मोवाईलबाटै खेतीपातीका कुरा

कृष्ण खनाल
बुटवल, १३ साउन ।
तपाईं विभिन्न किसिम बाली रोप्दै हुनुहुन्छ ? वा बालीनालीमा रोग÷किरा लागेर सताईरहेको पो छ की ? या कुनै विज्ञसंग वालीनालीको विषयमा सल्लाह पो लिनु पर्ने हो ? यदि यी र यस्तै जिज्ञासा मन भित्र कुण्ठाईरहनुभएको छ भने तपाईको लागि खुसीको कुरा छ । 
यस्तै प्रकारको सल्लाह सुझाव लिनको लागि अव तपाईं न त कुनै सरकारी कार्यलयमा नै धानुपुपर्ने छ नत कुनै प्राविधिकलाई भेट्नु पर्ने छ । तपाईको मोवाईल नै काफि भैसकेको छ । तपाईको आफ्नै मोबाईलको  एक क्लीक मा नै यि र यस्ता जिज्ञासको समाधान पाउनुहुने छ । 
बढ्दो प्रविधिको विकास संगै नेपाल सरकार र अन्य विभिन्न संघ संस्थाहरुले किसानहरुलाई नै लक्षित गरेर विभिन्न नामका ‘कृषि एप’ हरु ल्याएका छन् । जुन एप तपाईंको मोवाईलमा ईनीष्टल गरेपछि सारा जानकारी घरमा नै बसिबसी थाहा पाउनुहुनेछ । जसको लागि साधारण मोवाईल होईन एन्ड्राईड भर्सनको (स्मार्ट फोन) मोवाईले भने आवश्यक पर्दछ । 
नेपाल सरकार कृषि सुचना व्यवस्थापन प्राणालीले हालै ‘एम किसान’ नामको कृषि एप लन्च गरेको छ भने त्यो भन्दा पहिला नै ‘स्मार्ट कृषि र किसान घर ’ नामका विभिन्न् कृषि एप समेत लन्च भईरहेका छन् । 
जसको सहायतलो किसानहरुले सम्पुर्ण जानकारी त्यहि एपबाट नै लिन सक्दछन् । एक पटक  नेट भएको स्थानमा गएर मोवाईलमा ईन्स्टल गरेपछि केही समयको लागि त्यहा राखिएका कुराहरु पढ्न मिल्छ भने केही समय पछि पुन नेटभएको स्थानमा गरेर अपडेट गरेमा थप नयाँ जानकारी किसानले पाउन सक्छन् । 
नेपालको पहिलो कृषि सम्बन्धी एप निर्माण कर्ता ‘स्मार्ट कृषि’ का संस्थापक तथा एप डेभलपर अनिल रेग्मीका अनुसार स्मार्ट कृषि एप बाट किसानहरुले आफुले चाहेको समयमा  सम्पूर्ण जानकारीहरु घरमा बसी बसी नै लिन सक्छन् । 
उनी  भन्छन्–‘किसानहरु बिचौलिया को समस्याले गर्दा उचित मूल्य नपाएर मर्कामा परेको, कृषि उपज हरु सडक मा ल्याएर फालेर बिरोध गरेको विभिन्न समयमा संचार माध्यममा आइराखेको हुन्छ ।’ किसानलाई सत्य तथ्य जानकारी दिनको लागि समेत एपको सुरुवात गरिएको हो ।  
करिव १ महिना अध्यन गरर बागवानी विशेसज्ञ शिव अधिकारी, अमेरिकामा किरा सम्बन्धि अध्यन गरेका डा. झालेद्र रिजालको सल्लाह सुझावमा एप बनाउने काम सुरु गरिएको उनको भनाई रहेको छ । जुन कार्यमा सुदिप सिंह, दीप्ति अधिकारी, निरन्जन पाण्डेले सहयोग गरेका छन् । 
ईलेक्ट्रानिक्स ईन्जीनिरिङ्ग विषय सक्काएर बसेका उनले आफुले विकास गरेको एपको विषयमा बुटवल टुडे लाई जानकारी दिदै भने –‘ स्मार्ट कृषि एपमा व्यवसायीक कृृषि, पशुपालन सम्बन्धि जानकारी लाई प्राथमिकतामा राखेको छ। ’  उनले थपे –‘ अहिलेसम्म च्याउ खेति , बाख्रापालन, बंगुरपालन, माछापालन भेंडे खुर्सानी खेति, अनार खेति, मेवा खेति आदि समेटिएको छौ ।’
खेती र पशुपालन सुरु गर्नु अघि बनाईने योजना देखि बजारमा पुर्याउने बेला सम्म को सम्पूर्ण प्रकियाको चित्र सहित संछिप्त जानकारी स्मार्ट कृषि एप मा पाउन सकिन्छ ।  एसबाट व्यवसायीक कृषि गर्न चाहने तर के चाही गर्दा ठिक हुन्छ भनेर ठोस निर्णय लिन नसकेका मानिसहरुलाई सोही अनुसारको योजना बनाउन सहायोग मिल्ने अपेपक्षा एप डेभलपरहरुको रहेको छ । 
उक्त एपमा कृषक संजालमा कृषक, कृषिका बिशेसज्ञहरु, कृषिका बिद्यार्थी अनि बैज्ञानिकहरु समेत आवद्व रहेका छन् । 
संजालमा दर्ता भएका जो कसैले पनि कृषि सम्बन्धि केहि जिज्ञासा वा अनुभव राख्न सक्नेछन्  जसमा अरु ले कमेन्ट गर्ने बेबस्था हुन्छ ।  एसको मुख्य फाइदा भनेको कुनै पनि एउटा कृषकको समस्या अर्को कृषकले समाधान गर्न सक्छ, पोस्ट भएका कुरा हरुको प्रभावकारिता को लागि बैज्ञानिक वा कृषि बिशेसज्ञ को समूहले त्यहाँ भएका कुराहरु सम्पादन गर्नेछन् ्र दैनिक प्रयोगकर्ताहरु धेरै भन्दा धेरै पुगेपछि त्यो सेवा प्रभावकारी हुने एप निर्माताको भनाइ छ । 
अहिले सम्म ७३ सय भन्दा बढिले उक्त एप डाउनलोड गरेका छन् । स्मार्ट कृषि एपमा कृषकले आफुलाई चाहिने मल बिउको लागि आफ्नो नजिकैको एग्रो –भेट, विभिन्न कृषि प्रयोगशालाहरु, कृषि क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी सँस्थाको सम्पर्क नम्बर अनि ठेगाना सजिलै पाउन सक्छन्र एपको अर्को ाभबतगचभ भनेको कृषि उपज को किनबेच गर्ने सेक्शन हो जहाँ कृषि फार्म भाडामा लिनु दिनुको साथै सबै खालका कृषि उपज अनि उपकरण किन बेच गर्न सकिन्छ । 
कृषक हरुको लागि काम लाग्ने जानकारी हरु भएको कृषि लाइब्रेरी पनि एपमा छ ।  जहाँ फलफूल तथा मसलाहरुकोको पौष्टिक गुणहरुको जानकारी, विभिन्न स्वास्थ्य मुलक जानकारीहरु, घाँस खेति प्रबिधि, स्थानीय स्तरमा दाना उत्पादन गर्ने बिधिहरु, विभिन्न रोगहरुको घरेलु उपचार गर्ने बिधि,अर्गा्निक खेति, मल बनाउने बिधि,विभिन्न पशुरोगहरु सम्बन्धि अनुसन्धान लेख जस्ताथुप्रै जानकारीहरु  लिन सक्छन् । कृषि सम्बन्धि नयाँ नयाँ समाचार को साथै सफलता अनि असफलता का कथा हरु पनि यि विभिन्न एपमा  संलग्न गरिएको हुन्छ । देशका प्रमुख शहरको तरकारी, मासुजन्य पदार्थ अनि खाद्यान्न को दैनिक मूल्य विवरण लिन सकिन्छ । 
यता,  अर्को  कृषि सम्बन्धी एप  ‘कृषि घर’ निर्माण गुप्रपका विद्यार्थी मध्ये अनिश श्रेष्ठले आईसीटी ईन एग्रीकल्चर नेपाल(काठमाण्डौ) नामक संस्थामा आवद्व भएका ति विद्यार्थीहरुले अन्य गेम र मनोरञ्जनपूर्ण एपको सट्टा किसानहरुको लागि बहुउपयोगी एप्लीकेशनको रुपमा आफुहरुले तयार पारेको जानकारी दिए  । 
उक्त एप डान्लोड गर्नको लागि एनड्रोईड मोवाईल भर्जन भने अनिवार्य हुन पर्छ ।  गुगुल स्टोरमा गएर अंग्रजी अक्षरमा कृषि घर टाईप गरेपछि देखाउने एप अप्सनमा गएर उक्त एप डाउलोड गरी कृषकले अफलाईन मुड अर्थात नेटवर्क नभएको समयमा समेत जानकारीलिन सकिन यप निर्माण कर्ता गुप्रका एक विद्यार्थी हृदय कण्डेलले जानकारी दिए । काठमाण्डौमा रहेको सेन्टजेभियस कलेजका विएससीआईटी समुहका ७ जना विद्यार्थीहरुले किसानहरुलाई बालिनालीमा लाग्ने रोग, सरकारले दिने सेवा सुविधा तथा वालीनाली, पशु चौपायामा लाग्ने रोगको दिनको साथै सरकारी कार्यालयहरुको सम्पर्क नम्बर सहितको ‘एप’ बजारमा ल्याएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै