्मेन्ट प्रोसेसिङ जोन निर्माणको क्रममा रहेको छ । त्यस्तै देशका अन्य क्षेत्रहरुमा पनि सेज निर्माणको तयारी सरकारले गरेको छ। ऐन नभएको भन्दै भैरहवा सजमा विदेशीलगानीकर्ताहरु इच्छु देखिएका थिएनन्। भने नेपाली व्यावसायीहरुलेपनि उत्साहजनक रुपले प्रस्तुत भएका थिएनन्। सेज ऐनले बन्द हडताल गर्न नपाईनेदेखि व्यावसायीहरुलाई विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । 
विशेष आर्थिक क्षेत्रमा  खाद्य तथा कृषिजन्य उद्योग, हर्बल, छालाका, तयारी पोसाक, गलैँचा तथा ऊनीका सामान, पस्मिना तथा रेशम हाते कागजका वस्तु, हस्तकला तथा गरगहना, धातुजन्य उद्योग, स्पोर्टस्वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक उत्पादन होजियरी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल उत्पादन, सूचना प्रविधि उद्योग र पेय पदार्थसमेत गरी १७ थरी उद्योग स्थापना गर्न सकिन्छ । 
भैरहवामा सिद्धार्थनगरस“गै जोडिएको बगाहा गाविसमा ५२ बिघा जग्गामा सरकारले २०६० सालमा पूर्वाधार निर्माणको काम थालेको थियो ।  पा“च वर्षअघि नै सञ्चालन तयारी भए पनि ऐन अभावमा हुन सकेको थिएन। सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्य्विधि तयार गरेपछि सञ्चालनको बाटो खुलेको हो । भैरहवाको सेजमा ६८ वटा प्लट छन् । एउटा प्लटमा दुई हजारदेखि चार हजार वर्ग्मटर जग्गा छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै