जग्गा भाडामा लिएर कृषि प्रणाली अपनाउने बढे

कृष्ण खनाल
बुटवल, २३ असार
 ‘जग्गा छैन, के कृषिमा लाग्ने हो खै’ भन्नेहरुलागि रुपन्देहीका केही उर्जाशिल किसानहरुले जग्गा भाडामा लिएर कृषि प्राणाली अबलम्बन गरी मनग्य आम्दानी गरेर गतिलो उदाहरण पेश गरेका छन् । 
खेरा गएको बाँजो जग्गालाई खनजोत गरी हराभरा बनाएर ति किसानहरुले आफ्नो आम्दानीको पहिलो स्रोतको रुपमा कृषि प्रणालीलाई बनाएका छन् । आफ्नो नीजि जग्गा नभएपनि रुपन्देहीका विभिन्न स्थानहरुमा किसानहरुले सयौँ विघा ग्गा भाडा(लिज)मा लिएर कृषि प्राणाली अपनाईरहेका हुन । किसानहरुले यसरी भाडमा लिएको जग्गामा धान खेती, कुखुरा पालन, माछा पालन, पशु–पंक्षि पालन, तरकारी खेती लगायत विभिन्न प्रकृतीका  कृषि प्रणाली अपनाएका छन् । 
रुपन्देहीको सिक्टहन गाविसमा स्थानिय सिक्टहन माविको १८ विघ जग्गा (लिज)मा लिएर सामुहिक बहुउदेश्यि कृषि उत्पादन तथा वितरण समुहले तरकारी खेती, माछा पालन, धान खेती, मौरी पालन, कुखुरा पालन, लगायतका विभिन्न कृषि जन्य काम गरेको समुहका अध्यक्ष प्रकाश खनाल बताउँछन् । 
 सिक्टहन–७ मा बाँझो रहेको जमिन अहिले भने कृषि  समुहले हराभरा बनाएको छ । सिक्टन माबिको १८ बिघा र नीजी व्याक्तिको ६ विघा गरी कुल २४ विघा जग्गा १० वर्षका लागि भाडामा लिएर २१ जना किसानहरुले कृषि शुरु गरेका हुन ।
 विद्यालयको १८ बिगाहा मध्ये अहिले ४ बिघामा बेसार खेति, २ बिगाहामा माछा पोखरी बनाइएको छ । ति पोखरीमा मांगुर, रहँु, कमन, विघेट र नैनी जातका ३२ हजार भुरा राखिएको छ । केही क्षेत्रफलमा अडहर लगाइएको छ भने केहीमा तरकारी छ । १० वटा कुखुराको फार्म समेत निर्माण गरेका  छन् । समूहका सचिव धर्मराज पौडेलले का अनुसार समूहले अहिलेसम्म ५० लाख रुपैया लगानी गरिसकेको छ । १ करोडसम्म लगानी गर्ने योजना बनाएको समूहले कुखुरा, हासा, गाई, भैसी, बाख्रा पालन सहित आप, लिचि, अगरउड (अगरबक्ती बनाउने काठ)का बिरुवाहरु पनि लगाउने छ  । 
यो समुह एउटा उदाहरण मात्र हो ।
 रुपन्देहीको सुर्यपुरा गाविस–९ कुट्टाभाटाका ४६ बर्षिय किसान नारदमुनी यादव एक्लै ५२ विघा जग्गा लिज (भाडा)मा लिएर व्यवसायीक खेती गरेका छन् । २१ बर्ष सम्म सुर्यपुरा गाविसमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ता भएर काम गरेका उनलाई आफ्नो जग्गा नभएपनि भाडामा जग्गा लिएर भएपनि व्यवसायीक खेती गर्नुपर्दछ भन्ने सोँच जागेर कृषि पेशा तर्फ मोडिएको बताउँछन् ।  ४ बर्ष पहिला हसनापुर माध्यमिक विद्यालयको नाममा खाली रहेको बाँजो जग्गालाई उनले लीजमा लिएर अहिले हराभरा बनाएका छन् ।  ३ वटा प्लट भाडामा  उनले ४६ विघा क्षेत्रफल रहेको खेतको बगर, अर्को छुटै स्थानमा १० विघा र २ विघ क्षेत्रफल आँपको बगैचा समेत लिएका छन् । 
यसरी जग्गा भाडामा लिएबापत किसान यादवले ४७ विघाको क्षेत्रफलको बार्षिक १ लाख ३३ हजार, अन्य १० विघको १ लाख २० हजार  र आँप बगैचाको १ लाख रुपैया भाडा  हसनापुर माविलाई बुझाउदै आएका छन् । प्रत्येक २ बर्षमा १० प्रतिशतका दरले भाडा समेत वृद्धी गर्दै जाने गरी सम्झौता भएको छ । 
४६  विघा क्षेफलमा एकिकृत आरम्भ कृर्षी फाम खोली उनले २ वटा अष्ट्रिज कन्याक्ट फर्म समेत खोलेका छन् भने अन्य स्थानमा मेवा खेती, माछा पोखरी, खर्वुजा खेती, तर्जुजा खेती, बदाम खेती र तरकारी खेती गरेका छन् । अन्य भाडामा लिएको १० विघ क्षेत्रफलमा बदाम लगाउने सोँच बनाएका छन् । २ विघा क्षेत्रफलमा भने आँपको बगैचा रहेको छ । 
महिनामा करिव ४० हजार रुपैयाँ आम्दानी गरिरहेको बताउने  किसान यादवले अहिले सम्म करिव आधा करोड लगानी गरेका छन् । जसको लागि कृषि विकास बैंकबाट ३० लाख, अष्ट्रिज नेपाल प्रालिबाट १५ लाख र अन्य साथीहरुबाट करिव ५ लाख ऋण सापटी लिएर खेतीकिसानीमा लागेका छन् ।  वि.स.२०६९ पुस २२ गते एकिकृत आरम्भ कृषी फर्म खोलेका उनले गत बर्ष करिव ६ टन बदाम, २ लाख रुपैया बराबरको तर्वुजा विक्री गरेका थिए । १२ विघ क्षेत्रफलमा लगाइएको तर्बुजा लगाएका थिए भने खुर्सानी, मेवा पनि विक्रि गरेका छन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार अहिले  सम्म जिल्लामा २३  वटा किसान समुह वा व्याक्तिहरुले जग्गा लिज(भाडामा) लिएर आधुनिक तरकारी खेती प्राणाली, पशुपालन, माछा पालन लगायतका विभिन्न प्रकृतीका कृषि प्राणाली अपानाइरहेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषी कृष्णभद्र अधिकारीले किसानहरुले आफ्नो जग्गा नभएपछि जग्गा भाडा लिएर कृषी प्रणाली अगाडी बढाएर मनग्य आम्दानी गर्नुको साथै माटोको उर्वरा शक्ति समेत बढाउने काम गरेको बताउछन् । उनी भन्छन्–‘यो जग्गा भाडामा लिएर गरिने कृषि प्रणाली साच्चै नै सहरानीय छ, जसबाट अन्य बेरोजागर  व्याक्तिहरुले केही सोच्नु आवश्यक छ ।’
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  बाली विकास अभिकृत जय बहादुर महत्राका अनुसार जिल्लामा अहिले विद्यालय, व्याक्ति, मन्दिर, रेडक्रस लगायतका जग्गा लिजमा लिएर किसानहरुले व्यावायीक कृषि प्र्रणाली अगाडी बढाएका छन् ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार  सुर्यपुराका किसान गार्जेश यादवले तरकारी खेती, मेवा, खरबुजा, बेसार आदि गर्नको लागि स्कुलको ४६ विघा जग्गा भाडामा लिएका छन ्  त्यस्तै मक्रहरका किसान नेत्र टण्डनले तरकारी खेतीको लागि १.२ विघा व्याक्तिको जग्गा, सिक्टहनका किसान सुनिल कलवारले तरीकारी खेतीका लागि ०.६ विघा व्याक्तिको जग्गा, पर्रोका किसान राजु खनाल ले १.६ विघा  व्याक्तिको जग्गा तरकारी खेतीको लागि  लिज(भाडा)मा लिएका छन् । 
त्यस्तै पर्रोहाका  किसान श्यामबहादुर खड्काले १.४ विघा जग्गा, पश्चिम अमुवाका किसान राम बहादुर  यादवले ०.५ विघा,  मणिग्रामका किसान प्रदिप गैरेले ३.५ विघा जग्गा, सुर्यपुराका किसान राजेश लोधले  २० विघा जग्गा तरकारी खेतीको लागि लिजमा लिएका छन् । 
त्यस्तै सिद्धार्थनगर नगरपालिका ११ का किसान सनोज श्रेष्ठले विद्यालयको  २८ विघा, आनन्द्यबन–४ का किसान चित्रगुप्त गैरेले ४ विघा जग्गा र राजेश श्रेष्ठले ढिकुलीगढमा स्कुल तथा व्याक्तिको गरी कुल ८ विघा जग्गा तरकारी खेती, बेसार खेतीको लागि लिजमा लिएका छन् । हर्नेयाका किसान त्रिभुवनी थारुले राजकीय सस्कृत मावि महोत्तरीको  हर्नैया ९ मा रहेको जग्गा ११ विघ जग्गा, सिद्धार्थ नगर नगरपालिका ९ गोनहियाका किसान विष्णु अधिकारीले रेडक्रसको  ५ विघा जग्गा  भाडामा लिएर तरकारी खेती गरेका छन् । 
त्यस्तै सिद्धार्थ नगर नगरपालिका ९ का  किसान राजेन्द्र रेग्मीले ४ विघा मन्दिरको जग्गा, गणेश विनायक लाभस्टक एण्ड एग्रो रिसर्च फारम प्रालिले दुधराक्ष १ मा स्कुलको ४ विघा जग्गा, सिनपा ९ का किसान प्रबिन गुप्ताले २ विघा जग्गा लिजमा लिएर तरकारी तथा अन्य खेती गरिरको छन् ।  त्यस्तै टिकुलीगढ–७ का किसान मुक्ति प्रसाद न्यौपाने मेवा खेतीका  लागि व्याक्तिको २ विघा जग्गा भाडामा लिएका छन् भने नेपाल एग्रो सिड एण्ड मल्टिी प्रा.लिले सौ–फर्साटिकरमा १३ विघा जग्गा लिजमा लिएका छन् । यहा उल्लेख गरिएका किसानको विवरण जिल्ला कृषि विकास कार्यालयको सम्पर्कमा रहेका किसानहरुको हो । यसको अलवा अन्य किसानहरुले समेत कयौ विघा जग्गा भाडामा लिएर कृषि प्राणाली अवलम्बन गरेका छन् । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै