खुर्साने गाउँ कृषि कर्ममा सफल

कृष्ण खनाल
बुटवल, असोज । 
 सिद्धार्थ राजमार्गअन्तर्गत दोभानबाट करिव ४ किलोमिटर दुरीमा रहेको छ,  खुर्साने गाउँ । आज भन्दा करिव १६ बर्ष पहिला खुर्साने गाउँका स्थानीय वासिन्दाको आम्दानीको स्रोत भनेको धान खेती मात्रै थियो । मौसम राम्रो भएमा धान खेती र हिउँदमा गहँु खेती गर्दै आएका थिए । अधिकांश दलित समुदायका मानिसहरुको बसोबास रहेको उक्त गाउँमा अहिले परिर्वतनका लहरहरु देखा परेका छन् । 

स्थानीय बरपोखरी समुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्षसमेत रहेका स्थानीय मोहनलाल विश्वकर्माकाअनुसार सामुदायिक  वि.स. २०५७ सालमा गठन भए पनि स्थानीयहरुमा उद्यमशीलताको विकास भएको हो । उनी भन्छन्– ‘५७ सालमा गठन भई २०५९ सालमा दर्ता भएको सामुदायिक वनले किसानहरुलाई ऋण लगानी गरे पनि स्थानीयरुको आर्थिक विकास भएको हो ।’ 
सामुदायिक वनबाट निव्र्याजे ऋण लागानी गरेपछि अधिकांश किसानहरुले खेतीपाती, मौरी पालन, बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन व्यवसायमा लागेका छन् । 
५० घर परिवार रहेको उक्त गाउँ दोभान गाविस–९ मा पर्दछ । स्थानीयहरुले जिल्ला विकास समिति, सामुदायिक वन समन्वय समिति र  राष्ट्रपति चुरे मधेश संरक्षण कार्यक्रमबाट अनुदान सहयोगमा लघु जलविद्युत समेत स्थापना गरेका छन् । वि.स.२०५९ सालमा ३ किलोवाट र पछि १० किलोवाट विद्युतबाट १ सय ५ घरमा उज्यालो भएको छ । 

यद्यपि एक महिना देखि पहिरो गएको कारण मर्मत संभारको काम जारी रहेको छ । कुटानी पिसानी गाउँमै सस्तोमा हुने भएपछि स्थानीयहरुमा महङ्गोमा गाउँदेखि घण्टौं टाढा जानुपर्ने बाध्यता हटेको छ । 
 सामुदायिक वनले २५÷२५ हजार गरिवी निवारणको लागि भन्दै ४३ घरधुरीलाई ऋण लगानी गरेको छ । जसबाट महिलाहरुले सामुहिक रुमपा कुखुरा पालन गरेका छन् । अगुवा दलबहादुर गुरुङ्गकाअनुसार २२ लाख रुपैयाँ वनले अघिल्लो बर्ष आम्दानी गरेको थियो । उनकाअनुसार सन् २००६ मा डब्लु डब्लु एफले प्रदान गर्ने अब्हाम संरक्षण पुरस्कार सामुदायिक वनले प्राप्त गर्न सफल भएको छ । ५० हजार राशीको पुरस्कार पाउने बरपोखरी समुदायिक वन पाल्पाको पहिलो हो । 

स्थानीय अगुवा महिला संगीता विश्वकर्माकाअनुसार २०७२ सालमा महिलाहरुले कुखुरा पालन सुरु गरेका छन् । सुरुका दिनमा १ सयवटा कुखुराबाट सुरु गरेका उनीहरुले करिव ६० हजार लगानी गरेका थिए भने सोही अनुपातमा आम्दानीसमेत गरेका छन् । उनी भन्छिन्– ‘पहिला यत्तिकै फाल्तु बस्थिम्, अहिले कुखुरा पालेर आम्दानी गरेका छौं  ।’
३३ जनाको नागरिक सचेतना  समुह समेत गठन गरेका महिलाहरुले २३ जनाले समुहिक रुपमा कुखुरा पालन गरेका हुन् । उनी थप्छिन्– ‘जिल्ला पशु सेवा कार्यालयबाट बेला बेलामा आएर प्राविधिक सहयोग दिने गरेका छन्, जसको कारण  खासै समस्या छैन ।’

सोही गाउँमा व्यवसायिक रुपमा मौरी पालन गरेका कृष्णबहादुर क्षेत्री गाउँमै राम्रो आम्दानी गर्न सफल रहेका छन् । सुरुमा २ वटा घारे मौरी र पछि ४ वटा
आधुनिक गरी अहिले ६ वटा घार मौरी उनले पालेका छन् । सिजनको बेला मौरीको घार १० वटासम्म पुग्ने गर्दछ । उनी भन्छन्–‘मौरी काड्ने बेलामा खोसाखोस हुन्छ, पहिला नै बुकिङ्ग हुन्छ, मौरी, एक महिना पहिला नै मौरीको महको लागि बुकिङ्ग हुन्छ ।’
एक सिजनमा करिव १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउने उनले प्रतिकिलो १ हजार रुपैयाँमा मौरीको मह विक्री गर्ने गरेको बताउँछन् । मौरीसंगै उनले कुखुरा पालनसमेत गरेका छन् । १ सयवटा कुखुरा पालन गरेका उनले बेला बेलामा कुखुराको संख्या बढाउने गरेका छन् । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै