उन्नत विउद्वारा साढे ५ करोड पुजी परिचालन

कृष्ण खनाल
बुटवल, भदौ ।
 किसानका लागि उन्नत विउ विजन कार्यक्रमले कार्यक्रम लागु भएपछि हाल सम्म कुल ३ सय ६७.९७ मेट्रिक टन उन्नत विउ उत्पादन गरेको छ । जसको कारण का
र्यक्रम लागु भएका जिल्लाहरु ीवउमा आत्मनिर्भर भएको प्र्रोग्राम म्यानेजर लक्ष्मण प्रसाद पौडेल बताउछन् । उनका अनुसार सन्२०१२ डिसेम्बर २ देखि सन् २०१९ डिसेम्बर ३१ सम्म कार्यक्रम लागू भएको हो । 
कार्यक्रममा हाल सम्म कुल ५ करोड ८७ लाख ९७ हजार रुपैयाँ पुजी किसानहरुलाई लगानी गरेको छ । साना किसान कृषि सहकारी संस्था गठन गरि किसानहरुलाई सहुलियत व्याजमा पुँजी लगानी गरेको जनाइएको छ । जसको लागि ३० वटा सना किसान कृषि सहकारी संस्था गठन गरिएको छ । 
३० वटा साना किसान कृषि सहकारी गठन गरिएकोमा  २७ वटा समुदायमा हस्तानान्तरण गरिएको छ । लुम्बिनी अञ्चलका २ जिल्ला गुल्मी र अर्घाखाँची र राप्ती अञ्चलका ४ जिल्लाहरु प्यूठान, रोल्पा, सल्यान र रुकुम गरी कुल ६ जिल्लामा किसानका लागि उन्नत विउ विजन कार्यक्रम लागु गरिएको छ । 
६ जिल्लामा कार्यक्षेत्र भएको किसानका लागि उन्नत विउ विजन कार्याक्रमको फिल्ड कार्यालय बुटवलमा रहेको छ ।   
नेपाल सरकार कृषि विकास मन्त्रालयको आयोजना रहेको उक्त कार्यक्रमको साना किसान बैंक, नेपाल कृषि सहकारी, हेफर ईन्टरनेशनल नेपालले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् । यस्तै विदेशी दातृ निकायको रुपमा ईफाड र  हेफर ईन्टरनेशनलेले कार्यक्रममा अनुदान र ऋण लगानी गरेका छन् । 
७ बर्षिय कार्यक्रमको लागि कुल ८४ करोड ६ लाख १४ हजार रुपैया  बजेट विनियोजन गरिएको छ । जसमा नेपाल सरकारको कुल ७ करोड ७४ लाख ९९ हजार लगानी रहेको छ भने बैदेशिक आईएनजिओले तर्फ ऋण कुल ४३ करोड ७ हजार र अनुदान ३३ करोड ३१ लख ८ हजार रहेको किसानका लागि उन्न्त विउ विजन कार्यक्रम बुटवलले जनाएको छ । 
आर्थिक बर्ष २०७२÷०७३ को तृतिय चौमासिक सम्म चालुगतर्फत कुल २८ करोड ६९ लाख १०  हजार ४ सय ७ रुपैयाँ खर्च गरिएको छ भने पुजिगत तर्फ ६४ करोड ६७ लाख ८ हजार ६ सय ६४ रुपैयाँ खर्च गरिएको छ । 
किसानका लागिउन्न्त विउ विजन कार्यक्रमले हाल सम्म ३४ वटा बाख्रामा कृतिम गर्भाधान गरेको छ भने पशुपालन सम्बन्धी ६१  वटा उपआयोजना सञ्चालन गरी ६८ वटा संग सम्झौता समेत गरिसकेको छ । अष्ट्रोलियाबाट ५९ वटा बोर वक र ३ हजार वोर सेक्स सेमन आयात गरी अर्घाखाँची जिल्लाको डिर्भना गाविस र गुल्मीको ग्वादी गाविसमा कार्यक्रम लागू गरिएको छ । 

कार्यक्रम प्रमुख लक्ष्मण पौडेल भन्छन्–‘आयात गरिएको वोयर बाख्रामा प्रयोग हुने परल १ करोड २२ लाख रुपैया बराबरको पशुधनविमा समेत गरेका छौं ।’
हाल सम्म  किसानका लागि उन्नत विउ विजन कार्यक्रमले कुल ८ सयस ५१.९६  मेट्रिक टन उन्न्त विउ उत्पादन गरेको छ । जुन विक्रिका लगि नीजि कम्पनीहरु संग सम्झौता समेत सम्पन्न गरिएको छ । यस्तै चालु आर्थिक बर्ष २०७३÷०७४ मा १ सय २ वटा उप आयोजनाहरु सम्झौता गरी १ सय ९४ वटा आयोजानहरु सुरु भएका छन् । कार्यक्रममाले हाल सम्म उत्पादन भएका कुल ३ सय ६७.९७ मेट्रिक टन विउ बजारीकरणको लागि तयारी अवस्थमा राखेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै