घरवाहाल ऐन कार्यान्यन फितलो लाखौं, राजश्व गुम्दै

कृष्ण खनाल
बुटवल, । 
बुटवल उपमहानगरपालिकाको जनसंख्या वि.स.२०६८ को जनगणना अनुसार १ लाख ३८ हजार ७ सय ४२ जनसंख्या रहेको छ । बुटवल क्षेत्रमा घरधुरीको संख्या २९ हजार ६ सय ६२ रहेको छ । जसमा नयाँ थपिएका गाविसहरु  सेमलार र मोतिपुरको तथ्यांक समाबेस गरिएको छैन । बुटवलमा घरवाहलमा लगाएर घरधनीहरुले माहिना मै लाखौं रुपैयाँ आम्दानी गर्ने गर्दछन् । महिनामा २ लाख भन्दा बढि आम्दानी गर्ने घरधनीहरु समेत बुटवलमा रहेको नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष शंकर कोइराला बताउँछन् । उनका अनुसार महिनामा २ लाख रुपैयाँ भन्दा बढि बाहल उठाउने घरधनीहरुको संख्या करिव १ सय जना रहेको छ । तर स्पष्ट घरबाहाल नितीको अभावको कारण बुटवलमा घरवाहल कर उठाउने उप–महानगरपालिकले उथेष्ठ मात्रामा कर उठाउन सकेको छैन । 
बुटवल उप–महानगरपालिकाले घर बाहलमा लगाएको रकमको बार्षिक रुपमा २ प्रतिशत र जग्गा भाडामा लगाएको छ भने १ प्रतिशत कुल रकमको बाहल कर उठाउने नीति बनाएको छ । 
बुटवल उप–महानगरपालिका क्षेत्र भित्र बनेका भौतिक संरचना घरको सटर कोठाहरुको  घर वहाल कर असुली प्रयोजनका लागि न्यूनतम मासिक वहाल दर न्युनतमा प्रति सटरको १ हजार देखि १५ सय सम्म र कोठाको ५ सय देखि १५ सय सम्म बहाल कर लिने व्यवस्था गरेको छ । 
चालु आर्थिक बर्षको बैशा मसान्त सम्ममा बुटवल उप–महानरपालिकाले कुनै पनि व्याक्तिगत घर बहाल कर उठाउन सकेको छैन । बुटवल उपमहानगरपालिको स्वामित्वमा रहेका हाटबजार, शिल्पकला, बसपार्क तथा नगरपालिकाले निर्माण गरेका सटर तथा पसलबाट जम्मा २४ लाख ६० हजार २३ रुपैयाँ राजश्व संकलन गरिएको बुटवल उप–महानरपालिकाको आधिकारीक वेभसाईट मा उल्लेख गरिएको छ । 

बुटवल उप–महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख शिवनारायण शाहका अनुसार बुटवल उप–महानगरपालिकाले वाहलकरको रुपमा छुट्टै उठाउने भन्दा पनि एकद्वार प्रणालीबाट उठाउने गरेको जानकारी दिए । उनले भने–‘एकिकृत सम्पत्ती कर,  घर कर, लगायतका एकै पटकमा वाहलकर उठाउने गरेको जानका छौं ।’ उनले यस आर्थिक बर्षमा ९० लाख रुपैया राजश्व संकलन गर्ने योजना अनुसार अहिले सम्म ६९ लाख भन्दा बढि कर उठाउने गरेको जानकारी दिए । तर कुन व्याक्तिले कस्तो प्रकृतिमा वाहलमा लगाएको छ भन्ने विषयमा एकिन नभएको कारण पुर्णरुपमा राजश्व उठ्न नसकेको बताइएको छ ।  नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष शंकर कोईराला का अनुसार स्पष्ट घरवाहाल नीति नभएको कारण   स्थानिय  निकाय, जिल्ला विकास समिति तथा गाविसहरुले एकिन रुपमा घरबहाल कर उठाउन सकेका छैनन् । जसको कारण सरकारालालाई लाखौ घाटा भैरहेको छ । ‘स्पष्ट घरबहाल कर सम्बन्धी निती निर्माण गरी स्थानिय निकाय स्वम् अथवा कुनै  संस्थालाई बाहाल कर उठाउने जिम्मा दिदाँ उपयुक्त हुने उनको तर्क रहेको छ । ‘हामी पनि तयार छौ, यो अभियानमा साथ दिन,तर सरकारी निकायबाट यसमा सहभागी बनाईयोस्, ’ उनले भने ।  उचित प्रकृतिको घरवाहल ऐन तत्काल सरकाले ल्याउनुतर्फ ध्यान जानुपर्ने सरोकार संघको माग रहेको छ । 
नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले यहि असार मसान्त सम्ममा मासिक २ लाख रुपैयाँ भन्दा बढि बहाल उठाउने घरवेटीहरुको नाम अवको केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । घरवाहलमा बस्ने व्याक्ति तथा व्यवसा सञ्चालन गर्ने व्याक्ति र उसले टेलिफोन, विद्युत जस्ता सेवा प्रदायक क्षेत्रमा तिरेको करको आधारमा ५० जनाको यहि असार मसान्त भित्रमा र ५० जनाको आगामी नाम सार्वजनिक गर्ने योजना बनाइएको नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका  महासचिव खगेन्द्र प्रसाद पौडेल बताउछन् । यसबाट सरकारालाई कर उठाउनको लागि सहयोग पुग्ने उनको विश्वास रहेको छ । वाहल कर घरवटीबाट नै तिर्नुपर्ने र यदि घरवेटीहरुले नतिर्ने हो भने बाहालमा बस्ने व्याक्तिहरुले बाहल रकमबाट २ प्रतिशत घटाएर सरकारलाई बुझाउन तयार रहेको उनको भनाई रहेको छ । 
घरवाहलमा बस्नेको भन्दा घरबेटीको बढि उजुरी 
नेपाल घरबाहल सरोकार संघ स्थापना भएको धेरै भएको छैन ।  गत आर्थिक बर्षको बैशाख महिना सम्म २ सय ५ वटा उजुरीहरु संघमा दर्ता भएका छन् । ति मध्ये सबैभन्दा बढि ७५ वटा घरबटीहरुको उजुरी दर्ता भएको संघले जनाएको छ । ६ वटा उजुरीहरु संघले समाधान गर्न नसक्ने प्रकृतिको भएको कारण प्रसासनीक प्रक्रियाको लागि अगाडी बढाइएको जनाइएको छ । घरबाटीहरुले घर बहाल समयमा नतिरेको तथा बाहाल रकम माग्दा गालि बेईज्यती गरेको भन्दै संघमा उजुरी दिने गरेको पाइएको छ । 
घरबहालको ऐन ललिचो भएपनि व्यवारमा कार्यान्वयन हुन नसक्नु सरकार नै कमजोरी भएको कानुनका ज्ञाता अधिवक्त महेन्द्र पाण्ढेयको भनाई रहेको छ । उनका अनुसार यदि कुनै बहालमा बस्दै  आएको व्याक्तिले विना सूचना ३ महिना सम्म वाहलमा सामान छोडेर भागेर गएमा घरवेटीले २ जना अन्य व्याक्ति वा प्रहरीको रोहवरमा व्यवसायीक पसल वा  बाहालमा बसेको स्थान खोलेर समान आफै उपभोग गर्न पाउछन् । तर रुपन्देहीमा यसको अभ्यास खासै नभएको उनको भनाई रहेको छ ।   उनी भन्छन्–‘घर बाहालमा लगाएपछि त्यो व्यवसायिक हो, व्यवसाय गरेपछि कर तिर्नु नागरिकको दायित्व हो, तिर्नुपर्दछ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै