आकाशबाट पानी पर्दा धारा सुख्खै

कृष्ण खनाल
बुटवल, २ असार ।
झम् झम पानी पर्दा पहाडी क्षेत्रका स्थानियहरुमा खुुसीको सिमा रहन्न् । गर्मिको समयमा आकाशवाट पानी पर्दा   गाउँघरका पानीका मुल ‘सर्सिएर’ पानि बढ्छ । तर रुपन्देहीको बुटवल वडा नम्बर ८, ९ र १० का स्थानियहरुलाई भने आकाशबाट पानी प¥योकी धारामा खानेपानी नआउनेहोकी भन्ने चिन्ता थपिन्छ ।
नेपाल खानेपानी संस्थान बुटवल शाखाबाट वितरण हुने खानेपानी बुटवलको वडा नम्बर ८ को मैत्री पथ, चाँदबारी, लगायतका क्षेत्र, वडा नम्बर १० को शुख्खानगर क्षेत्र र ९ को दिपनगर र शिवनगर क्षेत्रका उपभोक्ताहरुलाई झम् झम् पानी प¥योकी धारामा खानेपानी खानेपानी नै आउदैन । नेपाल खानेपानी संस्थान बुटवल शाखाले तिनाउ नदिबाट पानी तानेर उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । तर पानी ठुलो परेको दिन तिनाउ नदिनमा पानीको बहाव बढि भएको दिन धमिलो र लेदो पानी आउने भएको कारण खानेपानी संस्थानले उपभोक्ताहरुलाई खानेपानी नै वितरण गर्दैन ।

जसको कारण उपभोक्ताहरुलाई खानेपानीको समस्याले सताउने गरेको हो । बुटवल–८ ज्वोतिपथमा सुभश्री संगीता खाजा पसल सञ्चालन गरेका  उपभोक्ता राम प्रसाद खनाल भन्छन्–‘आकाशबाट पानी प¥यो की धारमा पानी नआउने चिन्ताले सताउछन् ।’  नियमित रुपमा धारामा पानी नआउने आएपनि धमिलो आउने गरेको भन्दै उनले पाल्पामा ठुलो पानी परेको कारण, धारमा पानी नै नआउने र आएपनि धमिलो र लेदो पानी आउने गरको बताए । 
यता, नेपाल खानपानी संस्था बुटवल शाखा प्रमुख मोहनदत्त भट्टका अनुसार केही महिना देखि बुटवलमा यस्तो प्रकृतिको समस्या देखिएको हो  ।  बुटवल–८, ९ र १० का अधिकांस क्षेत्रमा वोरिङ्गनभएको कारण तिनाउ नदि नै खानेपानीको प्रमुख स्रोतको रुपमा प्रयोग हुदै आएको छ  । बुटवल क्षेत्रमा पानी नपर्ने तर पाल्पा लागयतका क्षेत्रमा पानी पर्दा खोला धमिलो र लेदो भएको कारण त्यो समयमा खानेपानी संस्थालले तिनाउ नदिबाट पानी तान्ने काम बन्द गर्ने गरेको प्रमुख भट्टको भनाई रहेको  छ । ‘लेदो पानी आउछ, त्यो तान्ने कुरा भएन, फिल्टरिङ्ग गर्न समेत त्यसले समस्या पार्ने गरेको कारण, एक दिन विराएर भएपनि खानेपानी दिने गरेका छौ ।’–उनले भने । उपभोक्ताहरुलाई विहान पानी नदिएर साझ र साँझमा नदिएर विहानमा खानेपानी वितरण गर्दै आएको दावि गरे । 

खानेपानी संस्थाल बुटवलले तिनाउ खोलाबाट मात्रै दैनिक १ करोड लिटर तानेर वितरण गर्दै आएको छ ।  एक महिना देखि तिनाउ नदिमा निर्माण भएको तिनाउ जलविद्युत गृह मर्मत संहारको लागि बन्द गरिएको कारण पनि तिनाउ नदी सङ्लो भएको बेलामा पनि पानी तान्न समसया भएको संस्थाले जनाएको छ । ‘तिनाउ जलविद्युत मर्मतको लगि बन्द गरिएको छ, यताको विद्युत लो भोल्टेज भएको कारण मेसिन चल्न अफ्ठारो छ, त्यहि भएर पनि केही समस्या भएको हो ।’– प्रमुख भट्टले भने । 
पाल्पा लगायतका  क्षेत्रमा बर्षा भएर तिनाउ नदीको बहाव बढ्ने गरेको तर बुटवल क्षेत्रमा पानी कमपरेको कारण चिडिया खोलाको मुहान नपलाएको(पानी नबढेको) कारणले पनि केही समस्या भएको संस्थानको भनाई रहेको छ । यता, उपभोक्ताहरुले खानेपानी संस्थानले धमिलो पानी  विक्रि गर्ने गरको कारण, रुघा खोकी तथा ज्वारो समेत आउने गरेको भन्दै संस्थाप्रति गुनासो गरेका छन् । 
खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र १३ वटा ट्युबवेल (बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति हुने गरेको छ । करिब १७ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।  
बुटवल उप–महानगरपालिकामा १ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  
तस्वीर विवरण ः एक उपभोक्ताको घरमा आएको धमिलो पानी । तस्वीरः बुटवल टुडे । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती