टोलबासी जुटे ‘एक चुलो एक झोला अभियानमा’



कृष्ण खनाल
बुटवल, १९ असार । 
करिव १६ बर्È पहिला ‘उपभोक्ता हक हित मञ्चको अभियानमा  ‘बुटवल नगरपालिका लाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने’ थला परेपपिछ  बुटवलको एक टोल समितिले आफै टोललाई प्लाष्टिक मुक्त गर्ने अभियान सुरु गरेको छ । स्थानिय निकायको अभाव र अभियान सञ्चालन गर्ने निकाय जिम्मेबार नहुदा सार्थकता पाउन नसकेको बुटवललाई प्लाष्टिक मुक्त गराउने अभियानलाई केही हद सम्म यसले टेवा पु¥याउने देखिएको छ । 
बुटवल उपमहानगर पालिका वडा नम्बर –११ तिलोत्तमा टोलका स्थानियहरुले ‘एक चुलो एक फाईबर झेला’ अभियान सुरु गरेका छन् । 
उपभोक्ता हकहित संरÔण मञ्चका अध्यÔ नर्वु लामाको संयोजकत्वमा आज भन्दा करिव १६ बर्ष पहिलातत्कालिन नगर प्रमुख मेयर भोजप्रसाद श्रेष्ठका अग्रसरतमा  बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा सुरु भएको थियो  तर अहिलेसम्म पनि उक्त अभियानको टुङ्गो छैन । 
प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्नस्थानहरुमा त्यतिबेला सयौ संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो ।  नगरमा प्लाष्टिकको प्रयोग जथाभावि गर्दा नगरनै प्रदुÈित हुन थालेपछि वि.स. २०५६ सालमा नै ‘सुईरो अभियान’ समेत नगरपालिकाले सञ्चालमा ल्याएको थियो । उक्त सुईरो अभियान ३ बर्È पछि अलपत्र परेको छ ।  वि.स.२०५९ अभियान बन्द  भएको हो । प्लाष्टिक प्रयोग गरेपछि त्यसलाई पु¥याउनको लागि भनेर ल्याइएको सुईरो अभियान समेत अहिले अलपत्र परेको छ । 
सरकारी निकाय र गैरसरकारी निकायबाट समेत बुटवल उपमहानगर पालिकालाई पुर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने अभियान थालनी नभएको बेला  बुटवल उपमहानगरपालिका वाडनम्बर ११ तिलोत्तमा टोलले असार २५ गतेदेखि टोललाई प्लाष्टिक मुत्त क्षेत्र बनाउने अभियानमा लागेका छन् ।  आईतबार बुटवलको तिलोत्तमा टोलमा अन्र्तगत रहेको रेग्मी पथबाट प्लाष्टिक प्रयोग गर्न नहुने  र त्यसको प्रयोगबाट हुने हानी नोक्सानीको विषयमा जनचेतनामुलक ¥याली समेत निकालिएको  तिलोत्तमा टोल विकास समितिका अध्यक्ष दुर्गा पौडेले जानकारी दिए । 
विभिन्न जनचेतनामुलक प्ले कार्ड, तुल व्यानर सहितको टोल बासीहरुको जनचेतना मुलक ¥याली तिनकुने, मिलनचोक, बस पार्क हुदै पुन उक्त टोलमा पुगेर कोण सभामा परिणत भएको थियो  । बुटवल उपमहानगरपालिका कार्यकारी अधिकृत धुर्वबहादुर खड्काले तिलोत्तमा टोलवासी सबैले आषाढ २५ देखि प्लाष्टिकको प्रयोग नगर्ने प्रतिबद्वता जनाएकाले अषाढ २५ गते देखि तिलोत्तमा टोल प्लाष्टिक मुक्त क्षेत्र हुने घोषणा  गरेका पथिए । उनले टोलवासी आफै जागरुकभै प्लाष्टिक मुक्त क्षेत्र बनाउन लाग्नु अत्यन्त सरहानिय कार्य भएको बताए । उनले भने श्रावण महिना देखि  लागु हुने गरि कानुन बनिसकेको अवस्थामा कानुनको पालना गर्नु सबैको कर्तब्य भएको र कसैले अटेर गरि प्लाष्टिकको प्रयोग र किनबेच गरेमा कानुन बमोजीम कारवाहि हुने खड्काले बताएका थिए । 
 तिलोत्तमा टोल बिकास समितिका अध्यक्ष दुर्गा पौडेलले टोलवासिलाई प्लाष्टिकको प्रयोग र यसले पार्ने असर बारे निरन्तर जचेतनाको कार्यक्रम अगाडी बढाईने महिलाहरुलाई कागजचको झोला बनाउने तालिम समेत प्रदान गर्ने आफ्नो अभियान रहेको जानकारी दिए । 
‘स्वच्छ वातावरणका लगि प्लाष्टिकरहित समाजको निर्माण गरौ’ भन्ने प्रमुख मन्त्रलाई आत्मसाथ गरेर अगाडी बढेका एक दिन बुटवल उपमहानर पालिकानै प्लाष्टिीक मुक्त नगरको रुपमा विकास हुने उनको धारणा रहेको छ । 
तिलोत्तमा टोल बिकास संस्था वडा समन्वय समिति संयोजक शिव अधिकारी, समुदायीक बिकास तथा वातावरण समितिका अध्यक्ष भरतराम भट्टराई, टोल बिकास समिति उपाध्यक्ष शाबित्री बस्नेतले सबैको सहकार्य भएमा एक दिन  तिलोत्तमा टोलले उठाएको अभियान  अन्य टोल विकास समितिले समेत सिको गर्ने बताएका थिए । 
बुटवल नगरपालिकाको तथ्यांक अनुसार बुटवलमा उत्पादन हुने दैनिक ३० टन फोहोरमध्ये ७ प्रतिशत अर्थात २ हजार १ सय किलोग्राम  प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको  तथ्यांकमा पाईन्छ ।  नेपाल सरकारले ब्यवस्थापनमा समस्या हुने भन्दै २० माइक्रोनभन्दा कम तौलका प्लोथिन उत्पादनमा रोक लगाएपनि यस Ôेत्रमा भने त्यस्ता पोलिथन प्रसस्तै उपभोग भइरहेको छ ।  बुटवलमा २०५६ सालमा शुरु गरिएको सुईरो अभियान मुस्किलले २०५९ सालसम्म चलेको थियो । नगरका प्रत्येक घरमा सुईरो राखेर त्यहि सुईरोमा प्लाष्टिकजन्य बस्तुहरु जम्मा गर्न नगरपालिकाले निर्देशन गरेको थियो ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै