अर्गानिक बस्तु बजारीकरणमा समस्या

कृष्ण खनाल
बुटवल, ९ साउन । 
बुटवल उप–महानगरपालिका–१७ (साविक सेमलार गाविस)का किसान रामनाथ माली अर्गानिक खेती प्राणलि सुरु गरेका करिव ३ बर्ष भएको छ । ३ विघा जग्गा भाडामा लिई २६ लाख रुपैँया बैंकबाट ऋण जुटाएर  अर्गानिक खेती प्रणालि अबलम्बन गरेका छन् । 
खेतीपातिको लागि प्रयोग हुने आर्गानिक जैविक मलको लागि उनले आफ्नै गाई फार्म समेत सञ्चालन  गरेका छन् । माटोलाई सुधार गरी पुर्णतया प्राङ्गगारिक बनाउनको लागि उले २० वटा गाईबाट आएको मल मुत्र त्यहि माटोमा नै मिलाउदै आएका छन् । 
कुनै पनि  विषादी प्रयोग  नगरी उत्पादन गरेको तरकारी  कृषिक माली ले बुटवल थोक बजारमा अन्य  किसानहरुले जस्तै गरी होलसेलमा  नै विक्री गर्दै आएका छन् । उनी भन्छन्–‘केही  समय पहिला बन्दागोभीले भाउ पाएन,२ रुपैयाँ किलोमा विचे,  १० कठ्ठा तिते करेला लगाएको थिए, नविकेपछि  ३, ४ रुपैया किलोमा बचे, अहिले पनि ११÷१२  १२ रुपैया मा अहिले पनि करेला बेच्दै आएको छु । ’
अर्गानिक बस्तु उत्पादन गरी स्वच्छ विषादीरहित तरकारी खुवाउने अभियानमा लागेका यी किसान प्रतिनीधी पात्र हुन ।  अर्गानिक तरकारीको सेवान गर्नुपर्दछ भन्ने मानसिकताको विकास हुन नसक्दा अर्गानिक खेतीमा लागेका रुपन्देहीका अधिकांस किसानहरु  उचित मुल्य नपाउदा मर्कामा परेका छन् ।
विशिष्कृत कृषि बजारको अभाव र अन्य भन्दा केही केही महङ्गो पर्ने भ्रमका कारणले पनि अर्गानिक तरकारीले बजार पाउन नसकेको किसान रामनाथ मालीको भनाई रहेको छ ।  पुर्ण प्रसाद काफ्लेको ३५ कठ्ठा । झम बहादुर काउचाको ८ कठ्ठा । धन बहादुर थापाको १७  कटठा गरी  ३ विघा जग्गा भाडामा लिएर सुरु गरेका मालिले बार्षिक १ लाख २० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । 
केही बर्ष पहिला नवरत्न उच्च मावि सेमलारकोको जग्गा भाडामा लिएर खेती गरेको मालीले जैविक र अर्गानिक खेती गर्न  सुरु गरेका हुन । दिन प्रतिदिन रोग व्याधिले च्याप्दै लेगेपटि समाजलाई त्यसबाट छुटकरा गराउनको लागि आफुले अर्गानिक खेती प्राणाली सुरु गरेको बताउँछन् । 
उनी भन्छन्–‘अर्गानिक तरकारीको छुट्टै बजार छैन ,मैले पनि अन्य तरकारी जस्तै त्यस्तै तरकारी बजारमा लगेर बेच्ने हो । ’  खेती सुरु गरेको ३ बर्ष भएको र अवको १ बर्षमा नेपाल सरकारबाट नै अर्गानिक खेती प्राणाली गरेको प्राण–पत्र हाता पर्नसाथ केही बर्षमा नै बुटवलमा अर्गानिक तरकारी र अर्गानिक उत्पादनहरुको पसल खोल्ने तयारीमा लागेको मालीको भनाई रहेको छ ।  उनी थप्छन्–‘आज होईन, भोलीका दिनहरुमा आर्गानिकउत्पादनले बजार पाउँछ भन्ने सोँचको लागि खेती गरेको हो । ’ विस्तारै मानिसहरुमा अर्गानिक, स्वच्छ तरकारी तथा अन्य अर्गानिक उपभोग्य बस्तु उपभोग  गर्नुपर्दछ भन्ने धारणाको  विकास भएपछि आफ्नो बजारले पनि केही नाफा कमाउने उनको आशा छ । अघिल्लो आर्थिक बर्षमा करिव साढे १३ लाख रुपैयाँ खर्च गरेका उनले जम्मा आम्दानी  साढे ८ लाख मात्र गर्न सफल भए । अर्थात उनलाई  करिव ५ लाख घाटा लाग्यो । कारण अर्गानिक बस्तुले उचित बजार मुल्य पाएन । 
 १९ वटा गाई पालेका उनले अहिले पनि दैनिक ३० देखि ३५ लिटर दुध विक्रि गर्दै आएका छन् । केही समय पहिला करिव ५० देखि ६० लिटर दुध विक्रि गर्दै आएका थिए । २ वटा दुहुनो गाई,  ८ वटा गाई व्याउने  छन् भने अन्य साना बाच्चा बाच्छी उनले पाल्दै आएका छन् । 
अहिले सम्म पशुमा सरकारी क्षेत्रको एक रुपैयाँ पनि अनुदान पाएका छैनन् भने गत बर्ष  युवा लक्षित कार्याक्रम अनुसार तरकारीको विउमा  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट ६० हजार रुपैया अनुदान पाएका थिए । 
‘अनुदान भन्दा पनि किसानले उत्पादन गरेको अर्गानिक बस्तुले बजारमा राम्रो मूल्य पाउनु प¥यो, किसानलाई सस्तो ब्याजदरमा ऋण पाउनु प¥यो ।’–माली  भन्छन् । 
उनको रवि दुध तथा अर्गानिक कृषि फर्ममा ४ जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने अन्य समयमा अप्रत्यक्ष रुपमा ७ जना भन्दा बढिले रोजगारी पाएका छन् । परिवारका ४ जना परिवार १ छोरा, १ छोरी र श्रीमान श्रीमती पनि सोही फर्ममा समय दिदै आएका छन् । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा प्रशासन क्षेत्रका कर्मचारी रहेका मालीले व्यवस्थापन संकायमा स्नातक गरेका छन् भने छोरालाई प्लसटुपछि  मेडिकल लाईन र छोरीलाई ईन्जीनियरिङ्ग पढाउने सोँच बनाएका छन् । 
किसानको प्रमुख समस्यामा रहेको सिंचाही प्राणाली सुधार गर्नुपर्ने मालीको तर्क रहेको छ । भुमीगत सिंचाहीको लागि विद्युत विना संभव छैन । सहज रुपमा विद्युत  उपलब्ध गराउने, विउ विज सहुलियत रुप्मा प्रदान गर्नुपर्ने,  विदेशी विउ भन्दा पनि स्वदेशी विउ उत्पादन गरी बजारीकरण गर्नुपर्ने उनको तर्क रहेको छ । 
विदेशी महङ्गो विउ लगाउँदा आधा मात्र उम्रेनी समस्या रहेको उनको तर्क छ । किसानलाई राज्यले बेला बेलामा अर्गानिक खेती सम्बन्धी तालिमको व्यस्था गर्नुपर्ने, राज्यले अर्गानिक बस्तुलाई प्रोत्साहन गर्नुपर्ने, उत्पादनी बस्तुलाई  वजारीकरण गर्नुपर्ने अधिकांस किसानहरुको  माग रहेको छ ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै