कर्मचारीलाई ट्रयालमा मस्तीः सेबाग्राहीलाई सास्ती

कृष्ण खनाल
बुटवल, २८  असार । 
बुटवल–१५ बेलबासका तुलसी खनाल आईतबार दिउँसो करिव १ः२४ बजे मोटरसाईकलको राजश्व बुझाउनको लागि यातायात व्यवस्था कार्यालय सवारी चालक  अनुमती पत्र लुम्बिनी अञ्चल कार्यालय बुटवल–१० सुख्खानगरमा गए । राजश्व बुझाउने झ्यालको  नजिकै सुचना टाँसीएको थियो ‘ राजश्वः आईतबार देखि विहिवार सम्म १० बजे  देखि २ बजे सम्म, सुक्रबार १० देखि १२ बजे सम्म’ तर  दिउसो करिव १  बजेर २४ मिनेट जाँदा झ्यालमा पुगेका उनलाई कर्मचारीले राजश्व बुझन मानेन् ।
 राजश्व बुझ्नको लागि भनेर बसेका कर्मचारीले भने–‘यतिखेर आउने, बुझीदैन तपाईको जानुस् ।’ ‘बाहिर  सूचनामा दिउँसो २ बजे सम्म लेखेको छ है किन बुझ्ने ? भनेर खनाले  प्रश्न गर्दा  कर्मचारीले उल्टै प्रतिबाद गर्दैै भने–‘बढि नबोल्नुस, अरुको पनि लिएको छैन ।’ 
खनाल मात्र होईन चितवनको पुलचोक नारायणगढबाट राजश्व बुझाउनको लागि  दिउसो करिव १ः ३० बजे कार्यालयमा गएका उत्तम थापालाई पनि कर्मचारीले काम गर्ने मान्छे नभएको भन्दै  फिर्ता पढाईदिए । उनी जस्तै नवलपरासीबाट आएका कमल बहादर शोमै को पानि कागजपत्र रुजू गरेपनि राजश्व बुझ्न मानेन्न । उनी भन्दै थिए–‘२ बजे सम्म राजश्व बुझ्ने लेखेको छ , तर साढे १ बजे सम्म टोकन मात्र दियो, अव भोली आउनुस भनेको छ ।’ 
उनी जस्तै करिव ५० जना सेवा ग्राही कर्मचारीकै  कारण फिर्ता





भएका थिए । कार्यलयमा संवाददाता पुग्दा विहान नै बुझेका  काजपत्र मिलाउनको लागि भन्दै कर्मचारीहरुले अन्य सेवा ग्राहीहरुको राजश्व नलिएको बुटवल–१५ बेलबास बाट आएका अर्का सेवाग्राही प्रकाश खनाल ले भने । उनले भने–‘साढे १ तिर जाँदा पनि आज बन्द भयो भोली आउनु भन्दै फिर्ता पठाए ।’ उनले थपे–‘बाहिर सूचनामा लेखेको कुरा गर्दा उल्टै थर्काए ।’
यता, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती–पत्र लुम्बिनी अञ्चल कार्यालयकी निमीत्त प्रमुख उर्मिला गुवाजुले आफु ट्रायलमा गएको कार्यालयमा नभएकाले कर्मचारीले धेरै सेवा ग्राहीहरु आएको कारण  दिक्क मानेर त्यस्तो गरेको हुन सक्ने बताईन् ।  कुराकानीमा उनले भनिन्–‘आज धेरै सेवाग्राही आएको रैछ १÷२ जनलाई  भिडभाड भएकाले  पनि त्यस्तै हुन सक्छ ।’ उनले आफु दिनभरसवारीको ट्रायलमा भएको र यस विषयमा बुझ्न कार्यालयमा जाँदा कर्मचारीहरुले आफुहरुले  राजश्व लिईरहेको जानकारी गराएको बताईन । ‘कसैकसैलाई कर्मचारीले त्यस्तो गरेको हुन सक्छ, सबैलाई होईन ।’ 
तस्वीरः
कार्यलयमा दिउँसो १ः२४ बजे जाँदा राजश्व बुझ्न नमानेको कागजपत्र देखाउदै सेवाग्राही(दायाँ), झ्यालमा टाँसीएको सुचना (बायाँ) जसमा दिउसो २ बजे सम्म राजश्व लिने लेखिएको छ । तस्वीरः कृष्ण खनाल÷बुटवल  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै