‘लगानी मैत्री वातावरण बनाऊ, युवाशक्ति पलायन रोक’

बुटवल उवासंघ को ६३ औं साधरण सभा

कृष्ण खनाल 
बुटवल, २० भदौ ।
 देश शान्ती प्रक्रियामा प्रवेश गरेको लामो समय भएपनि अझै पनि उद्योगी तथा व्यवसायीहरुबाट  निर्धक्क रुपमा लगानी गर्ने वातावण सृजना नभएको भन्दै लगानी मैत्री वातावरण निर्माणमा सरोकारवालाहरुले दिएका छन् । बुटवल उद्योग बाणिज्य संघको ६३ औ बार्षिक साधारण साभामा बोल्दै उद्योगी व्यवसायीहरुले देश शान्ती प्रक्रियामा प्रवेश गरेको बर्षौ भए पनि निर्धक्क रुपमा उद्योग व्यवसाय सञ्चालन र नयाँ उद्योगधन्दामा लगानी गर्ने वातावरण नभएको भन्दै सरकार संग लगानीमैत्री वातावरण निर्माणको लागि आग्रह गरेका हुन । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले नेपाल उद्योग धन्दाको लागि संभावना बोकेको देश भएपनि प्रशस्त्र मात्रामा लगानी नहुनु विडमम्बनाको कुरा भएको बताएका छन् । उनले भने–‘अझै पनि देशमा युवा पलायन रोकिएको छैन, जसको कारणले पनि देश कोलायप्स हुन नसक्ला भन्न सकिदैन ।’ रेमिट्यान्सको आधारमा देश सञ्चालन भएको भन्दै उनले रेमिट्यान्सबाट  देश धानिनु आफैमा जोखिम र क्षणिक समयको लागि लाभदायक भएपनि दिर्घकालिनरुपमा यसले फाईदा नगर्ने धारणा राखे । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका जिल्लानगर तर्फका उपाध्यक्ष किशोर कुमार प्रधानले १० बर्षे  द्वन्द्वको समयमा सबैभन्दा बढि प्रताडित भएको भन्दै सरकारले नीजि क्षेत्रको योगदानलाई मुल्यांकन गर्न नसकेको खबताए । सरकारले नीजि, सर्वाजनिक साझेदारी(पीपीपी) अवधारणालाई अविलम्ब विकास गर्नुपर्ने बताएका थिए ।

 उनले भने–‘सरकार अस्थितर हुदाँ पनि  आर्थिक क्षेत्र चलायमान हुन सकेको  छैन, जसको कारण  थप समसयामा रहेको छ ।’ उनले सरकारलार्य नौ महिना भन्दा पनि १८ बर्ष सम्मको लागि स्थीर गराउन सकेकमा देश विकासको फड्को मार्ने धारणा राखेका थिए । 
यस्तै कार्यक्रममा अर्का केन्द्रीय उपाध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्र मैत्री वातावरण सृजना गर्नमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए । उनले नयाँ औद्योगीक क्षेत्र ऐन अविलम्ब ल्याउनको लागि माग गर्दै १५ प्रतिशले रोजगारी प्रदान गर्न सक्ने औद्योगीक क्षेत्रमा अहिले सम्म ४ प्रतिशत मात्र मानिस रोजगार रहेको भन्दै नेपालमा बेराजगारी अन्त्यको लागि औद्योगीक क्षेत्रको विस्तार गर्नुपर्ने धारणा राखे ।   उनले भने–‘अविलम्ब श्रम ऐन कार्यान्वयन हुनपर्दछ, युवा पलान रोक्नको लागि देशमा विशेष कार्यक्रम अगाडी बढाउनुपर्दछ ।’
यस्तै केन्द्रीय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले राजनीतिक क्षेत्र बन्द हडताल मुक्त क्षेत्रको रुपमा विकसा गर्न सकेमा मात्र औद्योगीक क्षेत्रले फड्को मार्ने बताएका थिए । उनले सरकारले व्यवसायीहरुलाई अन्य विशेष  सेवा सुविधा भन्दा पनि काम गरेर खाने वातावण सृजनागर्न आग्रह गरेका थिए । 
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका सल्लाहकार तथा प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्रका संयोजक नयाँ औद्योगीक क्षेत्र स्थापनाको लागि लागि बुटवल उद्योग बाणिज्य संघले विगत लामो समय देखि पहलको थालनी गरेको भन्दै मोतिपुर औद्योगीक क्षेत्र स्थापना पछि रुपन्देहीको आर्थिक चलायमानमा विशेष भुमिका खेल्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै  बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले नयाँ औद्योगीक क्षेत्र ऐन तत्कालन परित गर्न माग गरेका थिए । रुपन्देहीको आर्थिक विकासको लागि लामै दस्तावेज प्रस्तुत गरेका  उनले रिङ्गरोड  निर्माण, खानेपानी, सडक लगायतका विकासे कार्यमा सरकारको ध्यान जान जरुरी रहेको बताएका थिए । 
 कार्यक्रममा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष भरत थापा, बुटवल उपमहानगरपालिका का बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुँवर,  साना मझौला व्यवसायी रेनु श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष खीम बहादुर हमाल, महासचिव हरि अर्याल लगायतले बोलेका थिए । 
कृषि, हाईड्रो र हस्तकला सरकारको प्रथमिकतामाः मन्त्री थकाली 
बुटवल, भदौ । बाणिज्य तथा आपुर्ती मन्त्री रोमी गौचन थकालीले कृषिको विकास विना देश विकास संभव नभएको भन्दै  सरकारले कृषिजन्य उद्योग, हस्तकलाका उद्योग र जल विद्युतमा लगानीको  लागि उच्च प्रथमिकता दिने जनाएका छन् । बुटवल उद्योग बाणिज्य संघको ६३ औं बार्षिक साधारण सभाको  समुद्घाटन कार्यक्रममा बोल्दै उनले भने–‘कृषि, हाईड्रो र हेन्ड्रक्राप्टको उद्योगहरुलार्य सरकाले प्रथमिकता दिन्छ ।’  विषम परिस्थीतिबाट देश विकासको अग्रगतिमा अगाडी बढ्नुमा नीजि क्षेत्रको भुमिका ठुलो रहेको भन्दै उनले सरकाले नीजि क्षेत्रको योगदान नर्विसिएको समेत बताए । उनले  आफुलाई सत्ताको मोह भन्दा पनि  काम गरेर देखाउने मन्त्रीको रुपमा सपथ खाएको भन्दै देशविकास नै आफ्नो स्वार्थ भएको बताएका थिए । उनले पछिल्लो समयमा महिलाहरुको सहभागीतामा विभिन्न उद्योगहरु स्थापना भएको भन्दै महिलाहलरुलाई प्रथमिकता दिनुपर्ने धारणा राखे । उनले भने–‘महिलाहरु पनिपछिल्लो समयमा समाजको मुलधारमा आउन थाल्नुभएको छ, उहाँहरुको सहभागीता जरुरी रहेको छ ।’  नेपाल अहिले रेमिट्यान्सको भारमा चलेको भन्दै उनले त्यसलाई ‘तितो यथार्थता’को संघा दिए । उनले रेमिट्यान्सबाट भएको लगानी उच्च जोखिममा रहेको भन्दै देश भित्र नै रोजगारीका वातावरण सृजनाको लागि आफु र सरकार लाग्ने बताए ।  उनले आफु मन्त्री पदमा रहदाँ सम्म नेपालीको शरि झुक्न नदिने प्रतिवद्वता जनाएका थिए । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै