अर्घाखाँचीका बसमा सधैं लोक दोहोरी

lok dohari कृष्ण खनाल

जेठ २२, बुटवल ।

गत शनिवार बुटवलबाट अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कको लागि हिडेको लु २ ख७६८३ नम्बरको बसमा हिन्दी गित बजेपछि एक जना यात्रुले भने–‘अर्घाखाँचीको गाडीमा पनि हिन्दी गीत ।’

यतिभनेपछि गाडीका सहचालकले भने–‘साथीसंग पेनड्राईभ साटेको हिन्दी गीतको पो परेछ, कसैसंग
http://sajhasabal.com/rupandehi/news/gfsgghh/
लोक दोहोरी गीत भएको मेमोरी वा पेनड्राईभ छ भने पाउ है ।’ ठाडा पुगेपछि केही दिन पहिला आफुले दिएको पेन ड्राईभ सह चालकले ट्रक डाईभर संग मागे र गाडीमा गीत बजाए ।
सिमिसिम पानी परेको, त्यहि पानीमा रुजेको …
खैत सानु तिम्ले मेरो मनको कुरा बुझेको,
आज यतै बसम्, आज यतै बस्म पिरतीले बेरम्लाई फिलीम हेरम्ला …..
यो गीत बजेपछि यात्रु मध्येका एक जनाले भने –‘लौ है बल्ल अर्घाखाँची आए जस्तो भो ।’ उनी जस्तै लोक दोहोरी गीत र अर्घाखाँचीको यात्रा प्रायबाची जस्तै बन्ने गरेको छ । कोही नयाँ व्याक्ति अर्घाखाँचीको यात्रा गर्दछ भने प्रयः सबै जसो गाडीहरु जीप, बस, हाईस्मा लोक दोहोरी गीत नै बज्ने गरेका छन् । यसलाई अर्घाखाँचीको विशेषताको रुपमा लिन सकिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी वि.सी. बताउँछन् ।
उनी भन्छन्–‘अर्घाखाँचीका सबैजसो गाउमा चल्ने जीप, बस तथा अन्य नीजि सवारी साधानहरुमा लोकदोहोरी गीत नै बज्ने गरेका छन् ।’ उनले नेपाली समाजले जतिसुकै आधुनिक मोड लिएको भनेर दावि गरिएपनि लोक दोहोरीमा अर्घखाँचीको पहिचान नै भएको उनको तर्क रहेको छ ।
अर्घाखाँची जिल्लामा विगत लामो समय देखि पत्रकारितामा समेत क्रियाशिल रहेका विसी अघिल्लो कार्यकालमा समेत लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा रहेर काम गरेका छन् । अघिल्लो ३ बर्षको कार्यकालमा लोक तथा दोहोरी गीत क्षेत्रमा भएको विभिन्न विकृतीहरुको निराकरणमा लागेको भन्दै उनले अवको ३ बर्षीय कार्याकालमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल व्याक्तिहरुलाई एकतावद्ध गराउनुको साथै पुराना लोक सस्कृतीको जर्गेनाका लागि विशेष पहल गर्ने योजना बनाइएको जानकारी दिए ।
पश्चिम नेपाल बस व्यवसायी संघ अन्र्तगत अहिले आधा–आधा घण्टामा अर्घाखाँचीको लागि बस छुट्ने गर्दछ भने करिव एक घण्टाको अन्तरालमा देउराली यातायात व्यवसायी समितिद्वारा सञ्जालित जीप र हाईस छुट्ने गर्दछन् । ति सबै जसो यातायातका साधानहरुमा लोक दोहोरी गीतनै बज्ने गरेको यात्रुहरु बताउछन् ।
नेपालमा सबैभन्दा बढि लोकदोहोरीको लागि प्रख्यात कमाएको जिल्ला स्याङ्जालाई लिईन्छ, स्याङ्जापछि पाल्पा, गुल्मी र अर्घाखाँची पनि लोक दोहारी क्षेत्रमा पहिचान बनाएको जिल्ला हो । अर्घाखाँची जिल्ला लोक दोहोरीको क्षेत्रमा राष्ट्रिय स्तरमा नै चर्चा बटुल्न सफल भएका कलाकारहरु पनि रहेका छन् । अहिलेकी चर्चित लोक दोहोरी गायीका सम्झना लामिछाने मगर, जमुना सनम, जीवन परियार, कुशल बेल्बासे, कमल सौगात, खुम घिमिरे, मधुसुदन बन्जाडे शान्ता परियार लगायतका कलाकारहरु रहेका छन् ।
यस्तै कल्पना श्रीपाल, सुनिता परियार, बसन्त परियार, बसन्त लम्साल समेत कला क्षेत्रमा अर्घखाँचीमा जन्मीएर क्रियाशिल रहेका छन् । यस्तै पुराना कलाकारहरुमा कमल खनाल, सुरज रायमझि, हिमालय भुषाल, विरेन्द्र शाह लगायतका कलाकारहरु पनि अर्घखाँचीमा जन्मीएर कला क्षेत्रमा नाम कमाएका व्यक्तिहरु हुन ।
जिल्लामा अहिले प्रत्येक शुक्रवार र शनिवार फुलवारी दोहोरी साँझको समेत सुरुवात गरिएको छ । जसको कारण पनि लोक दोहोरी क्षेत्रमा केही आशा पलाइएको जनाइएको छ । जिल्लाको अर्घा गाविसमा खासगरी वाध्यवाधनको लागि प्रख्यात मानिन्छ । सनही, बाजा, दामाह, धोक्कर लगायतका बाध्यावाधनमा अर्घाखाँचीको अर्घाले विशेष महत्व राखेको छ ।
यस्तै सितापुर गाविसमा रहेको गुरुङ्ग बस्ती लगायत विभिन्न स्थानमा नाचिने पञ्चेबाजाको गीत, सराय नाँच, भौलो नाँच लगायत तीजको समयमा टोल टोलमा आयोजना हुने तीज गीत कार्यक्रमले समेत अर्घाखाँची जिल्लाको लोक सास्कृतीक कार्यमा महत्वपूर्ण योगदान दिएका छन् ।
जिल्लामा अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा १ सय २१ जना विभिन्न व्याक्तिहरु आवद्व भएका छन् । जिल्लामा पहिलो पटक लोक दोहोरी प्रतिष्ठानमा आवद्वरहेका व्याक्तिहरुको रुपमा एकरुपता ल्याउनको लागि समान मौलिक पोशाकको व्यवस्थापन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
सहयोगी वि.सी.
अध्यक्ष, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान, अर्घाखाँची
– लोक दोहोरी गीत भनेको अर्घखाँचीको पहिचान हो । यहाँको मौलीक र परम्परागत लोक सस्कृतीको जगर्ने गर्दै लोक सस्कृतीको संरक्षणमा प्रतिष्ठान लागिपरेको छ । अगामी पुस्ताले समेत लोक सस्कृतीको विषयमा जानकारी हुने प्रकृतिको काम गर्ने योजनामा हामी छौं ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती