कर दाताहरुमा उत्साह बढ्यो एक बर्षमा २ अर्व ५० करोड राजश्व संकलन

कृष्ण खनाल
बुटवल, ११ साउन । 
पछिल्लो समयमा कर तिर्ने बा
निको विकास हुदै गएको छ । व्याक्तिगत रुपमा पर्मानेट एकाउन्ट नम्बर लिनेहरुको संख्या समेत बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालय बुटवलमा अनुसार पछिल्लो समयमा  राष्ट्रलाई कर तिर्नुपर्दछ भन्ने बानीको विकास हुदै जाँदा पान नम्बर लिनेहरुको संख्या बढ्दै गएको  हो  । आन्तरिक राजश्व कार्यालय बुटवलमा प्रमुख शरदचन्द्र पौडेलका  अनुसार गत आर्थिक बर्ष २०७१÷७२ मा  ३२ हजार ५ सय ८ जनाले पान नम्बर लिएका छन् । सोही अवधीमा २  मूल्य अभिवृद्धि कर सम्बन्धी काम गर्ने (मुअक) काम गर्ने ५ हजार ९ सय  जनाले पान नम्बर लिएका हुन । भने १२ हजार २  सय ३१  जनाले स्थायी लेखा नम्बर लिएका छन्  । 
जिल्ला गत विवरण अनुसार रुपन्देहीमा १३ हजार ७ सय,  नवलपरासीमा ४ हजार २ सय ४,  पाल्पामा ७ हजार ७ सय ९० र  गुल्मीमा ६ हजार ८ स ३२ जना ले पान  नम्बर लिएका हुन ।  
रुपन्देही जिल्लाको बुटवल उपमहानगर पालिकाका सहित  ३ वटा नगरपालिका र ६ वटा गाविसहरु, नवलपरासीका  २ वटा नगरपालिका केही भाग र ५ गाविसहरु  र पाल्पा जिल्ला र गुल्मी जिल्लामा कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्याललेले गत आर्थिक बर्ष २०७१÷०७२ तर्फ २ अरव ५० करोड ६६ लाख ५५ हजार रुपैया संकलन भएको छ ।  जुन राजश्व संकलन  सोही अवधीको लक्ष्या भन्दा ११३.०४ प्रतिशत वृद्धि हो भने अघिल्लो आर्थिक बर्षको तुलmनामा  १२६.३० प्रतिशत बढि हो  । 
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख शरदचन्द्र पौडेलले विभिन्न समयमा सरकारले दिने कर छुट लगायतका स्कीमको कारणले गर्दा गत आर्थिक बर्षमा आन्तरिक राजश्व कार्यालयले बढि राजश्व संकलन गर्न सफल भएको हो ।  उनी भन्छन्–‘नेपाल सरकारले बेला बेलामा ल्याउने कर छुट लगाएका स्कीमको कारणले गर्दा पनि करदाताहरुमा उत्साह थपिएको  छ , जुन स्कीमहरु आगामी दिनमा पनि निरन्तरता आवश्यक छ ।’
अघिल्लो आर्थिक बषर्न ७१÷७२ मा जम्मा २ करोड ९३ लाख ३० हजार ७ सय ३५  रुपैयाँ राजश्व संकलन भएको थियो । जुन गत आर्थिक बर्षको तुलनमा अत्यान्तै न्युन हो । 
आन्तरिक राजश्व कार्यालय बुटवलले कर छली भए नभएको बारे विभिन्न समय समयमा बजार अनुगन गर्दै आएको छ । यसको अलवा करको दायरमा आउने तर  राजश्व नतिर्ने करदाताहरुको लागि पटक÷पटक पत्रचार गरी कर सहभागीता जनाउनको लागि आग्रह गरेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
नव निर्मित आन्तरिक राजश्व कार्यालय बुटवलको भवन ।  तस्वीरः कृष्ण खनाल÷ बुटवल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै