‘आहाल’ बन्यो फोर लेन सडक

कृष्ण खनाल
बुटवल, १९ असार ।
 नमूना सडकको रूपमा

निर्माणाधीन बुटवलको फोर लेन सडक ‘हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे’ हुने कुरा सामान्य होईन । निर्माणधीन रूपमा रहेको केही अंश निर्माण पुरा भएपनि त्यसको उचित सम्बद्र्धन गर्न नसक्दा स्थानीयहरूले बर्षातको बेला झनै सास्ती व्यहोर्नु परेको छ । 
कारण ढलको पानी । सडक निर्माण गर्दा ढललाई उचित किसिमले सफाई नै नगरि ‘स्ल्याब’ राखिएको कारण बुटवलका विभिन्न स्थानमा अहिले ढलमय बनेका छन् । सडकको पानी तर्काउनको लागि भनेर निर्माण गरिएको ढल थुनिँदा ढलको सबै फोहर सडकमा आउँदा कतिपय स्थानमा दुर्गन्ध समेत फैलिएको छ । 
बुटवलको ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौरहा लगायतका स्थानहरूमा निर्माण गरिएको ढल सफाई नगरिँदा ढलको पानी सडकबाट नै बग्ने गरेको छ । जसको कारण एकातर्फ सडक प्रयोग गर्ने पैदल यात्री तथा सवारी चालकहरूले सास्ती व्यहोर्नु परेको छ भने अर्को तर्फ तिब्र गतिमा सडकबाटै बग्ने ढलको पानीले असर पार्ने गरेको कारण सडकको आयु समेत घट्ने गरेको सरोकारवालाहरूले बताएका छन् । शनिवार बुटवलको मिलनचोकबाट ढल थुनिएर बाटोबाटै ढल बग्दा राजमार्ग चौरहा सम्म पनि दुर्गन्ध फैलिएको थियो । 
बुटवल क्षेत्रमा निर्माणधिन फोर लेन सडकको निर्माणधीन काम अन्तिम चरणमा पुगेको छ भने बुटवल बेलहीया सिक्सलेन सडकको दोस्रो चरणको काम अहिले जारी छ भने तेस्रो प्याकेज अहिले सम्म सुरु हुन सकेको छैन । बुटवलको सिक्स लेन सडक बुटवलको ट्राफिक चोक देखि राजमार्ग चौाह सम्मको सडक सडक डिभिजन कार्यालय बुटवल–४ लाई ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छ । तर उक्त सडकको ढलको व्यवस्थापन कस्ले गर्नै भन्ने विषयमा कुनै निकाय जिम्मेलवार बनेको छैन । यस विषयमा सडक डिभिजन कार्यालय बुटवलका प्रवक्ता तथा ईन्जीनियर धनी राम चौधरीलाई पटक–पटक सम्पर्क गर्दा समेत फोन उठाएनन् । अन्तिममा उनले आफ्नो मोवाईल अफ गरेका थिए । 
२०६५÷०६६ मा सर्वे भई २०६६÷०६७ मा युनाईटेड–लुम्बिनी–कान्छारामले संयुक्त रूपमा बुटवल राजमार्ग चौराहादेखि ट्राफिकचोक सम्म २.०९ किमी सडक ११ करोड १६ लाख २० हजार रूपैयाँमा २०६८ श्रावण १८ गते सक्ने गरी ठेक्का पाएको थियो । जुन निर्माण कार्य पुरा भएको छ । योजनाको कुल लागत १३ करोड ३० लाख ६४ हजार पु¥याईएको थियो । 
दोस्रो प्याकेज अन्तर्गत बुटवलको पुष्पलाल पार्क देखि तिनाउ पुल सम्म ०.७ किलोमिटर सडकको निर्माण कार्य भइरहेको छ र बुटवलको राजमार्ग चौराहादेखि पूर्व बुटवल औद्योगिक क्षेत्र सम्मको सडक पनि सिक्स लेनको रूपमा विकास गर्ने काम थालनी हुन सकेको छैन । 
यो सडक करिब १० वर्ष टिकाउ हुने प्राविधिकहरूको भनाइ भएपनि ओभरलोड र सडक क्षमता भन्दा बढी टनका सवारी साधनहरू ओहोर दोहोर भएमा दुई, तीन बर्षमै पनि भत्किन सक्ने छ ।
२५ गज र २५ मिटरको नियमले गर्दा कतिपय ठाउँमा ७५ फुट र कतिपय ठाउँमा ८२ फुटको सडक निर्माण गर्न परेपनि ऐनमा सिक्स लेन सडक बनाउँदा २५ मिटरनै कायम गर्नुपर्ने प्रवधान रहेको छ ।
 बुटवलको निर्माणाधीन सिक्स लेन सडकको दोस्रो प्याकेजको लागि २०६७ ÷०६८ मा ठेक्का पट्टा भएको र लुम्बिनी÷ कान्छाराम रायमाझी कन्ट्रक्सनले २०७० असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी १० करोड ४० लाख ४६ हजार रूपैयाँमा ठेक्का पाएको भएपनि यो लागत बढेको छ र अझै सकिएको छैन् । सिक्स लेन सडकको फुटपात देखि बाहिरको १०÷१२ मिटरको खाली जग्गालाई व्यवस्थित गर्ने, वीच भागमा रहेको डिभाईडरलाई व्यवस्थित गर्दै त्यहाँ सडक लाईटिङ्ग बोर्ड राख्ने, कतै बगंैचा बनाउँने योजना भने अझै बाँकी रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै