माछा किसान लोडसेडिङ्गको मारमा

कृष्ण खनाल
बुटवल, १ असार । 
रुपन्देहीको दयानगर गाविस–९ सिद्धवारकी तारा पाण्डेले ३ विघा क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पाल्दै आएकी छिन् । तिन विघा क्षेत्रफलमा उनले ६ वटा पोखरी निर्माण भाडामा लिएर सञ्चालन गरेकी छिन् भने २ वटा पोखरी र एउटा ह्याचरी आफ्नै  नीजि जग्गामा निर्माण गरेकी छिन् । कयौ पटक उनले पालेका माछामा  समस्या आयो ।  अहिले पनि विहानको समयमा माछा पोखरी बाहिर आउने समस्या उनको रहेको छ । यहि समस्या लगायत  पानीमा के कती मा
त्रामा अक्सिजन रहेको छ भन्ने विषयमा जाँच गर्नको लागि पाण्डेले प्राविधिक जाँच गराईन् । पोखरीको माटो, पानी लिएर परिक्षणका गराएकी  उनी भन्दै थिईन्,–‘पहिला माछा मरेभने मात्र के भएको रहेछ भनेर जचाउन जान्थ्यौ तर यसो गर्नुभन्दा पहिला नै जाँचको लागि जानुपर्ने रहेछ बल्ल थाहा पाए ।’
पाण्डे भन्छीन्–‘एरिएटर मेसिन जडान गरिएको छ, तर  लोसेडिङ्गको कारण एरिएटर मेसिन  चलाउन नपाउदा समस्या भएको छ ।’ उनी जस्तै छपियाका केही किसानहरुले माछामा अक्सीजनको कमी आउन नदिनको लागि एरिएटर मेसिन जडान गरेका छन् । तर घण्टौ घण्टा सम्म हुने लोडसेडिङ्गको कारणका  एरिएटर मेसिन चलाउन नसक्दा समस्यामा परेका छन् । 

 पाण्डे मात्र होईन  दयानगर गाविसमा नै साढे ५ विघा क्षेत्रफलमा माछा पाल्दै आएका विन्दुलाल श्रेष्ठको पनि माछामा अक्सीजनको कमीको कारण केही समस्या आउने गरेका छन् ।  दुई विघा पानीको क्षेत्रफल रहेको उनले पानीमा अक्सीजनको कमीको कारण कहिलेकाही समस्या आउने गरेको बताउछन् । उच्च क्वालीटिको दाना प्रयोग गर्दा माछाको वृद्धि विकास समेत छिटो हुने भन्दै उनले कमसल प्रकृतिको दाना प्रयोग कर्दा पानी प्रदुशित भएर पनि कहिलेकाही समस्या आउने भन्दै कमसल प्रकृतिको दाना प्रयो नर्ग समेत आग्रह गर्दछन् । एरिएटर मेसिन जडान नगनरेका उनले पानीलाई निरन्तर फ्लो गरिरहन्छन् ।  विद्युतीय मोटरबाट पानी तानेर सप्लाई गर्नुपर्ने तर लोडसेडिङ्गको कारण समस्या भएको उनको भनाई रहेको छ । उनी भन्छन्–‘पानीलाई निरन्तर पोखरीमा दिन सकियो भने अक्सीजन कमी  हुदैन तर विद्युत नहुँदा लोडसेडिङ्गको कारण थप समस्या भएको छ ।’
नयाँ पङ्गसियर जातको माछा पालन गरेका उनले अन्य  माछा भन्दा कयौ गुणा छिटो वृद्धि विकास हुने प्रकृतिको जात भएको बताउछन् । ५४ हजार माछाको भुरा पोखरीमा छोडेका  उनले अन्य कार्भ जातका विभिन्न माछाहरु समेत पालेका छन् । धान खेती भन्दा १० गुण बढि आम्दानी माछा  पालनबाट गर्न सकिने उनको तर्क रहेको छ । 
मत्स्य उत्पादक कृषक संघका जिल्ला अध्यक्ष रहेका पुन्य लाल चौधरी पनि कृषि व्यवसायलाई सरकारले विशेष प्राथमिकता र छुट दिएको भएपनि माछा व्यवसायलाई उद्योग अन्र्तगत राखिएको भन्दै यसलाई परिमार्जन गर्न  आग्रह गर्दछन् । कृषिमा  विद्युत जडान गर्दा डिमाण्ड चार्ज मिनाह हुने गरेको भएपनि सरकारले मत्स्य व्यवसायहरुलाई उद्योग अन्र्तगत राखेको भन्दै यसलाई परिमार्जन गरी कृषि क्षेत्रमा नै समावेस गरिनुपर्ने उनको माग रहेको छ ।‘गर्मिको समयमा माछामा हुने  अक्सीजनको कमीको लागि मोटरबाट पानी तान्दाहोस् या एरिएटर मेसिन चलाउदा होस् विद्युत बढि आउने त्यसमा थप डिमाण्ड चार्जले गर्दा मर्कामा परेका छौं ।–‘उनले भने । 
यता, जिल्ला  कृषि विकास कार्यालय रुपन्देहीका  मत्स्य विकास अधिकृत रमेश जैसवालका अनुसार रुपन्देहीमा पानीको गुणस्तर विग्रीएको कारण किसानहरुले पालेको माछा बेला बेलामा मर्ने  गरेका छन् । खासगरी रुपन्देहीमा पानीमा अक्सिजनको मात्रा कमी भएको कारण र पानी धेरै समय सम्म रहेर गन्हाउने गरेकोकारण त्यसबाट निस्कने विभिन्न प्रकृतिको ग्यासको कारण  माछा मर्ने गर्दछन् । पानी पोखरीको पिधमा १५ सेन्टीमिटर भन्दा बढि लेदो जम्मा भएमा त्यसबाट एमोनिया, सल्फडाईअक्साईड, मिथेन लगायतका ग्यास उत्पनन भई किसानहरुले पालेको माछा मर्ने गरेको उनको भनाई रहेको छ । उनी भन्छन्–‘अक्सिजनको मात्रा ५  पिपीएम भन्दा बढि हुनुपर्दछ, जस्लाई डिजर्भ अक्सीजन (डिओ)को मात्र हो, त्यस भन्दा बढि प्रति लिटरमा हुनुपर्दछ ।’ किसानले माछा पालन गरेको पानीको तापक्रम २५ डिग्री सेन्टीग्रेड देखि ३२ डिग्री सेन्टीग्रेड सम्म हुनुपर्ने  मत्स्य विकास अधिकृत जैसवालको भनाई रहेको छ । यस्तै पिएच स्कलेमान ६.५०  देखि ८.५० सम्म हुनुपर्दछ,  यो पानीमा भएको अम्लीय र क्षारियको मात्रा हो ।  पि एच मान ११ भन्दा बढि र ४ भन्दा कम भएमा पनि माछा मर्ने गरेको प्राविधिकहरुको भनाई रहेको छ । मत्य विकास केन्द्र भैरहवाकी प्राविधिक अधिकृत लक्ष्मी कार्कीका अनुसार माछा पालन गर्ने किसानहरुले तापक्रम,  पानीमा भएको अक्सीजनको मात्रा र  पि.एचको मात्राको बारेमा बेला बेलामा प्राविधिकहरु कहा लगेर या पोखरीमा नै आएर जाँच गराउनुपर्दछ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती