झण्डै ३ करोड लागतमा बहुउदेश्य कृषि फर्म


कृष्ण खनाल
बुटवल, २७ जेठ । 
रुपन्देहीको तामनगर–१४ मा एक कृषि उद्यमीले करिव ३ करोडको लागतमा  बहुउदेश्यिक कृषि पशु फर्म स्थापना गरेका छन् । सतगढी   खोला नम्बर दुईको नजिकै १० कठ्ठा क्षेत्रफलमा किसान सन्तोष पुनले बंगुर पालन, माछा पालन, मौरी पालन, कुखरा, र भैसी पालनको अलवा विभिन्न  जातका फलफुल र तरकारी खेती सुभारम्भ गरेका हुन । यस अघि साईनिङ्ग स्टार स्कुलमा अध्यायपन गराउदै आएका उनले शकुन्तला बहुउदेश्य कृषि पशु फर्म स्थापना गरी ५३ वटा बंगुर पालेका छन् । 
५ जातीका बंगुरपालेका उनले धराने कालो बंगुर, योर्कसायर, ह्यामसायर, टेमवर्क, ट्यरोर्क लगायतका बंगुर पालन गरेका हुन । ७ वटा माछा पोखरी रहेकोमा उनले अहिले विस्तार गरी ३ वटा माछा पोखरी बनाउदै छन् । उनी भन्छन्–‘व्यवसायीक रुपमा नमुना फर्म बनाउने योजनाको साथ अगाडी बढाएको छु ।’  वि.स.२०७२ चैत महिनामा सुरु गरेको कृषि फर्ममा अहिले सम्म  जग्गा सहित करिव ३ करोड लागनी गरेको उनको भनाई रहेको छ । 

मौरी, भैसी समेत पालन गरेका उनले निकट भविश्यमा व्यवसायीक रुपमा करिव १०० वटा बाख्रा पालन गर्ने योजना बनाएका छन् । व्यवसायीक रुपमा बंगुरको बजार राम्रो भएको भन्दै उनले अहिले सम्म  करिव ३ लाख रुपैया जति आम्दानी गरेको बताए । स्थानिय स्तरमा नै बंगुरको मासु खपत भएको भन्दै उनले बजारको लागि भौतारिने अवस्था नभएको बताए ।  उनले भने–‘बजारको लागि खासै समस्या छैन, स्थानिय स्तरमा नै खपत हुने गरेको छन, हामीले  बच्चा समेत विक्रि  गर्ने गरेका छौं ।’
फर्मको नजिकै घाँस खेती समेत गरेका उनले भैसी र बाख्राको लागि घाँस त्यहिबाट आपुर्ती गर्दै आएको बताउछन् । बंगुरको लागि नमुना  फर्मकोरुपमा विकास गर्ने योजना अनुरुपम उनले करिव ६० वटा सेड समेत निर्माण गरेका छन् । बंगुरको बच्चा, माउ र डाँगो राख्ने छुट्टा छुट्टै सेड निर्माण गरेका छ
न् । ५ जनाको  परिवारलाई त्यहि रोजगारी दिएका उनले नमुना फर्म बनाई कृषि तथा पशुको अध्यायनको लागि आउने विद्यार्थीहरुको लागि पाठशाला जस्तै बनाउन लागिएको बताए । शिक्षा क्षेत्रमा नीजी विद्यालयका अध्यायपन गराउदै आएका उनले कृषि क्षेत्रमा राम्रो संभावना भएको कारणले कृषिमा हात हालेको बताउछन् । भ्यानमा विहान विहान बंगुरको लागि आवश्यक पर्ने खाना बजारबाट पु¥याउनको लािग समेत उनले ड्राईभर राखेका छन् । पहिला अफै मोटरसाईकलमा बंगुरको लागि खाना(होटलहरुमा बचेको खाना) ओसार्ने गरेका उनले अहिले भ्यान मार्फ बोक्ने गरेको बताउछन् । ‘लाज मनिन्आफै  मोटरसाईकलमा कति महिना बंगुरको लागि खाना बोके ।’ आफै पनि त्यहि दाना बनाउने गरेका उनले थ्रि फेज लाईनको अभावको कारण थप समस्या भएको गुनासो गरेका छन् । उनीक श्रीमती एभर साईनिङ्ग बोडिङ्ग उमाविकीको भ्वाईस प्रिन्सीपल रहेकी छिन् भने सानो  छोरा समेत रहेका छ । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत पोखरामा व्यवसायीक पशु पालन सम्बन्धी तालिम लिएर यस क्षेत्रमा हाता हालेको बताउने उनले अहिले सम्म कुनै पनि अनुदान पाउन नसकेको बताउछन् । उनी भन्छन्–‘जिल्ला कृषि विकास कार्यालय र पशु विकास कार्यालयबाट अनुदान पाउन सकेको छैन, तर प्राविधिक सल्लाह र  सुझाव बेला बेलामा पाएको छु ।’ कृषि क्षेत्रमा नेपालमा संभावना  रहेको भन्दै उनले  कृषिबाट नै परिर्वतन गर्न सकिने अठोटका साथ कृषिमा लागेको बताउछन् ।

Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता