कुन विद्यालयको कस्तो नतिजा ?


रुपन्देहीमा ‘ई ग्रेड’मा सुन्य
‘ए प्लस’ मा ६ सय ३ जना 
              ‘वि प्लस’ मा सबैभन्दा बढि विद्यार्थी 
कृष्ण खनाल
बुटवल, २ असार ।  
एस्.एल्.सी्.को नतिजा सार्वजनिक भएको छ । रुपन्देही जिल्लामा ९५.६ प्रशित विद्यार्थीहरुले ‘डिप्लस’नतिजा ल्याएका छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ‘ए प्लस’ ६ सय ३ जना विद्यार्थी छन् ।  ‘ए ग्रेड’ ल्याएका १ हजार ७ सय ५३ जना विद्यार्थीहरु रहेका छन् । यस्तै ‘वि प्लस’मा २ हजार ५ सय १० जना,  वि ग्रेडमा मा २ हजार ४ सय ९८ जना, सि प्लसमा २ हजार २ सय ६३ जना, सि ग्रेडमा १ हजार ८ सय ८३, डि प्लसमा ७ सय ५ जना, डि ग्रेडमा ९३ जना  र ई ग्रेडमा विद्यार्थीहरु शुन्य रहेका छन् ।  रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाका अनुसार परिक्षामा सहभागी ९७ जना विद्यार्थीहरुको नतिजा रोकिएको छ । 
रुपन्देहीका सामुदायिक तथा तथा संस्थागत विद्यालयहरुले आफ्नो नतिजा बुटवल टुडेलाई आ–आफ्नो विद्यालयको नतिजाको बारेमा जानकारी गराएका छन् । 
बुटवलको अक्सफोर्ड उमाविबाट सहभागी कुल ९९ जना विद्यार्थीहरु मध्ये ए प्लसमा १७  जना, ए मा ४२ जना, वि प्लसमा ३५ जना, वि मा ५ जना उत्र्तीण भएको प्राचार्य दिनेश भुषालले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी विद्यार्थी अमृत पाण्डेले कुल ३.९५  जिपिए ल्याएका छन्  भने सन्तोष खनालले ३.९० ग्रेड प्राप्त  गरेको विद्यालयका प्राचार्य भुषालले जानकारी दिए । 
न्यु हाराईजन उमावि बुटवलमा सहभागी कुल ३ सय ४७ जना विद्यार्थीहरु मध्ये ६० जना ए प्लसमा, १२० जना ए मा , ९६ जना वि प्लसमा, ६१ जना वि र १० जना सि ग्रेड ल्याउन सफल भएको विद्यालयले जनाएको छ । उक्त विद्यालयबाट विवेक पन्थीले कुल ३.८५ ग्रेड अंक ल्याएका छन् । 
बुटवलको एभरेष्ट उमाविबाट सहभागी कुल १ सय ४२ जना विद्यार्थीहरु मध्ये १० जना ए प्लसमा, ३७ जना ए मा, ५३ जना वि प्लसमा, ३० जना वि मा र १२ जना सि प्लसमा उत्र्तीण भएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेका अनुसार विद्यार्थी सुधा गैरेले ३.८५ जिपिए ल्याएका छन् । 

बुुटवलको  सामुदायिक  विद्यालय कालिका उच्च माविबाट सहभागी विद्यार्थीहरु मध्ये ७ जनाले ए प्लस, ३८ जना विद्यार्थीहरुले ए ग्रेड, ४९ जनाले वि प्लस, ६६ जनाले वि र १ जनाले सि ग्रेड ल्याएका छन् । विद्यालयकी सह प्राचार्य डम्बर कुमारी पुनका अनुसार ५ जना विद्यार्थीहरु  विपना गैरे, प्रतिमा बस्याल, माधव पौडेल, जिवन खवास र विक्रम केसीले समान ३.७४ जिपीए ल्याएका छन् । विद्यालयका प्लस टु संयोजक दिनेश थापाका अनुसार ३ जना विद्यार्थीहरुको प्रयोगात्मक परिक्षाको अंक छुटेको छ । 
प्यारामाउण्ड उच्च माविबाट सहभागी १ सय ८३ जना विद्यार्थीहरु मध्ये ६० जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् । उक्त विद्यालयबाट ५ जना विद्यार्थीहरुले ३.८५ ग्रेड ल्याएका छन् । विद्यार्थीहरु लिङ्जा पाईजा, अर्चना घिमिरे, आविश भुषाल, जीवन भण्डारी र सन्देश पाण्डेले समान ३.८५ ग्रेड प्राप्त गरेको विद्यालयका प्राचार्य दामोदर भुषाल ले जानकारी दिए । उनका अनुसार अन्य सबै ए र वि प्लसमा उत्र्तीण भएका छन् । 
बुटवलको तिनाउ ईग्लिस बोडिङ्ग उमाविबाट सहभागी सबै ८२ जना विद्यार्थीहरु मध्ये ए प्लस १५ जना, ए ग्रेडमा ३३ जना, वि प्लस ग्रेडमा ३१ जना, वि ३ जना विद्यार्थी उत्र्तीण भएको पीन्सीपल सिता पाण्डेले जानकारी दिईन् । उक्त विद्यालयबाट  मेरी थापा र श्रीधर भुषाल ३.८ ग्रेड ल्याएका छन् । 
सिद्धार्थ ईग्लीस बोर्डिङ्ग  स्कुल तिलोत्तमाबाट सहभागी कुल १ सय २५ जना विद्यार्थीहरु मध्ये ५ जना विद्यार्थीहरु सुमन भट्राई, सृष्टि  थापा, अमृत पाण्डे, सार्जन भट्राई, क्षितिज खनालले समान ३.८५ ग्रेड प्राप्त गरेका छन् । उक्त विद्यालयबाट ३७  जनाले ए प्लस, ४८  जनाले ए, २८ जनाले वि प्लस र अन्य बाँकीले वि ग्रेडमा उत्तीए भएको विद्यालयका प्रीन्सीपल बाबुराम खनाले जानकारी दिए । 
प्रभात उमावि मुर्गियाबाट कुल १ सय २० जना विद्यार्थीहरु मध्ये ३.६ भन्दा बढि ल्याउने ३० जना, ३.६ ग्रेड ल्याउने ५ जना, ३.२ भन्दा माथि ल्याउने ३० जना र अन्य सबै वि  प्लस र वि ग्रेडमा उत्र्तीण भएको  प्राचार्य अनन्तराम शर्माले जानकारी दिए । 
बुटवलको क्यानन् उमाविबाट सहभाग ि४९ जना विद्यार्थीहरु मध्ये विद्यार्थी कृष्ण ज्ञवालीले ३.८ ग्रेड ल्याएका छन् भने ए प्लसमा ४ जना, ए मा २२ जना, वि  प्लसमा २२ जना र वि ग्रेडमा १ जना विद्यार्थी उत्र्तीण भएको प्राचार्य थानेश्वर पौडेलले जानकारी दिए । 
तिलोत्तमा ५ ड्राईभरटोलको डन चिल्ड्रेन  बोर्डिङ्ग स्कुलबाट सहभागी कुल ४३ जना विद्यार्थीहरु मध्ये ए प्लसमा ७ जना, ए मा १७ जना,  वि प्लसमा १८ जना र वि मा ८ जनाले ग्रेड ल्याएका छन् । उक्त विद्यालयका सुमन खनालले ३.८ ग्रेड प्राप्त गरेको प्रीन्सीपल कृष्ण प्रसाद खनालले जानकारी दिए । 
शंकरनरमा रहेको एपेक्स स्कुलबाट सहभागी ६५ जना विद्यार्थीहरु मध्ये १० जना ए प्लसमा, २५ जना ए मा, १८ जना वि प्लसमा र १२ जना डि ग्रेडमा उत्र्तीण भएको भ्वाईस पिन्सीपल चन्द्र अधिकारीले जानकारी दिए । उक्त विद्यालयबाट सहभागी सुरक्षा अर्यालले ३.७५  ग्रेड ल्याएक िछिन् । 
स्कलर्स होम ईग्लिस बोर्डिङ्ग स्कुलबाट सहभागी कुल ३९ जना विद्यार्थीहरु मध्ये ५ जना ए प्लस, १२ जना ए, १२ जना वि प्लस र बाँकी १३ जना सि प्लस ग्रेडमा उत्र्तीण भएको प्रीन्सीपल जयप्रकाश भट्राईले जानकारी दिए । उक्त विद्यालयबाट प्रियंका तुलाचनले ३.६५ ग्रेड अंक ल्याएकी छिन् । 
रोजवर्ड  एकेडमीबाट सहभागी विद्यार्थीहरु १८ जनामा ९ जना ए प्लसमा र अन्य ९ जना ए र वि प्लसमा रहेका छन् । विद्यालयबाट प्रवेश भण्डारीले ३.९०९ ग्रेड प्राप्त गरेका छन् । 
न्यु नमुना ईग्लिस बोर्डिङ्ग स्कुलबाट  सहभागी ३७ जना मध्ये ५  जना ए प्लस, १२ जना ए, १६ जना वि प्लस र ४ जना वि ग्रेडमा उत्र्तीण भएका छन् । उक्त  विद्यालयबाट सहभागी जेनीकुुसुम ढुङ्गानाले ३.७० ग्रेड प्राप्त गरेको विद्यालयका शिक्षक यम थापाले जानकारी दिए । 
एम्स उमावि बुटवलबाट सहभागी कुल २२ जना विद्यार्थीहरु मध्ये ४ जनाले ए प्लस, ९ जनाले ए र बाँकी सबैले वि प्लस ग्रेड ल्याएको एम्स कलेजमा प्रमुख दिपक ढकालले जानकारी  दिए । उक्त विद्यालयबाट सहभागी प्रवेश पाण्डेले ३.८ ग्रेड प्राप्त गरेका छन् । 
ईन्भाईरमेन्ट उच्च मावि मणिग्रामबाट सहभागी कुल ११९ जना विद्यार्थीहरु मध्ये १५ जना ए प्लसमा, ४२ जना ए मा, ३२ जना वि प्लसमा र ३० जनाले वि ग्रेडमा उत्र्तीण भएका छन् । उक्त विद्यालयबाट विशाल बस्याल र सार्थक गौतमले  समान ३.९०  ग्रेड प्राप्त गरेको विद्यालयका  प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिए ।
दुर्गा शैक्षिक गृहबाट सहभाग िकुल ५९ जना विद्यार्थीहरु मध्ये ए प्लसमा ७ जना, ८ जनाले ए मा, २६ जना वि प्लसमा , १५ जना विमा र ३ जना सि प्लस  ग्रेडमा पास भएका छन् । उक्त विद्यालयबाट सन्दीप कुँवर, शुसिल ढकाल ले समान ३.७५ ग्रेड अंक ल्याएका छन् ।
होराईजन जिविएसबाट कुल सहभागी ४३ जना मध्ये ए प्लसमा १० जना, ए मा १५ जना, वि प्लसमा १४ जना र डि मा ४ जना रहेका छन् । विद्यालयका पीन्सीपल जीवनाथ भण्डारी अनुसार सुमन भण्डारीले ३.९० ग्रेड  प्राप्त गरेका छन् । 
सिद्धि चिल्डेन्स बोर्डिङ्ग स्कुलबाट  सहभागी सबै विद्यार्थीहरुबाट ए प्लसमा ४ जना विद्यार्थी उत्र्तीण भएका छन् । विद्यालयका रवि कानुले ३.८ ग्रेड प्राप्त गरेको विद्यालयका संस्थापक पिन्सीपल राजु गुरुङ्गले  जानकारी दिए । 
ड्रिम भिजन स्कुल अफ फर्साटिकरबाट सहभागी कुल २८ जना मध्ये १० जना ए प्लसमा १० जना ए मा , ६ जना वि प्लस र २ जनाले वि ग्रेड ल्याएको प्रीन्सीपल चुरामडी डुम्रेले जानकारी  दिए । लुम्बिनी बोडिङ्ग स्कुल बुटवलबाट ३१  बिद्यार्थी भध्ये ७ जना ए प्लस, १२ जना ए, ९ जना बि प्लस, र ३ जना बि ग्रेडमा उर्तिण भयको बिद्यालयका प्रचार्य लालहरी पाण्डेले जानकारी दिए । 
बुटवलको साईनिङ्ग स्टार ईग्लीस बोर्डिङ्ग स्कुलबाट ६ जना ए प्लसमा, १३ जना एमा, ५ जना वि प्लसमा र १ जना सि प्लसमा उत्र्तीण भएका छन् । विद्यालयका पिन्सीपल रुकमांगत गैरेका अनुसार  विद्यार्थी अरुण गैरेले  ३.९ ग्रेड प्राप्त गरेका छन् । 
सैनामैना मेमोरियल ईग्लिस बोर्डिङ्ग उमावि सैनामैनाबाट कुल २७ जना विद्यार्थीहरु सहभागी भएकोमा ए प्लस ४ जना,  ए १२, वि प्लस ५ , वि ५ र सि ग्रेडमा १ जना उत्र्तीण भएका छन् । विद्यालयका प्रीन्सीपल जे.वि क्षेत्रका अनुसार विद्यार्थी  विजय पन्थी ३.८५ ग्रेड प्राप्त गरेका छन् । यसैविच, बुटवलको सामुदायिक विद्यालय कान्ती उच्च मावि, देवीनगरको नविन औद्योगीक कदर बहादुर रिता उच्च मा वि र   शान्ती उच्च माविबाट पनि   विद्यार्थीहरुले उत्कृष्ठ नतिजा हासिल गरेका छन् । 
सगरमाथा आवासिय उच्च मावि देवदहबाट ५९ वजा  विद्यार्थीहरुमा ३ जना ए प्लस, १५ जना ए र बाँकी ४१ जना वि प्लसमा उत्र्तीण भएको प्राचार्य कृष्ण पौडेले जानकारी दिए । विद्यालयबाट प्रशन्नमान महर्जनले ३.७५ पिजिए  ल्याएका छन् । बुद्ध दिप ईग्लिस बोर्डिङ्ग स्कुलबाट प्रवेशिका परीक्षा — २०७२ मा सहभागी ३२ जना सवद्यार्थीहरु मध्ये ५ जना ए प्लस,   ११ जना ए,  १२ जना वि प्लस,  र ४ जना वि  ग्रेड प्राप्त गरेका छन् । 
नीजि विद्यालयहरु तर्फ युनिक होम्स उमावि, न्यु ईरा उमावि भैरहवा, पल ईन्टरनृेशनल स्कुल करहिया,  स्मृती बोडिङ्गस्कुल संकरनगर, बुटवल ईलिट उमावि, न्यु पाईनउड बोर्डिङ्ग उमावि, क्याम्ब्रीज ईग्लिस बोर्डिङ्ग  स्कुल, ग्लोरी ईंलिस बोडिङ्ग स्कुल, मुनाल ई .बो स्कुल, न्यु एकेडमी, देवदह बुद्ध पब्लिक, सहिद स्मारक,  समिट, देवदह बोडिङ्ग उच्च माविका विद्यार्थीहरुले समेत उत्कृष्ठनतिजा हासिल गरेका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती