कसैको आँखा नपरेको एउटा बाल गृह ,स्थायी आम्दानी नहुँदा समस्या

कृष्ण खनाल
बुटवल, २० भदौ ।
बुटवल शहरदेखि केही टाढा, रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको अनाथ बालगृहमा कसैको ध्यान गएको छैन । अधिकांस सामाजिक संघ संस्था तथा क्लवहरुले बुटवल र यस आसपासका आश्रममा गएर  सहयोग गर्ने गरे पनि अलि टाढा रहेको यो वालगृहमा कमैमात्र सहयोग पुग्ने गरेको छ । अधिकांस मुगु जिल्लाका द्वन्द्वपिडीत वालवालिका
हरुले आश्रय लिदै आएको उक्त वालगृहमा १० जना वालवालिकाहरु आश्रित छन् ।
मुगु जिल्लामा सानै उमेरमा बुबा–आमा गुमाएका जयप्रकास थापाले कहिल्यै तराई देखेका थिएनन् । द्वन्द्वको कारण बेसाहारा भएका थापाले तराईको ठुला–ठुला घर देख्दा पहिलो पटक अच्च मानेका थिए । तराइ कस्तो होला, के होला भनेर कल्पना गर्ने थापा अहिले यहि तराईमा हुर्केका छन् । सानैमा आमाबाबु गुमाएका उनी आमा बुवाको मायाँबाट बञ्चित भएका थिए । आफन्तीको सहयोगमा जिल्ला बाल कल्याण समितिबाट उनी अहिले रुपन्देहीको सैनामैना–१ बनकट्टामा रहेको अभियान नेपाल बाल गहमा आश्रीत छन् । 
आफ्ना  आमाबुबा गुमाएपनि उनी जस्तै ९ जना मुगुका १ जना पाल्पाका बालबालिकाहरुले अहिले उक्त आश्रममा  आमा बुबाको जस्तै  मायाँ र साथ पाएका छन् । नजिकै रहेको दुर्गा भवना उच्च माविमा पढ्दै आएका यि सबै वालवालीकाहरुको आश्रम नै घर लाग्ने गरेको बताउँछन् ।  विद्यार्थी थापा भन्छन्–‘आमा बाबु भनेकै यहि आश्रमका अभिभावक हुनुहुन्छ ।’
आश्रमका संस्थापक÷संरक्षक तिलक शाहीका अनुसार बेवारीसे अवस्थामा रहेको जग्गा लिएर करिव २१ बर्ष पहिला जग्गाको व्यवस्थापन गरिएको हो । 
स्थानिय महिला  आमा समुह, क्लव तथा संघ संस्थाको अगुवाईमा  ४ बर्ष पहिला आश्रमको सुभारमभ गरिएको थियो । वि.स.२०६९ साल पौस २५ गते स्थापना गरिएको वालगृहमा अहिले ४ वटा  वटा कोठा निर्माण गरिएको छ । 
कर्णाली अञ्चलका विद्यार्थीहरुलाई सरकारले पनि प्रथमिकतमा राखेको कारण ९ जना मुगुका विद्यार्थीहरु राखेको जानकारी दिए । कक्षा २ देखि १२ कक्षा सम्म पढ्ने विद्यार्थीहरु अहिले आश्रममा रहेको  संरक्षकसाही बताउछन् । उनी भन्छन्–‘सरकारी निकायबाट आश्रम सञ्चालन गर्नको लागि अनुमती बाहेक अन्य कुनै सहयोग गरेको छैन ।’ दुई पटक एक गैरसरकारी संस्थाले बर्षमा ४० हजार पोशाक र स्टेशनरीको लागि भन्दै सहयोग गरेको र अहिले सहयोग नगरेको बताए । कहिलेकाही पर्रोहा परमेश्वर बोलबाम धामबाट चामल लगायतका खाद्यान, कहिले स्थानिय क्लवले  देउसी भैलो खेलेर सहयोगग र्ने गरेका छन् उनी थप्छन्–‘यस्तै शुभेच्छुकको सहयोगबाट नै आश्रम सञ्चालनमा रहेको छ ।’ 

द्वन्द्वमा पिडीत भएका बालबालिकाहरुलाई विभिन्न संघ संस्थाहरुले गरेको सहयोग र सद्भाव बाट भएको सहयोगले बालबालिकाहरुलाई थप अगाडी बढ्ने  हौसला बढाएको उनको भनाई रहेको छ । अहिले सम्म स्थानिय  गाउँले, आमा समुह, र क्लवबाट भएको सहयोगबाट सञ्चालन हुदै आएको उक्त आश्रमका वालवालिकाहरुलाई थप सहयोगको खाँचो रहेको आश्रम सञ्चालक समितिले जनाएको छ । पछिल्लो समयमा सहरिया संस्कृती अनुसार जन्मदिन मनाउनको लागि पार्टी प्यालेस तथा रेष्टुरेन्टहरुमा लगेरहजारौ रुपैयाँ खर्च गर्नु भन्दा आश्रमका  बालबालिकाहरुलाई केही भएपनि खाद्यान्न वा नगद जे हुन्छ सहयोग गरेर ‘अगामी पुस्ताको जन्मदिन आश्रममा’ भन्ने नारा सार्थक बनाउनु पर्ने आवश्याकता रहेको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै