रुपन्देहीमा बाह्रमहिना सिंचाही हुने भुमी मात्र १२ प्रतिशत


कृष्ण खनाल
बुटवल, २४  जेठ ।
रुपन्देही जिल्ला पछिल्लो समयमा खाद्यान्न उत्पादनमा अब्बल जिल्लाको रुपमा पहिचान बनाउदै गएको छ ।  धान उत्पादनमा नेपालकै  सबैभन्दा बढि धान उत्पादन हुने जिल्लामा मध्ये दोस्रो स्थानमा रुपन्देही पर्दछ । रुपन्देही जिल्लाले विभिन्न प्रकृतिको खाद्यान्न विउ उत्पादन गरी १४ प्रतिशत अन्य जिल्लाहरुमा समेत निर्यात गर्दै आएको छ ।  खाद्यान्न उत्पादनमा संभावना बोकेको जिल्लामा बर्षभरि नै सिंचाहीको पहुच  जम्मा १२ प्रतिशतमात्र रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत  भोजराज सापकोटाका अनुसार जिल्लामा ८२ हजार ६ सय २२  हेक्टर जमिन  खेती योग्य जमिनको रुपमा रहेको छ  । जिल्लामा कुल ५८.४५ प्रतिशत जमिन कुल योती योग्य रहेको छ । जस मध्ये कुल ८० हजार १ सय २२ हेक्टर क्षेत्रफल अर्थात कुल ९८.४५ प्रतिशत जग्गामा  खेतीपाती हुदै आएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिंचित भुमीको रुपमा रहेको छत । 
जसमा बर्षभरी नै सिंचाही हुने कुल १० हजार ३ सय २२ हेक्टर भुमी मात्र रहेको छ । कुल खेती योग्य जनिम मध्ये ७२.३७ प्रतिशत क्षेत्रफल सिचित भुमिको रुपमा रहेकोमा जम्मा १२.८८ प्रतिशत क्षेत्रफलमा मात्र बर्षभरी सिंचाही हुने भुमिको रुपमा रहेको छ । वि.स.२०६८ सालको जनगणना अनुसार रुपन्देहीमा कुल १ लाख ६३ हजार ९ सय १६ जना किसान घरधुरी रहेका छन् ।  रुपन्देही जिल्लामा कृषि क्षेत्रका समस्यातथा चुनौतिहरुमा कुल क्षेत्रफलको ७० देखि ८०  प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा पुगेको भएता पनि अधिकांश क्षेत्रमा बर्षा भएमात्र सिंचाई सुविधा उपलब्ध हुने र सिंचाई पुगेको कुल क्षेत्र मध्ये जम्मा १२.५ प्रतिशत क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाईको सुविधा उपलब्ध हुनुले जिल्ला भित्र सघन रुपले कृषि बालीहरुको खेती प्रर्वद्धन गर्न समस्या रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाको भनाई रहेको छ । जिल्लाको समग्र उत्पादन वृद्धिका लागि सिंचाहीको व्यवस्था नै चुनौतिपुर्ण रहेको भन्दै उनले  उत्पादकत्व वृद्धीको लागि बाह्रै महिना सिंचाहीको व्यवस्थापन गर्नुपर्ने उनले भनाउ ।

 उनले भने–‘कृषिको व्यवसायिकरण तथा विविधिकरणका लागि गुणस्तरीय कृषि सामग्रीको आपूर्ति सुनिश्चितता हुन नसक्नु  समस्याको रुपमा रहेको छ ।’ यस्तै कृषि विकासका लागि आवश्यक पूर्वाधारहरु पर्याप्त मात्रामा विकास हुन नसक्नु, कृषि पेशा सम्मानित एवं मर्यादित पेशाको रुपमा विकसित हुन नसक्दा युवावर्गको यस क्षेत्रवाट पलायन हुनुको पनि सम स्याको रुपमा रहेको उनको भनाई रहेको छ ।  
 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार नेपाल भारत विचको कृषि सामाग्रीहरुको गुणस्तर व्यवस्थापन र नियमन गरी कृषि व्यवसाय प्रर्वद्धन गर्नु, छिमेकी देशमा चर्को अनुदान प्राप्त गरी उत्पादित भएका कृषि उपजसंग प्रस्तिस्पर्धा गर्न कृषि उत्पादनको लागत न्यूनिकरण गर्नु, कृषि क्षेत्रमा बढीरहेको भूमिको खण्डीकरण तथा श्रमशक्तिको पलायन रोकी आम्दानीको स्तरमा उत्पादन गराउनु,  कृषि योग्य जमिन घडेरीकरण हुने क्रमलाई रोकी बैज्ञानिक रुपले खेती प्रबर्द्धन गर्ने हो भने कृषि क्षेत्रको विकास गर्न सकिन्छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती