बैशाखीको साहारामा ‘ईन्जीनियर’


कृष्ण खनाल
 बुटवल, २५ जेठ ।

 ‘जहाँ ईच्छा त्यहाँ उपाय’ भन्ने युक्तीलाई कपिलवस्तुका एक अपाङ्गता भएका व्याक्तिले पुष्टी गरेका छन् । अपाङ्गता भएकै कारण दुबै खुट्टामा बैशाखी प्रयोग गर्दै आएका बिफई प्रजापती(कोहार)ले बैशाखीकै सहारामा ईन्जीनियरिङ्ग शिक्षा अध्यायन पुरा गरेका छन् । जन्मजात नै अपाङ्गता रहेका उनले भारतको गोखरपुरमा रहेको एम एम ईन्जीनियरिङ्ग कलेजमा ५ बर्ष सम्म कम्प्युटर ईन्जीनियरमा ग्रेजुवेट गरेका छन् । 
पारिवारिक वातावरण सहज भएको कारण भारतको गोखरपुरमा होस्टेलमा बसेर  अध्यायन पुरा गरेका  कोहारले अहिले कफिलवस्तु जिल्लाको विजुवा–८मा स्टेप राईज ईग्लिस बोडिङ्ग स्कुलको प्रिन्सीपल बनेका छन् भने, प्रगतिशिल सहकारी संस्थाको सञ्चालक र कपिलवस्तुमा नै ग्रेजुवेट कम्प्युटर ईन्सीच्युट सञ्चालन गरेका छन् । केही दिन पहिला रुपन्देहीमा भएको एक कार्यक्रममा प्र्रशिक्षको रुपमा आएका कोहार भन्दैथिए–‘सानैमा राम्रो संग पढ्न पाए त्यहि भएर अहिले जिविको पार्जनको  लागि सकैको मुख  ताक्नु परेको छैन ।’
२०६८ सालमा स्थापना गरेको स्कुल मा अहिले ५ कक्षा सम्म पढाई हुदै आएको छ । ८ जना शिक्षक शिक्षिकाहरुलाई समेत त्यहि विद्यालयको आम्दानीबाट  तलब भत्ता वितरण गर्दै आएको उनी बताउछन् । आएस्सी(विज्ञान) विषयमा उत्र्तीण गरेका कोहारले प्रवेशिका परिक्षा(एसएलसी) छत्रपालीतिर्थदेवी मावि पकडीबाट उत्र्तीण गरेका थिए । 
अहिले विद्यालयबाट मासिक  ४० हजार, ईन्चष्युटबाट मासिक ४० हजार र सहकारीबाट बार्षिक २० हजार रुपैयाँ आम्दानी गर्दै आएको उनको भनाई रहेको छ । उनी भन्छन्–‘म जे चाहन्छु त्यो गरेर छोड्छु, पढाई प्रतिको लगाव सानै  देखि थियौं त्यहि भएर यो स्थान सम्म आए ।’ घर परिवारको सहयोगमा  सो ५ लाख को लागनीमा अर्थपक्की भवन निर्माण गरी विद्यालय सञ्चालन गरेका उनको विद्यालयमा अहिले  ३ सय ५० जना विद्यार्थीहरु अध्ययननरत रहेका छन् ।  उनले अपाङ्गता हुदै मा केही  कमी नहुने भन्दै पढाईलाई निरन्तरता दिई समाजका केही फरक काम गर्न सकेमा राम्रो हुने बताउछन् । 

२८ बर्षमा लागेका कोहारले निकट भविश्यमा विद्यालयको स्तर उन्नती गर्ने योजना अगाडी सारेका छन् । उनी थप्छन्–‘विद्यालयलाई अझ  परि स्कृत रुपमा अगाडी बढाउने गरी योजना बनाएको  छु ।’  अपाङ्गता हँुदैमा कोही कमजोर र अशक्षम नहुने भन्दै उनले मिहिनेतको साथ आफ्नो कार्य अगाडी बढाएमा जो कोही व्याक्ति पनि सफल हुने उनको धारणा रहेको छ ।
दुई पटक सम्म लोक सेवामा  लिखितमा नामा निकालेका उनी अन्तरवार्तामा फालिएपछि अहिले जागिर भन्दा पनि आफै उद्यम गर्नुपर्दछ भनेर  लागेको बताउछन् ।  
यता, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल ले कुनै पनि व्याक्ति अपाङ्गता हुदैमा अशक्षम नहुने भन्दै यसको लागि घरपरिवार, समाजबाट  सार्थक सहयोग अपरिहार्य भएको बताउछन् । कपिलवस्तु  जिल्लामा रहेको एक विद्यालयमा स्थायी शिक्षकको रुपमा रही अपाङ्गता क्षेत्रमा क्रियाशिल पोखरेल पनि शाररिक अपाङ्गता भएका व्यक्ति हुन । उनी भन्छन्–‘हामीलाई दया, मायाँ भन्दा पनि आवसरको आवश्यकता रहेको छ,  उचित अवसर पाउन सकेमा जो सुकै अपाङ्गता भएका व्याक्तिहरु पनि सक्षम हुन  सक्छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती