झण्डै डेड करोड लागतमा ‘एनिमल कर्नर’


कृष्ण खनाल
बुटवल, १०  असार । 
बुटवलको आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य बन्दै आएको मणिमुकुन्द शेन उद्यान (फुलबारी)मा रहेका चराचुरुङ्गी तथा जनावारहरु अव व्यवस्थीत हुने भएका छन् । उद्यानले पार्कमा घुम्ना आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै करिव डे
ड करोडको लागतमा एकै स्थानमा  चरचुरुङ्गी तथा जनवारहरु राख्ने (एनिमल कर्नर) निर्माणको कार्य अगाडी बढाएको हो ।
करिव १ करोड २५ लाख रुपैया लागतमा निर्माण हुन लागेको एनिमल कर्नरले अहिले भग्वाशेसको रुपमा रहेको मणिमुकुन्द शेनको दरवारलाई  दुई तिरबाट घर्ने छ । विभिन्न छुट्टा छुट्टै अवस्थामा रहेका जनावार तथा चरचुरुङ्गलाई एकिकृत स्थानमा व्यवस्थापन गर्ने गरी एनिमल कर्नरको निर्माण सुरु गर्न लागिएको   मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम प्रसाद लुईटेल बताउछन् । उनका अनुसार शुक्रवार सिलन्यास गरिएकोमा पहिलो चरणमा आधारभुत भौतिक संरचनाहरु निर्माण हुनेछन् । ‘अहिले पहिलो चरणमा करिव १५ देखि २० लाखमा फाउन्डेसन निर्माण गर्नेछौ, त्यसपछि दोस्रो चरणमा फलामबाट निर्माण हुने कार्य गर्ने छौ ’ । उनले भने । विगत ३–४ बर्षको लामो छलफलबाट एनिमल कर्नर निर्माण गर्ने कामको सुरुवात भएको उनको भनाई रहेको छ । 
मणिमुकुन्द शेन उद्योन समितिका संस्थापक अध्यक्ष तथा  बुटवल उपमहानरपालिका पुर्व मेयर भोजप्रसाद श्रेष्ठका अनुसार अहिले उक्त कर्नर  निर्माणको लागि ५० लाख रुपैयाँ विनियोजना भएको छ । उद्यानको  आन्तरिक सोतबाट करिव २० देखि २२ लाख  विनियोजना गरिने छ भने अन्य अपुग रकम जिल्ला विकास समिति, बुटवल उपमहानगर लगायतका स्थानियनिकायबाट संमन्वय गरेर अगाडी बढिनेछ ।
अहिले एकिकृत रुपमा जनावार तथा चरचुरुङ्गहरु नहेको कारण उद्यानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई अवलोकनको लागि समस्या भएको भन्दै यसको लागि सहज होस् भनेर कर्नर निर्माण गर्न लागिएको संस्थापक अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । उनी भन्छन्–‘यहाँ यस्तो प्रकृतिको एनिमल कर्नर स्थापना भएपछि फुलवारीमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई अवलोकनको लागि सहज हुनेछ ।’ उनले थपे–‘भोलिविहान प्रादेशिक सरकारको प्रमुख गहनाको रुपमा यस पार्कलाई विकास गर्नको लागि पनि अहिलेबाट नै पुर्वाधारको कामहरु निर्माण गर्नु जरुरी छ, सोही अनुसार यो कर्नर निर्माणको काम सुरु गरेका हौं  ।’
बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तथा मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका संरक्षक धुब्र बहादुर खड्काले मणिमुकन्द सेन उद्यान संगै ऐतिहासिक महत्व बोकेको जीतगढि किल्लाको पनि संरक्षण र प्रर्वद्धनमा कुनै कसुर बाँकी राख्न नहुने बताउछन् । उनी भन्छन्–‘फुलबारी र जीतगढिलाई जोडेर एकिकृत विकासको परिकल्पना गरी त्यसलाई सार्थकतान दिन आजैबाट लागौं, यसको लागि हामी पुरात्वीक विभाग संग छलफल अगाडी बढाउन तैयार छौं  ।’ उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई जीतगढी र फुलबारीमा समेत ल्याउन सकेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउछन् । 
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले विकास हुनु राम्रो भएको भन्दै ऐतिहासिक जीतगढि किल्लाको पनि विकासमा जोड दिर्नुपर्ने बताउछन् । उनी भन्छन्–‘जीतगढि र मणिमुकुन्द शेन उद्यान संग जोडर एकिकृत विकासको परिकल्पना गरौ, जसबाट धेरै राम्रो हुनेछ ।’पुरानो बटौली संरक्षण तथा प्रर्वद्धन समितिका अध्यक्ष रविन्द्र गोपाल  लाकौलले फुलबारीमा अन्र्तराष्ट्रिय स्तरको चिडिया खाना स्थापना गर्नुपर्ने बताउछन् । 
मणिमुकुन्द शेन उद्यान संरक्षण समितिले निकट भविश्यमा ने करिव पुरात्वीतक विभाग संघ संमन्वय गरेर पार्क परिषरमा करिव २ करोडको लागतमा  संघ्रालय स्थापना गर्ने योजना अगाडी बढाएको छ । यस्तै पार्क परिषरमा आधुनिक स्तरको शिवालय मन्दिर, अहिले भग्नावेसको रुपमा रहेको मणिमुकुन्द शेन राजाको दरबारको स्वरुप दिनेगरी छुट्टै स्थानमा दरवार निर्माण गर्ने योजना समेत अगाडी सारेको छ । जसको लागि भरतका रहेका केही धार्मिक स्वामिहरु संग कुरा भएको जनाइएको छ । यस्तै निकट भविश्यमा व्यवस्थीत स्वीमिङ्गपुल र पार्कमा पुर्ण कदको मणिमुकुन्द राजको शालिक समेत निर्माण गर्ने योजना अगाडी सारेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती