आधा असारसम्म १६ प्रतिशत रोपाईं

कृष्ण खनाल
बुटवल, १६ असार । 
असार महिनाको मध्य समय किसानहरुको धान खेतमा पानी टल्पलाउने,झम् झम् बर्षा हुने महिना हो ।  किसानहरुले खेतको काम सकेर धुलो हिलो पखाली असार १५ मा दही चिउरा खाएर  रमाईलो गर्छन्,  यो बर्ष खेतबारीमा पस्न नपरोस भनेर धोई पखाली गरी रमाईलो गरी आराम गर्ने समयमा रुपन्देही लगायत यस क्षेत्रका किसानहरुको आँखा आकाशमा हेर्देमा जाने गरेको छ । सिंचाहीको लागि सहज पहुँच नपुेका किसानहरुले पछिल्लो समयमा पानी कतिखेर पर्छ र धान रोपौला भनेर कुरेर बसेका छन् । 

मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिईन्छ तर  पर्याप्त पानी नपर्दा आकाशे पानीमा भर पर्ने किसानहरु चिन्तित भएका हुन । रुपन्देहीका अझै अधिकांश किसानले अझै धान रोप्न पाएका छैनन । दुई साताअघि सामान्य समयभन्दा एक साता ढिलो पूर्वको ताप्लेजुङबाट प्रवेश भएको मनसुन अझै मुलुकभर सक्रिय भइसकेको छैन । ९ असारमै मनसुन देशभरि फैलिए पनि राम्रोसँग वर्षा हुन सकेको छैन ।
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार अहिले रुपन्देहीमा मात्र १६ प्रतिशत रोपाई सम्पन्न भएको छ । कुनै स्थानमा किसानहरुले मोटरबाट पानी तानेर रोपाईं गरेका छन् । 
रुपन्देहीमा साना–ठूला २० वटा सिंचाइ आ
योजनाबाट रुपन्देहीको १२ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ । ५७ प्रतिशत जमिनमा वर्षायाममा मात्र र बाँकी ३१ प्रतिशतमा बाह्रै महिना आकाशे पानीको भरमा खेती गर्नुपर्छ । रुपन्देहीको कुल १ लाख ४१ ह्जार ३ सय ६७ हेक्टरमा ८२ हजार ६ सय २२ हेक्टरमा खेती हुदै आएको छ । जसमा ६९ हजार ६ सय हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांक छ ।
बाली विकास अधिकृत महत्राका अनुसार गत बर्ष रुपन्देहीमा ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो ।  उनी भन्छन्–‘उक्त तथ्यांकबाट प्रतिहेक्टर उत्पादकत्व ४.६ मेट्रिक टन रहेको छ ।’
रुपन्देही जिल्ला झापा पछि सबैभन्दा बढि धान उत्पादन हुने जिल्ला हो । यहा उत्पादन भएको धान जिल्लाका सबै उपभोक्ताहरुले  उपभोग गर्न पुगेर  करिव ३८ प्रतिशत धान अन्य जिल्लामा निर्यात समेत हुदै आएको छ । 
पछिल्लो समयमा कृषिमा बढ्दो आधुनिकीकरण संगै ट्रैक्टर, कम्बाईन हार्ड थ्रेसर, पावर ट्रिलर, सिड ड्रिल लगायतका आधुनिक उपकारण हरु प्रयोग बढ्दै गएको छ । गत बर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट नेपाल सरकारको अनुदानमा ३४ वटा पावर टिलर ५० प्रतिशत अनुदानमा किसानहरुलाई उपलब्ध गराईएको छ । त्यस्तै रिपर २ वटा ८० प्रतिशत अनुदानमा उपलब्ध गराईएको छ । यस बर्ष पनि जिल्ला कृषि विकास  कार्यालय रुपन्देहीले ४५ वटा पावर टीलर २५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । त्यस्तै ५० प्रतिशत अनुदानमा ७ वटा पावर टिलर उपलब्ध गराएको छ । त्यस्तै रोटावेटर १ वटा, पावर थे्रेसर १ वटा  ५० प्रतिशत अनुदान र सिड डिलर १ वटा ८० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । भने अझै ३० वटा पावर डिलर २५ प्रतिशत अनुदानमा उपलब्ध गराउने तयारी भैरहेको छ । 
त्यस्तै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले उन्नत विउ तर्फ ३० मेट्रिक टन धानको विउ ७५ प्रतिशतमा उपलब्ध गराएको छ । अन्य ३५ प्रतिशत अनुदानमा २ सय मेटिक टन राष्ट्रिय विउ विजन कम्पनी लिमिटेड मार्फत वितरण भएको जनाइएको छ । 
नेपालमा ६ वटा चैते धान र ५० वटा उन्नत धानको विउहरु रोपिने गरिन्छ । यसको साथै १८ वटा हाईब्रीड विदेशी धानको विउ दर्ता भएका छन् । रुपन्देहीमा उन्नत धानको जातमा राधा–४, रामधान, हर्दिनाथ–१, सावित्री, रामापुर, रामापुर मन्सीली, मन्सुली, साँवा, सावा मन्सुली, सावा मन्सुली सव–१, खरवा–३, सुनौलो सुगन्धा लगायतका धानका जात रोपीने गरिन्छ । 
त्यस्तै हाईब्रीड धानको जात  तर्फ गोखरनाथ–५०९,५०५, तारा, एराईज–६६४४, राजा, वि.वाई.–१८, २८, ६९ लगायतका धान रोपिदै आएको छ । 
नवलपरासीमा २० प्रतिशत 
नवलपरासीमा ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गर्दछ । नवलपरासीमा अहिलेसम्म २० प्रतिशत धान रोपाई सकिएको छ । नवलपरासीमा धान रोपाई हुने क्षेत्र मध्ये आधाआधि क्षेत्र आकाशे पानीको भरमा धान खेती गर्ने गरिन्छ । यस बर्ष गण्डक नदीमार्फत भारतीय पक्षले नेपाली नहरमा ढिलो पानी दिएका कारण पनि गण्डक क्षेत्रका किसानहरुले पनि बेलैमा धान रोप्न पाएनन् । नहरमा बैशाख १५ गते नै पानी छाड्नु पर्ने भए पनि भारतले असार लागेपछि मात्रै नहरमा पानी दिएको थियो ।

Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता