बुटवल उपमहानगरको: महत्वकांक्षी ‘मानवताको सहर’ बनाउने योजना

कृष्ण खनाल
बुटवल, २९ असार ।
रुपन्देहीको मोतिपुर र सेमलार गाविस गाभिएर बुटवल उप–महानगरपालिका भएसंगै उक्त क्षेत्र लगायत अन्य कयौं स्थानमा भौतिक पुर्वाधार निर्माण तत्काल गर्नुपर्ने आवश्यक छ । गाभिएका गाविसहरु लगायत अन्य स्थानका नागरिकहरुले ‘भौतिक पुर्वाधार सम्पन्न नगर’को रुपमा बुटवल उपमहानगर पालिकालाई विकास गर्नुपर्ने धारणा अगाडी ल्याईरहेको परिपेक्ष्यमा बुटवल उप–महानरपालिकाले भने ‘छुटै बजेट बिना नै’ ९ वटा सभ्यताको सुचांक सहित ‘‘मानवताको सहरः बुटवल उपमहानगर’’ को योजना अगाडी बढाएको छ ।   जुन योजनालाई महोत्वकांक्षि योजनाको रुपमा रहेको टिप्पणी समेत हुन थालेका छन् । 
नगरको आम्दानी सिमित भएको र नगरलेथेग्न नसक्ने भन्दै ८१  वटा साना–ठुला आयोजना बुटवल उप–महानगर पालिकाले आफुले थेग्न नसक्ने भन्दै  नेपाल सरकारका विभिन्न मन्त्रालय बजेट निकास गर्नको लागि अनुरोध गरेको छ ।  
बजेट सिमितताको कारण भौतिक पुर्वाधारको काम अगाडी बढाउन नसकिरहेको  समयमा आर्थिक बर्ष ०७२÷०७३ को बार्षिक बजेट पुस्तीकामा दिर्घकालिन दृष्टिकोण अन्र्तगत  वालमैत्री शासनयुक्त शहर, पूर्ण खोपयुक्त शहर, पूर्ण साक्षरता शहर, वातावरण मैत्री शहर , खुल्ला दिशामुक्त शहर , प्लाष्टिक झोलामुक्त शहर, अपाड्डमैत्री स्थानीय शासनयुक्त शहर , सडक मानवमुक्त शहर बुटवल उप–महानगरको रुपमा परिकल्पना गरिएको छ । 
सन् २०१७ भित्र नौं वटा सभ्यताका सुत्रहरु पुरा गर्ने योजनाका साथ अगाडी बढिएको बुटवल उपमहानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्का बताउँछन् । उनी भन्छन्–‘हामी सन् २०१७ भित्र नौं वटा नै सभ्यायताका सुचाकांक पुरागरी मानवताको सहरःबुटवल उप–महानगर घोषणा गर्नेछौ्रं ।’ उनले थपे–‘वि.स.२०७२ साल भित्र हामी ५ वटा सभ्यताका सुचकांक पुरा गर्ने योजनामा छौं ।’ 
कार्यकारी प्रमुखका अनुसार सोमबार पुण शाक्षर नगर घोषणा गरिसकिएको छ भने केही  दिनमा  खुला दिशा मुक्त बुटवल उपमहानगर पालिका घोषणा हुदैछ । अहिले नगरका ७५ प्रतिशत घरधुरीहरुमा शौचालय निर्माण कार्य पुरा भएको छ । बाँकी रहेका घरमा पनि  शौचालय निर्माण  गर्ने काम अगाडी बढाईने छ । वातावरणमैत्री, बालमैत्री शासनयुक्त सहर , प्लाष्टिक मुक्त सहर गरी ५ वटा  सभ्यताका सुत्र  २०७२ साल भित्र नै पुरा गर्ने लक्ष्य लिइएको प्रमुख खड्का बताउछन् ।
नयाँ थपिएका गाविसहरुमा विकास निर्माणको काम थाति राखेर अन्य मानविय सभ्यातको सुचकांक अगाडी सार्नु आफैमा सोचनिय विषय भएको स्थानियको गुनासो छ भने भन्ने संवाददाताको जिज्ञासामा प्रमुख कार्यकारी अधिकृत खड्काले भने–‘ भौतिक पुर्वाधारको विकास संगसंगै सभ्यताकोपनि विकास  हुनु आवश्यक छ, त्यहि भएर यि कार्य अगाडी बढाइएको हो ।’ उनले थपे–‘समग्र भौतिक पुर्वाधारको  विकास मात्र भएन हुदैन, त्यसको उपयोगीता, उपभोगको बारेमा समेत जान्नु जरुरी रह्यो नी हाईन र ?’
उक्त, सभ्यताको सुचांकको प्राप्तीको लागि छुट्टै विशेष बजेट विनियोजना नगरिएको  र विगतका बर्षहरुमा जस्तै निवियोजना हुने लक्षित समुह लगायतका बजेटबाट नै समायोजन गरेर अगाडी बढिने बुटवल उप–महानगरपालिकाले जनाएको छ । 
सुन्दर, सन्तुलित, हरभरा, सहरको रुपमा परिकल्पना गरिएर ल्याएको यो  योजना  कार्यान्वयनको क्रमीम चरणमा रहेकोले पुराहुने र नहुने भन्ने समयले नै बताउने कतिपय विश्लेषकहरुको भनाई रहेको छ ।  
बुटवल उपमहानगर पालिकाको आर्थिक बर्ष ०७२÷०७३ को बजेट पुस्तीकामा लक्षित समुहको रकम अन्र्तगत  वाल मैत्री नगर कार्यक्रम (बालमैत्री स्थानीय शासन कार्यक्रम) को लागि २ लाख रुपैया विनियोजना गरिएको छ । त्यस्तै लक्षित समुहको संस्थागत विकास कार्यक्रम अन्र्तगत अपाङ्ग मैत्री नगर कार्यक्रमको लागि पनि २ लाख  रुपैया विनियोजना गरिएको छ । जुन रकम अप्रयाप्त रहेको छ । 
उक्त बजेट पुस्तीको  निर्णय नम्बर ४१ मा बुटवल उप महानगरपालिकालाई वातावरण मैत्री नगर बनाउन वातावरण मैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन गर्ने । आधारभुत वातावरण मैत्री सूचकहरु आ.व.०७१÷०७२ देखि प्रभावकारी रुपमा कार्यान्वयन गर्दै लैजाने साथै यस कार्यक्रमका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, सम्बन्धित अन्य निकाय तथा संघ सस्थाहरुबाट समेत सहयोग लिई सहकार्य गरी कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरियो’ भनेर उल्लेख गरिएको छ । 
त्यस्तै, सभ्यातको सुचाकांक अन्र्तगत ‘खुला दिसामुक्त नगरपालिका गराउन उप महानगरपालिकाले सरकारी, गैर सरकारी संस्था र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु सँग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरियो ’ भनेर उल्लेख गरिए पनि बजेट के कती भन्ने विषयमा खुलाइएको छैन ।  त्यस्तै बुटवल उप महानगरपालिकालाई वातावरण मैत्री बनाउने सन्दर्भमा बुटवल उप–महानगरपालिकालाई प्लाष्टिक झोला प्रयोग मुक्त बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो ।’ भनेर उल्लेख गरिएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै