परिश्रमी किसानलाई अनुदान


कृष्ण खनाल
बुटवल,३१  असार । 
 पैसा कमाउनको लागि विदेश नै जानु पर्छ भन्ने छैन । जसको लागि स्वदेशमा  नै आफ्नो जग्गा नभएर कसैको जग्गा भाडामा लिएर हुन्छ वा आफ्नै खेत बारीलाई कृृषि पेशा अलम्बन गरी  रुपन्देहीका हजारौ किसानहरुले राम्रो आम्दानी गरेका छन् । उनीहरुले आफ्नो आम्दानीको पाटोलाई बलियो मात्र बनाएका छैन्न  जिल्ला कृषि विकास कार्यालयबाट अनुदान स्वरुप उपकरण खरिद, विउ विजन खरिद लगायत विभिन्न शिर्षकमा अनुदान समेत पाउने गरेका छन् । यस आर्थिक बर्षको अन्त्य सम्म रुपन्देहीका जिल्ला कृषि विकास कार्यालयबाट एकिकृत वाली विकास तथा व्यस्थापन कार्याक्रम अन्र्तगत १२ वटा कृषिक समहु तथा कृषिकहरुले पावर टेलर मेसिन प्रति पावर टेलर ८० हजार रुपैया अनुदान भएका छन् । सोही कार्याक्रम अन्र्तगत १ वटा कृषक समुहले रोटाभेटर मिशिन, १ वटा उपभोक्ता समुहले थे्रेसर मेसिन, सिड ड्रिल मेशिन एक वटा, रिपर मेशिन १ वटा धान दाउने थ्रेसर मेसिन १ वटाको लागि अनुदान  पाएका छन् । 
जसमा  सिड ड्रिल मेसिनको लागि ६५ हजार, रिपरको लागि ६५ हजार र धान दाउने थ्रेसरको लागि पनि ६५ हजार अनुदान  किसानले प्राप्त गरेका हुन । युवा लक्षित कार्याक्रम अन्र्तगत १४ जना किसानले व्यवसायीक तरकारी उत्पादनको ६० हजाका दरले अनुदान प्राप्त गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत जय बहादुर महत्राका अनुसार स्प्रिङ्गकलर÷थोपा सिंचाही जडानको लागि १ जना किसानले १० हजार अनुदान पाएका छन् । उनका अनुसार अति विपन्न युवा लक्षित कार्याक्रम अन्र्तगत ६७ जना  किसानहरुलाई ५० हअजार रुपैयाँको काक्रो,  फर्सि, भिण्डी, लौका,घिरौला र किट विषाधी  वितरण गरिएको छ । 
साथै  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट एकिकृत बाली तथा जल व्यवस्थापन कार्याक्रम अन्र्तगतको भकारो सुधार प्रर्दशन अनुदान २० जना किसानहरुलाई प्रति किसान ५ हजारको दरले १ लाख अनुदान स्वरुप प्रदान गरिएको छ । 
त्यस्तै व्यवसायीक बिज बृद्धि सहयोग तथा सुदउढिकरण आयोजना अनुदान शिर्षक अन्र्तगत एक कृषक  समुहलाई विउ विजन गोदाम घर निर्माण तथा व्यस्थापनको लागि ३ लाख रुपैया अनुदान प्रदान गरिएको छ । त्यस्तै,  कृषि यन्त्र पावर टिलर अनुदानमा प्राप्तिका लागि ७० जना किसानहरुलाई लागि कृषि ईन्जिनियरिङ्क निर्देशनालयमा सिफारिस गरिएको छ । युवा लक्षित तरकारी उत्पादन कार्यक्रमको लागि प्रति किसान ६० हजारका दरले ६० जना किसानलाई अनुदान प्रदान गरिएको छ । 
युवा लक्षित च्याउ खेती व्यवसाय सञ्चालनको लागि चालु आर्थिक बर्षमा १ सय २३ जना आवेदन प्रापत गरेकोमा ४० जना किसानहरुलाई व्यवसायी च्याउ खेतीको लागि ४० हजार प्रतिक  किसान प्रदान गरिएको छ । युवा लक्षित अन्र्तगत नै मौरी पालन व्यवसायको लागि १

सय १० जना किसानहरुले आवेदन पेश गरेकोमा ४० जना किसानलाई १ लाख ८० हजार रुपैयाका दरले अनुदान प्रदान गरिएको हो ।
साना सिंचाई, सहकारी खेती तथा मल वीउ ढुवानी कार्यक्रम अन्र्तगत बोर पम्पसेट १ सय १७ वटा किसान समुह, किसान,लाई प्रदान गरिएको छ । 
यस्तै जिल्ला कृषि विकास कार्यलयले किसानहरुले उत्पादन गरेको तरकारी तथा अन्य अनाज विक्रि वितरणको लागि सहजता प्रदान गर्नको लागि  कृषि सेड समेत निर्माण गरिदिएको छ । रुपन्देहीका विभिन्न हाटबजारहरुमा यसरी सेड निर्माण गरिएको हो । 

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको अनुदानमा निर्माण भएको कम्पोष्ट मल निर्माण केन्द्र । तस्वीरः सौजन्य जिल्ला कृषि विकास कार्यालय 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै