धानखेती भन्दा माछामा १० गुण बढि आम्दानी


कृष्ण खनाल 
बुटवल, ५ असार । 
रुपन्देहीको दयानगर गाविसमा नै साढे ५ विघा क्षेत्रफलमा माछा पाल्दै आएका विन्दुलाल श्रेष्ठले केही बर्ष पहिला खेतमा धान खेती गर्दै आएका थिए । केही बर्ष देखि उनले धान खेती मासेर माछा पोखरी निर्माण गरेका छन् । एक सिजनमा मात्रै धान खेती र अन्य समयममा तरकारी  खेती गर्दै आएका उनले केही समय ब्रोईलर कुखुरा समेत पालेका उनले अहिले सबै खेतमा माछा पोखरी निर्माण गरी माछा पाल्दै आएका छन् । उनी भन्छन्–‘धान खेती भन्दा माछाबाट १० गुणा बढि आम्दानी हुने गरेको छ ।’ प्याक्टको सहयोगमा माछाको दाना उत्पादन गर्ने उद्योग समेत स्थापना गर्ने तरखरमा गरेका श्रेष्ठ भन्छन्–‘छपिया, माछाको लागि विशेष क्षेत्र भएको कारणले पनि यस तर्फ मोडिएको हुँ ।’ 
उच्च क्वालीटिको दाना प्रयोग गर्दा माछाको वृद्धि विकास समेत छिटो हुने भन्दै उनले कमसल प्रकृतिको दाना प्रयोग कर्दा पानी प्रदुशित भएर पनि कहिलेकाही समस्या आउने भन्दै कमसल प्रकृतिको दाना प्रयोग नर्गनसमेत आग्रह गर्दछन् । नयाँ पङ्गसियर जातको माछा पालन गरेका उनले अन्य  माछा भन्दा कयौ गुणा छिटो वृद्धि विकास हुने प्रकृतिको जात भएको बताउँछन् । ५४ हजार माछाको भुरा पोखरीमा छोडेका  उनले अन्य कार्भ जातका विभिन्न माछाहरु समेत पालेका छन् । 
उनी मात्र होईन्, रुपन्देहीको दयानगर गाविस–९ सिद्धवारकी तारा पाण्डेले ३ विघा क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पाल्दै आएकी छिन् । तिन विघा क्षेत्रफलमा उनले ६ वटा पोखरी निर्माण भाडामा लिएर सञ्चालन गरेकी छिन् भने २ वटा पोखरी र एउटा ह्याचरी आफ्नै  नीजि जग्गामा निर्माण गरेकी छिन् । केही बर्ष पहिला  धान खेती गर्ने पोखरीको रुपमा रहेको उनले धान खेती मासेर  माछा पोखरी निर्माण गरेकी हुन । 
उनले भनिन्–‘माछाबाट नै कयौ गुणा आम्दानी हनु भएको कारण, धान खेती छोडेर यसैमा लागेकी छु ।’ कायौं पटक जिल्ला कृषि विकास कार्यालय बाट पनि पुरस्कृत भैसकेकी उनले मिहिनेत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने धारणा राख्छीन् । माछा पोखरीको डिलमा तरकारी खेती समेत गर्दै आएकी उनले तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्दै आएको जानकारी दिईन् । 
मत्स्य उत्पादक कृषक संघका जिल्ला अध्यक्ष रहेका पुन्यलाल चौधरीले रुपन्देहीमा माछा पाल्ने किसानहरु  विस्तारै बढ्दै गएको बताउछन् । माछाबाट अन्य भन्दा  राम्रो आम्दानी भएको कारणले पनि किसानहरु आर्कषित भएको उनको भनाई रहेको छ । उनी भन्छन्–‘माछापालनको लागि रुपन्देही संभावना बोकेको जिल्ला हो, पछिल्लो समयमा धान खेती मासेर माछा पालन तर्फकिसानहरु आर्कषित हुदै गएका छन् । ’

जिल्ला  कृषि विकास कार्यालय रुपन्देहीका  मत्स्य विकास अधिकृत रमेश जैसवालका अनुसार रुपन्देहीमा रुपन्देहीको १ सय ५० हेक्टर क्षेत्रफल माछाको लागि विशेष पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम तय गरेर अगाडी बढाएएको छ । उनी भन्छन्–‘माछाको उपभोग गर्ने क्रम पनि विस्तारै बढ्दै गएको छ, हामी रुपन्देहीले माछाको आयात विस्तापित गर्ने गरी अभियान अगाडी बढाएको छौ ।’ 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देही जिल्लामा कुल जलाशय क्षेत्रफल ९ सय ३५ हेक्टर रहेकोमा पोखरी जलाशय क्षेत्रफल ८ सय ९ हेक्टर मा किसानहरुले माछा पालन गर्दै आएका छन् । 
रुपन्देहीमा प्राकृतिक घोल÷ताल जलाशय क्षेत्रफल  १ सय २६ हेक्टर रहेको छ भने जिल्लामा २ हजार १ सय ४ ले  किसानले व्यवसायीक रुपमा माछा पाल्दै आएका छन्  । रुपन्देहीमा कुल पोखरी संख्या ३ हजार ७ सय ८० वटा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपी पछिल्लो समयमा भने केही संख्या बढेको छ । 
बार्षिक रुपमा ४ हजार २ सय ५ मेट्रिक टन माछा उत्पादन हुदै आएको जिल्लाको उत्पादकत्व  ४.८७ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा भन्छन्–‘रुपन्देही जिल्ला खाने माछा र मत्स्य बीज उत्पादनमा आत्मनिर्भर बनेको छ ।’ जिल्लामा प्रति व्यक्ति प्रति बर्ष माछा खपत ४.७५ किलोग्राम हुदै आएको जनाइएको छ ।  
रुपन्देही जिल्लामा मत्स्यपालनको संस्थागत र नीजि गरी दुई प्रकृतिले माछाको व्यवसायीकरण हुदै गएको छ । जसको लागि जिल्लामा एक वटा मत्स्य व्यवसायी संघ समेत गठन गरिएको छ भने एउटा मत्स्य सहकारी संस्था समेत दर्ता गरी  आफ्नो  काम किसानहरुले अगाडी बढाइरहेका छन् । यसको अलवा किसानहरुले ५७ वटा ‘मत्स्य पालक कृषक समुह’ समेत गठन गरि व्यवजसायीक रुपमा माछा पाल्दै आएका छन् । माछाको भुरा उत्पादनको लागि समेत रुपन्देहीमा ७ वटा स्रोत केन्द्र (मत्सय ह्याचरी)स्थापना भएका छन् । जसमा एउटा सरकारी क्षेत्रबाट सञ्चालित छ भने ६ वटा नीजी स्तरबाट सञ्चालित छन् । जिल्लामा  मत्स्य नर्सरीहरु १६ वटा रहेको जिल्ला कृषि विकास कार्यालयले  जनाएको छ । पछिल्लो समयमा ताजा माछा स्वादिलो हुनेभएकोले जिल्लामा जिउदो माछा पसल समेत सञ्चालन हुने क्रम बढ्दै गएको छ । उपभोक्ताहरुको रोजाईमा ताजा जिउदो माछा पर्ने भएको कारणले पनि व्यवसायीहरुले यसतर्फ आफ्नो लगानी बढाउदै गएका छन् । जिल्ला कृषि विकास कार्यालयमा आधिकारिक रुपमा दर्ता भएर रुपन्देहीमा १५ वटा जिउदो माछा पसल सञ्चालनमा आएका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती