अर्घाखाँचीका गाविस सचिव ‘भेट्याउनै मुस्कील’

कृष्ण खनाल
सन्धीखर्क(अर्घाखाँची),२६ जेठ । 
 दाङ्ग जिल्लाको घोराहीबाट आफ्नो छोराको नागरिकत्ता बनाउनको लागि अर्घाखाँची जिल्लाको पश्चिम ढाकावाङ्ग गाविसमा आएका शिव प्रसाद खनालले कम्ती दुःख पाएनन् । दाङ्ग जिल्लामा अस्थायी बसोबास गर्दै आएका उनले अहिले कक्षा १२ को परिक्षा दिएर बसेको आफ्ना छोराको नागरिकता बनाउनको लागि ढाकावाङ्ग गाविसमा आएका थिए ।
 गाविसमा पुगेका उनले त्यहा गाविस सचिव हिम बहादुर भाटलाई भेटाउनन् सकेन्न । उनी सदरमुकाममा छन् भन्ने खबर पाएर सन्धीखर्क आएका उनले करिव ५ दिन सम्म होटलको बास बसेपछि मात्रै सचिवलाई फेला पार्न सफल भए । विहिवार सन्धीखर्क टुडीखेल नजिकै रहेको लबकुस होटलमा भेटिएका उनी भन्दै थिए–‘ पाँच(५) दिन सम्म  सचिव खोज्दा खोज्दै बल्ल आज फेला पारे । ’ सचिव भाटले कहिले बाबुको पेन्सन बुझ्न तम्घास गएको छु, त कहिले गाउ गरेको  छु भन्दै टारेको उनको  गुनासो छ ।
 ‘म यति दिन सम्म भ्याउन्न, यो दिनमा आउनुस् भनेको भएपनि हुन्थयो, तर पाँच दिन सम्म ल ल म आईहाले भन्दै होटलमा बस्न   भने ।’– उनले गुनासो पोखे । सचिव भाटले सेवा ग्राही खनालले पटक पटक फोन गरेको भन्दै अस्लील शब्ल प्रयोग गरेर गाली गलौच गरेको समेत  सञ्चारकर्मीलाई दुखेसको गरे  । ‘कहिले यहाँछु भन्छन्, कहिले  त्यहाँ छु भन्छन्, कतिखेर आउनुहुन्छ भन्दै करिव ५०० पटक फोन गरे हुँला तर आएनन्, उल्टै भन्न नमिल्ने शब्द प्रयोग गरेर गाली गरे ।’ उनले भने ।  समाचार स्रोतका अनुसार महिनामा दुई÷तिन पटक मात्र गाउ(ढाकावाङ्गगाविस)मा पुग्ने भाटले पटक पटक सेवा ग्राहीहरुलाई यसरी नै दुःख दिने गरेको पाइएको छ । फोन गरेर ल तरुन्तै आईहाले भन्दै २÷३ दिन सम्म कुराउने गरेको र गाविसमा समेत नजाने गरेको स्थानिय एक सेवा ग्राहीले बुटवल टुडेलाई जानकारी दिए । 
सचिव भाट मात्र होईन,  विहिवार आर्घातोष गाविसबाट  गाविस सचिव खोज्दै सदरमुकाम आएकी सेवा ग्राही पार्वती श्रेष्ठले पनि आफु हैरान परेको बताईन् । गाउमा सचिव बालकृष्ण पाण्डे नभेटेपछि सदरमुकाम आफ्नो नातीको नागरिकता बनाउन आएकी वयोवृद्ध श्रेष्ठ भन्दै थिईन्–‘गाउँमा नभेटेपछि यहाँ भेटिन्छन् रे भनेर आएको तर खै यहाँ पानि पाईन्, फोन गरेको आउछु ता भनेका छन्, कुन्नी ।’ अर्घातोष गाविस र भगवती गाविस गरी दुई वटा गाविसको जिम्मेबारी सम्हालेका सचिव पाण्डेपनि गाउमा मुस्कीलै मात्र जाने गरेको उनको  सेवाग्राहीको भनाई रहेको छ । दुई वटा गाविसको जिम्मेबारी लिएकै कारणपनि समय दिन नसकेको कतिपय सेवा ग्राहीहरुको भनाई रहेको छ । 
गाउमा  सामाजिक सुरक्षाको भत्ता वितरण गर्ने र गाउ परिषद्को बेलामा बाहेक अन्य बेला अघाँखाची जिल्लाका अधिकांस गाविस सचिवहरु आफ्नो तोकिएको गाविसमा बस्ने गरेको पाईदैन । यो उनीहरुको पुरानो रोग हो । सरकारी सेवा सुविधा उपयोग गरेपछि गाउमा हुने विभिन्न कार्ययोजनामा सहभागीहुने स्थानिय स्तरबाट नै सेवा ग्राहीहरुको काम गर्नुको सट्टा अधिकांस  गाविस सचिवहरु सदरमुकाम केन्द्रीत हुने गरेका छन् । अर्घाखाँचीमा २७ जना गाविस सचिवहरु रहेका छन् । गाविसको संख्या ३५ वटा रहेका छन् ।
 सन्धीखर्कनगरपालिक निर्माण हुन भन्दा पहिला ४२ वटा गाविस रहेको  अर्घाखाँची जिल्लामा ७ वटा गाविस गाभिएका हुन । अधिकांस समय सदरमुकाममा बस्ने  गाविस सचिवहरुले सदरमुकाममा नै  एउटा डेरा खोजेर बस्ने गरेको पाईन्छ ।
 गाउँमा कहिलेकाही जाँदा होटल वा कुनैको मा बसोबास गर्ने उनीहरु प्रायः सबैको सदरमुकाममा डेरा रहेको छ, भने कतिपय धनाढ्य गाविस सचिवहरु भने होटलमा बस्ने गरेको पाईन्छ । सेवाको लागि आउने सेवा ग्राहीलाई  आफु बस्दै आएको होटलमा बस्न लगाई, दुई तिन दिन पछि बल्ल काम गरिदिएर होटलबाट समेत कमिसन लिने गरेको समेत पाइएको एक सेवा ग्राहीले सञ्चार कर्मीलाई बताए ।  उनले भने–‘होटल त्यतिराम्रो चलेको हुदैन, अलि टाढाबाट आएका सेवा ग्राहीलाई त्यहि बस्नु भन्छन्, अनि आफ कता हो कता गाएव भएपछि, दुई तिन दिन मा आएर बल्ल काम फत्ते गरी, उल्टै होटलबाट कमिसन समेत लिन्छन् ।’

कतिपय आफुलाई हट्टा कट्टा ठान्ने गाविस सचिवहरुले दुई÷चार जना सेवा ग्राहीहरुलाई होटलमा बास बसाल्न र खानाखुवाएको भन्दै आफुले होटलमा बसको र खाएको भाडा समेत नतिर्ने गरेको पाइएको छ । 
यता, गाविस हकहित संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष रुकेन्द्र पालुङ्गले गाविसमा सचिव नभेटिने भन्ने कुरा कहिलेकाही मात्र हुने गरेको दावि गर्छन् । उनले अर्घाखाँचीमा गाविसको संख्या बढि भएको   कारण समस्या भएको बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘केही गाविसमा समस्या छ, एउटै सचिवले दुई वटा गाविस हेर्नुपर्दा पनि समस्या आएको हो  ।’ उनले अहिले गाविस सचिवहरु पटक पटक तालिम, मिटिङ्ग, गोष्ठी तथा सेमिनार लगायतमा सहभागी हुनुपर्ने भएको कारणले पनि केही समस्या भएको हुन सक्ने बताए ।
अर्घाखाँची जिल्लामा दुई÷दुई वटा गाविस सचिवको जिम्मेवारी पाएका गाविस सचिवमा चिरन्जीवि अधिकारी हुन । उनले नुवाकोट र सर्वणखाल  गाविसको जिम्मेबारी सम्हालेका छन् । त्यस्तै धर्मराज भुषालले गोखुङ्गा र बाँगी गाविसको जिम्मेबारी लिएका छन् भने बालकृष्ण पाण्डेले भगवती र अर्घातोष गाविसको जिम्मेबारी सम्हालेका छन् । यस्तै गाविस हक हित संरक्षण मञ्चका अध्यक्ष समेत रहेका रुकेन्द्र पालुङ्गेले धनचौर र ढिकुरा गाविस, पुष्करनाथ आचार्यले ठुलापोखरा  र छत्रगंञ्ज गाविस, मदन बेल्बासेले असुरकोट गाविस र खिल्जी गाविस,   रमेश न्यौपानले धातिवाङ्ग गाविस र अड्गुरी गाविस, तुलसीराम पोखरेलले पोखराथोक गाविस र खिदिम गाविसको जिम्मेबारी सम्हालेका छन् । 
यता, अर्घाखाँची जिल्लाका स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डेय गौतमले सरकारी सेवा सुविधा लिएको व्यक्तिले सेवाग्राहीहरुको काममा आलटाल गर्न नहुने बताउदै गाउ नजाने र सेवा ग्राहीहरुको काम नगर्ने सचिवलाई कारवाही हुने बताईन् । उनले  भनिन–‘गाविसमा सेवाग्राहीहरुको काम गर्नको लागि भनेर नियुक्ति गरिएका सचिवले सेवा ग्राहीरुको काममा आलटाल गर्न पाईदैन ।’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै