शौचालय बनाउन ‘राजनीतिक बखेडा’


११ हजार घरधुरीले खुल्ला ठाउँमा सौच
लुम्बिनी सास्कृतीक नगरपालिकामा सबैभन्दा कम शौचालय 
कृष्ण खनाल
बुटवल, २६ जेठ ।
 रुपन्देहीको दक्षिणी करौता गा.वि.स.का

१ हजार २ सय ८०  घर छन्  । जसमध्ये अहिले सम्म मात्र ५  सय ४८ वटा घरमा शैचालय छ । जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समितिले संयोजकत्वमा गाविस स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय सयमिति गठन गरिएको छ । जसको सह संयोजकमा स्थानिय राजनीतिक दलका प्रतिनिधि रहेका छन् । एउटा राजनीतिक दलका व्याक्तिको नियुक्त गरिएको भन्दै  अन्य राजनीतिक दलका व्याक्तिहरुले  शौचालय निर्माण गर्ने कुरामा समेत बखेडा झिक्दै आएका छन् । 
अन्य राजनीतिक दलका व्याक्तिहरुले“फलोना पार्टीको मान्छे सह संयोजक भयो, त्यसलाई जसरी भएपनि असफल बनाउनुपर्दछ भनेर नेताहहरुले लभिङ्ग गर्दै हिडेपछि झण्डै झडप समेत भएन’ विगत लामो  समय देखि खानेपानी तथा सरसफाईको क्षेत्रमा  क्रियाशिल खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय योगीकुटी बुटवलका ईन्जीनियर धुब्र धिताल भन्छन्–‘शौचालय बनाउने कुरामा पनि राजनीति हुने गरेको छ, जसको कारण खुल्ला दिशाम मुक्त गाविस घोषण गर्ने  अभियानमा के ही बाधा हुने गरेको छ, प्रहरी समेत लगाएर झगडा मिलाउनुपर्ने बाध्यता छ ।’ 
भारतसंग सिमाना जोडिएको करौता गाविसमा मात्र होईन रुपन्देहीका दक्षिण क्षेत्रका अधिकांस  गाविसमहरुमा शौचालय बनाउने कुरामा समेत राजनीतिक हुने गरेको कारण खुला  दिशा मुक्त बनाउने अभियानमाबाधा पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलको ईन्जीनियर धुब्र धितालको भनाई रहेको छ । ईन्जीयिर धिताल भन्छन्–‘एउटा पार्टीको सह संयोजक भयो भनेर अर्को पाटीका व्याक्तिहरुले शौचालय नै बनानाउने र उसलाई कसरी असफल बनाउने भन्नेतर्फ लागेको कारण कायौपटक प्रहरी र स्थानियको विचामा झडप समेत भयो ।’ अहिले उक्त गाविसका कुल घरधुरी आधा भन्दा बढिले सौचालय बनाएका छैनन् । गत चैत महिना सम्म उक्त गाविसमा ४२.८१ प्रतिशत घरमा मात्र सौचालय बनेको छ । उक्त गाविसमा राजनीतिक बखेडाको कारण नै अहिले सम्म शौचालय बन्न नसकेको  पाइएको छ । 
सन् २०१६को अन्त्य सम्म अर्थात वि.स.२०७३ मंसिर १५ गते भित्रमा रुपन्देही जिल्लालाई खुला दिशा मुक्त जिल्ला घोषण गर्ने कार्यक्रम तय गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीका प्राविधिक ईश्वरी प्रसाद आचार्यका अनुसार जिल्लाको अहिले सम्मको प्रगति करिव ९० प्रतिशत पुरा भएको छ । रुपन्देही जिल्लामा अहिले सम्म सबैभन्दा बढि सौचालय निर्माण नभएको गाविसको रुपमा विष्णुपुरा गाविस रहेको छ भने नगरपालिका लुम्बिनी सास्कृतीक नगरपालिका रहेको छ ।  विष्णु पुरा गाविसमा २४ सय ३० घरधुरी रहेकोमा  अझै करिव २ हजार घरमधुरीमा शौचालय निर्माण हुन बाँकी रहेको बताइएको छ । यस्तै लुम्बिनी सास्कृतीक नगरपालिकामा अझै २२ सय घरधुरीमा शौचालय निर्माण हुन बाँकी रहेको छ भने सिद्धार्थनगर नगरपालिकामा पनि अझै २५ सय घरधुरीमा सौचालय निर्माण हुन बाँकी रहेका छन् । 

उक्त नगरपालिकामा १२ हजार ४ सय ९७ घरधुरी रहेका छन् । बुटवल उपमहानरपालिकाम पनि अझै ८४ वटा घरमा शौचालय निर्माण भएको छैन । यद्यपी यहि  असार महिना भित्रमा खुला दिशा मुक्त उपमहानगरपालिका घोषण गर्ने योजना बनाइएको छ । अवको केही  दिनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका खुला दिशा मुक्त नगरपालिका घोषणा हुदै छ भने खडवा बनगाई, गोेहाना, सिलौटिया गाविसका सबै घरमा शौचालय निर्माण गरी खुला दिशा मुक्त गाविस घोषणा हुदै छन् । अहिले सम्म रुपन्देहीमा ३ वटा नगरपालिका १३ वटा क्षेत्र खुला दिशा मुक्त घोषण हुन बाँकी रहेका छन् । जिल्लाको दुई वटा नगरपालिकाहरु लुम्बिनी सास्कृतीक नगरपालिका र सिद्धार्थनगरनगरपालिका र १ वटा उप–महानगरपालिका सहित ८ वटा गाविस खुला दिशा मुक्त गाविस घोषण हुन बाँकी छन् । विष्णुपुरा, बोगडी, सक्रौनपकडी, बोधवार, सिपवा, बयरघाट, रायापुर, करौता गाविस अझै खुला दिशा मुक्त गाविस हुन सकेका छैनन् । आर्थिक बर्ष २०७१÷०७२ मा २६ वटा क्षेत्र खुला दिशा मुक्त क्षेत्र भएकोमा यस आर्थिक बर्षमा ४३ वटा क्षेत्र खुला दिशा मुक्त क्षेत्र घोषणा भएका छन् ।  
वि.स. २०६४ सालबाट रुपन्देहीमा खुला दिशा मुक्तको अभियान सुरुवात भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटी रुपन्देहीका प्रमुख शंकरमणी ज्ञवालीका अनुसार यो अभियान सम्पन्न गर्न एक्लो प्रयासले संभव  हुदैन । रुपन्देहीको खासगरी दक्षिणी गाविसहरुमा सबैभन्दा बढि समस्या रहेको छ । गाविसमा खुला दिशामुक्ति गाविस घोषणा गर्नको लागि सौचालय निर्माणको लागि चौतफी रुपमा समेत दबाब दिँदा समेत कठिनाई भएको उनको भनाई रहेको छ । उनी भन्छन–‘राजनीतिक रुपमा समेत दबाब दिँदा पनि सौचालय नबनाएपछि प्रहरी लगाएर जरिवाना समेत गर्नुपर्ने अवस्था आएको छ ।’
खला दिशामुक्त क्षेत्र घोषणको अन्तमी समयमा प्रहरी नै लगाएर सौचालय निर्माण गराउनुपर्ने अवस्था आएको डिभिजन कार्यालय रुपन्देहीको भनाई रहेको छ । अन्तीम अवस्थामा विभिन्न गाविसहरुले जरिवाना बापत करिव ५ दे खि १० हजार रुपैयाँ सम्म रकम संकलन गर्ने गरेको डिभिजन कार्यालयको भनाई रहेको छ । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका अनुसार जिल्लाको कुल ९५ प्रतिशत घरमा अहिले सम्म सौचालय निर्माण भएका छन् । अझै ५ प्रतिशत घरमा सौचालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । रुपन्देही जिल्लाको जनसंख्या जनगणा २०६८ अनुसार कुल १ लाख ६३ हजार ८ सय ३५ घरधुरी रहेका छन् । वि.स.२०६४ सालमा  खुला दिशा मुक्त अभियानको थालन हुँदा जिल्लामा ७५ हजार ७ सय ३६ घरधुरीमा सौचालय निर्माण भएको थिएन । यस्तै आर्थिक बर्ष २०६९÷७० मा कुल ७६ हजार १ सय १८ घर धुरीमा शौचालय निर्माण भएको तथ्यांकमा पाईन्छ । सो बर्ष कुल ६९ हज  ार ७ सय १७ घरमा शौाचालय निर्माण भएको छ । यस्तै वि.स.२०६८ देखि ७२ सम्म कुल कुल १ लाख ४४ हजार ८ यस घरमा शौचालय निर्माण गरिएको छ भने १९ हजार ३५ घरमा शौचालय नै छैन् । यस्तै  वि.स.२०७२ को चैत महिना सम्ममा   १६ हजार ६ सय १५ घरधुरीका मानिसहरुले शौचालय नै प्रयोग  नगर्ने गरेको पाइएको छ । भने १ लाख ४८ हजार १ सय ६१ घरमा शौचालय  निर्माण भएको छ ।  वि.स.२०७२ चैत महिना सम्ममा  कुल  ८ ९.९२ प्रशित घरमा शौचालय निर्माण भएको छ भने १०.०८ प्रशित घरमा अझै शौचालय निर्माण भएको छैन । 

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण् 
तस्वीरः तथ्यांकमा रुपन्देहीमा निर्माण गरिएको शौचालय विवरण
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती