‘होमस्टे’ले बदलेको अमलटारी : –सेवा सत्कारबाटै बार्षिक १ करोड आम्दानी

कृष्ण खनाल
अमलटारी(नवलपरासी) २ साउन  ।
करिव ७ बर्ष पहिलानवलपरासी जिल्लाको अग्यौली गाविस–५(हाल कावासोती नगरपालिका–१४) बघखोरका स्थानियको दिनचर्या बन्य जन्तु धपाउँदैमा वित्थ्यो ।  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त गाउमा निकुञ्जबाट आउने विभिन्न जंगली जनाबारहरुबाट जहिले पनि हैरानी व्यहोर्ने गर्दथे ।  दिनमा बाँदरको र रातमा हात्ती, चितुवा र बाघ बस्तीमा बसेर कतिखेर हानी नोक्सानी गर्ने हुन् भन्ने चिन्ता थियो त्यहा स्थानियहरुलाई कयौ पटक स्थानिय पालेको घरपालुवा जनावार र बालिनाली जंगली जनावारको सिकार हुन पुगेको अतित अहिले पनि स्थानियको   मानस्पटलमा ताजै छ ।
यसरी पटक÷प
टक जंगली  जनावारहरुको आक्रमण हुन थालेपछि स्थानियहरुले एउटा जुक्ति निकाले नजिकैको सामुदायिक वन संरक्षण गर्ने र गाउँमा आउने जंगली जनावारहरुलाई रोक्न करेन्ट सहितको तारबार  लगाउने ।
विस्तारै उनीहरुले घु्रद्रुक छाप सामुदायिक बन स्थापना गरे  । त्यहा वृक्षरोपण पनि गरेर हरियाली बनाउँदै गए । विगतका बर्षहरुमा तिनै जंगली जनावारहरुबाट हैरानी व्यहोर्ने गरेका स्थानियहरु  अहिले तिनै जंगली जनावारहरु देखाएर राम्रो आम्दानी गर्ने गरेका छन् ।
पछिल्लो समयमा आएर भने उनीहरुको दिनचर्यामा परिर्वतन आएको छ । अमलटारीका स्थानिय बासिन्दाहरुको दिनचर्या आफ्नो गाँउमा आउने  विभिन्न पाहुनाहरुलाई स्वागत सत्कार र सेवामा नै वित्ने गरेको छ ।
एउटा सामान्य समुहको रुपमा रहेको गाउँमा विभिन्न पुर्वाधारहरुको विकास गरी ‘होम स्टे’ सञ्चालन गरेर अमलटारीका स्थानिय मानिसहरुले अहिले आर्थिक उपार्जनको साथै आफ्नो संस्कृती, कला र परम्पराको समेत प्रचार– प्रसार गरी रहेका छन् ।
 थारु, मुसहर, बोटे समुदाय रहेको उक्त गाँउमा अधिकांस थारु समुदायको बाहुल्यता रहेको छ ।  २०६९ जेठ ५ गतेबाट  ‘होम स्टे’ सुरु गरिएको हो ।  २२ वटा घरमा  अहिले होम स्टे सञ्चालन गरिएको ‘अमलटारी मध्यवर्ती होम स्टे’ समितिका अध्यक्ष पे्रमशंकर मौदनिया थारु बताउँछन् ।
 ‘अमलटारी मध्यवर्ती होम स्टे’ समितिका थारुले विगतका बर्षहरुमा गाउँका मानिसहरुले दिन रात बन्यजन्तु धपाउदैमा  बस्नु पर्ने बाध्यता पछिल्लो समयमा होम स्टे सञ्चालसंगै  नजिकै रहेको घुन्द्रुक छाप सामुदायिक  वन संरक्षण गरी तार बार गरिएको कारण अहिले त्यस्तो समस्या नभएको उनको भनाई रहेको छ ।
उनका अनुसार पहिला पहिला हात्ती बस्तीमा पसेर अन्नबाली खाईदिने र बाघ, चितुवाले घरपालुवा जनवार खाईदिने गरेको कारण गाउलेहरु हैरान थिए ।  तर बनमा वृक्षरोपण गरी हराभरा बनाइएको कारण गाउमा जंगली जनावारहरु आउन छाडेका छन् । सामुदायिक बनको वरीपरि अहिले ईलेक्ट्रक झड्का लाग्ने तारबार गरिएको छ ।
जसको कारण पनि  गाउमा बन्य जन्तु आउने समस्या टरेको छ भने समुहले राम्र्रो आम्दानी समेत गरेको छ ।
गत आर्थिक बर्ष सम्ममा उक्त गाउमा २० हजार ३ सय पाहुना आएका छन् भने स्थानियले १ करोड २७ लाख रुपैया आम्दानी समेत गरेका छन् । पहिला माछा मारेर,  डुङ्ग खियाएर  आफ्नो जिविको पार्जन गर्ने बोटे, थारु, मुसहर हरु पाहुनाको स्वागत सत्कारमा लागेका छन् । अहिले प्रत्येक घरमा एउटा एउटा  मोटर(मोटरसाईकल, स्कुटर) किनिएको छ । जुन पैसा त्यहि पाहुनाबाट आएको आम्दानीले हो । मासिक रुपमा एक घरमा स्थानियहरुले करिव २० देखि ३० हजार रुपैया आम्दानी गर्दे आएका छन् । समुहले नै पहिला पाहुनाबाट रकम लिने र महिनाको अन्तीममा घरधनीहरुलाई  वितरण गर्ने गर्दछ । आलो पालो प्राणालीबाट पाहुनाहरु बसाल्दै आएको समुहले १० प्रतिशत आम्दानीको रकम समुह व्यवस्थापना, भौतिक पुर्वाधार निर्माण कार्यालय सञ्चाल र सुरक्षाको लागि खर्च गर्दछ भने अन्य सबै स्थानिय घरधनीहरुले नै पाउछन् ।
अध्यक्ष थारु भन्छन्–‘पहिला गाउँका महिलाहरु जहिले पनि फुर्सदिला हुन्थे तर अहिले आएर अतिथीहरुको स्वागत सत्कारमा नै  व्यस्त हुने गरेका छन्  ।’  होम स्टे सञ्चालनको लागि डब्लु डब्लु एफ्को तराई भु–परिधी कार्यक्रमले २२ वटा होम स्टे निर्माणको लागि प्रतिघर करिव ६० हजार रुपैया बराबार जिन्सी सहयोग गरेको छ ।  होम स्टेका सचिव छुन्नुराम महतोले  होम स्टेमा विदेशी र स्वदेशी पर्यटकहरुको लर्को लाग्ने गरेको छ ।
कहिलेकाँही होम स्टेमा स्थान अभावको कारण कतिपय पाहुनाहरु नजिकै रहेको रिर्सोटमा समेत ज जाने गरेका छन् । आन्दानीको १० प्रतिशत रकम होम स्टे व्यवस्थापन समितिले राख्ने र अन्य रकम समान रुपमा सबैले  लिने गर्दछन् । एउटा होम स्टेमा ४ जना मात्र बस्न मिल्छ । २ जना व्याक्तिको ५ सय रुपैया र १ जना व्याक्तिको ४ सय रुपैया समितिले लिने  गर्दछ । खाना  सादाको १ सय रुपैया र मासुसंगको १ सय ८० रुपैया समितिले लिने गर्दछ ।
होम स्टेमा पुर्व जानकारी दिएर होम स्टेमा जाने पाहुनाहरुलाई थारु महिलाहरुले मौलिक पहिरनमा सजिएर   पाहुनाहरुको स्वागत तथा सत्कार गर्ने गर्दछन । यसरी स्वागत सत्कारपछि   कुन कुन होम स्टेमा कुन कुन व्याक्ति जाने निर्णय समितिले गर्दछ  र पाहुनाहरुलाई प्रत्येक घरका परिवाहरु
ले लैजाने गर्दछन् ।
साँझको समयमा १ घण्टा सास्कृतीक कार्यक्रम हुने समेत हुने गर्दछ । सास्कृतीक कार्यक्रममा  थारु समुदायको चर्चित लठ्ठी नाच, बोटे समुदायको झर्मुना नाच, जोगरा नाच र थारु रिमिक्समा समेत पाहुनाहरुलाई भरपुर मनोरञ्जान  दिने गर्दछन ।  उक्त गाउमा ४ वटा माछा पोखरी समेत रहेको छ । जसमा स्थानिय बोटे समुदायका मानिसहरुले माछा पालन गरी त्यहि समुदायमा नै विक्रि गरी आम्दानी गर्दै आएका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै