रुपन्देहीका १९ हजार घर शौचालय विहिन

कृष्ण खनाल
बुटवल, ३१ असार ।
 सन् २०१७ सम्म देशलाई खुला दिशा मुक्त घोषणा गर्ने अभियान चलिरहेको बेला रुपन्देही जिल्लालाई चालु आर्थिक बर्ष (०७३÷०७४) को पुस महिना भित्र नै खुला दिशा मुक्त जिल्ला घोषणा गरिने लक्ष्य निर्धारण गरिएको छ । 
 नेपाल सरकारको लक्ष्य भन्दा एक बर्ष पहिला नै रुपन्देही जिल्लाका सबै घरहरुमा शौचालय निर्माण गरी खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गर्न लागिएको हो  । सोही लक्ष्य प्रप्तीको लागि  जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय  योगीकुटी रुपन्देहीले अभियानलाई तिब्रता दिइएको छ ।  
आर्थिक बर्ष २०७२÷०७३ को अन्त्य सम्म २ वटा नगरपालिका र ३२ वटा गाउ विकास समितिलाई खुला दिशा मुक्त घोषणा भईसकेका छन् । 
अझै रुपन्देहीका १८ वटा गाविस, ३ वटा नगरपालिका र एक वटा उपमहानगर पालिका खुला दिशा मुक्त घोषणा हुन सकेका छैनन् । डिभिजन खानेपानी तथा सरसफाई कार्यालय  बुटवल योगीकुटीका   ईन्जीनियर धुब्र धितालका अनुसार रुपन्देही जिल्लाको समग्र ८८.३८ प्रतिशत घरमा शौचालय बनेको छ भने अझै ११.६२६३ प्रतिशत जनताले सौचालय बनाएका छैन्न ।  इन्जिीनियर धितालका अनुसार रुपन्देहीमा १ लाख ६३ हजार ८ सय ३५  घरधुरी रहेकोमा १ लाख ४४ हजार ८ सय घरधुरीले आफ्नै शौचालय निर्माण गरेर दिशा पिशाव गर्दै आएका छन् भने अझै १९ हजार ३५ घरले शौचालय बनाएका छैन्न । 
नगरपालिकाको हकमा सैनामैना नगरपालिका र देवदह नगरपालिका खुला दिशा मुक्त नगरघोषणा भएका छन् । भने आर्दश अमुवा, आमा, बोगाहा, बेतकुईया, छिपागढ, चिल्हिया, दयानगर, देउुखुली, धमौली, गजेडी, हार्टि फर्साटिकर, जोगडा, मैनहिया, मझगाँवा, मानमटेरिया, मानपकडी, मर्यादापुर, पडसरी, पोखरभिण्डी, रोईनीहवा, रुद्रपुरसौफर्साटिकर, साडी, सालझण्डी, सिक्टहन, सुर्यपुरा, थुमुवा पिपरहवा, ख.वनगाई गाविस  खुला दिशा मुक्त घोषणा भैसकेका छ्न ।
आर्थिक मसान्त भित्र तिलोत्तमा नगरपालिकाका ४५ घरधुरीले सौचालय ब


नाएका छैनन् भने बुटवल उपमहानगर पालिकाका ८७ घर, बसन्तपुर गाविसका ४७, छोटकी रामनगरका ५८, सिद्धार्थनगर नगरपालिकाका ११ सय २१ र सिलौटीया गाविसका १ सय ८८ घरधुरीले अझै सौचालय बनाएका छैनन् ।
२० प्रतिशत भन्दा कम सौचालय बनाएका रुपन्देहीका ६ वटा गाविसहरु रहेका छन् । जसमा बोधावगर, बगौली, सक्रौनपकौडी, वयरघाट, विष्णुपुरा र  सुपुवा रहेका छन् । 
रुपन्देहीको बोधावगर गाविस  रुपन्देही क्षेत्र नम्बर १ का  सभासद  तथा नेपाली काग्रेसका जिल्ला सभापती अब्दुल रज्जाक घर रहेको क्षेत्र हो ।  जुन गाविसका जम्मा १ सय ९४ घरधुरीले सौचालय बनाएका छन् भने अझै १ हजार ८३ घरधुरीले सौचालय बनाउन बाँकी रहेको छ । 
 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख शंकरमणी ज्ञवालीका अनुसार नेपाल सरकारको लक्ष्य भन्दा पहिला नै रपन्देही जिल्लालाई खुदा दिशा मुक्त जिल्लाको रुपमा घोषाणा गर्ने  कार्ययोजना अनुसार  अगाडी बढिरहेको जानकारी  गराए । उनले सबैको सहकार्य र  एकता भएमा आगामाी आर्थिक बर्षको पुस महिनामा  नै जिल्ला लाई खुदा दिशा मुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै