नगरपालिका द्वारा ‘टुक्रे आयोजनामा’ बढि खर्च

कृष्ण खनाल
बुटवल, १५ भदौ । 
–सुकुम्बासी र अव्यवस्थित बसोबास 
–सार्वजनिक जग्गा संरÔणमा कठिनाई
–बढ्दो शहरीकरण र बस्ती विकास
–खानेपानी व्यबस्थापन
–सडक बत्ती व्यबस्थापन
–भु–Ôय, पहिरो नियन्त्रण र नदी कटान
–बिग्रका कालोपत्रे सडक मर्मत 
–नगर स्वास्थ्य केन्द्रको संचालन व्यवस्थापन
–नदीजन्य पदार्थको अभाब
–ठूला योजना कार्यान्वयनमा समस्या
–योजना प्राथमिकीकरण
–योजना र कार्यक्रमलाई पूर्णता दिन नसकिनु (टुक्रे योजना)

माथि प्रस्तुत गरिएका विववरण बुटवल नगरापलिका भित्र रहेका विद्यमान समस्यहरुका केही अंस हुन् ।  यो समस्याहरुको  सुची कुनै एनजिओ या आईएनजिओ ले तयार पारेको नभई बुटवल नगरपालिका आफैले तयार परेको छ । 
आईतबार बुटवल नगरपालिकाद्वारा  आर्थिक बर्ष २०७०÷७१ को बार्षिक प्रगति विवरणको समिक्षा बैठकमा नगरापलिकाका बरिष्ठ लेखा अधिकृत शिव नारायण शाहले प्रस्तुत गरेका हुन । उनले प्रस्तुत गरेको यि समस्या तथा चुनौतीको विवतराण प्रतिनिधि विवरण हुन् । नगरपालिका भित्र सरकारी आँखाले देखेका यि समस्याहरु भएपनि सयौ संख्यामा समस्याका पोका र  चुनौतीहरु रहेका छन् । 
गत आर्थिक बर्षमा नगरपालिकाले “सबल आर्थिक केन्द्र,समुन्नत बुटवल” नारा दिएर   विभिन्न ६ वटा क्षेत्रगत उद्देश्यहरु निर्धारण गरेको थियो । नगरपालिका अन्र्तगत शिक्षा सेवा केन्द्र ,स्वास्थ्य सेवाकेन्द्र, संचार केन्द्र, यातायात सेवा केन्द्र, पर्यटकीय विश्राम स्थल, उद्योग, बाणिज्य र व्यापार केन्द्र क्षेत्रगत उदेश्यमा रहेका छन् । 
बुटवल नगरपालिकाले गत आर्थिक बर्षमा आन्तरिक स्रोतबाट १० करोड ४९ लाख ६९ हजार ६ सय ९१ रुपैया  आम्दानी गर्ने लक्षय लिएकोमा १० करोड ६२ लाख ९५ हजार  ७ सय ४७ रुपैया आम्दानी गरेको छ ।  नगरापलिकाले १०१.०२ प्रतिशत प्रगती गरेको विवरण पेश गरेको छ । त्यस्तै बाह्य  आम्दानी तर्फ ३३ करोड ४६ लाख ९० हजार १ सय ७४ रुपैया अनुमानित गरेको मा कुल २७ करोड ८८ लाख ९८ हजार १ सय २ रुपैया यर्थाथ आम्दानी गरेको छ । 
जति मात्रमा नगरपालिकाले आम्दानी गरेको  छ सोही अनुपातमा योजनाहरुमा खर्च नगरेको नगरबासीहरुको गुनासो रहेको छ । नगरपालिकाले बढि प्रथमिकको क्षेत्र भन्दा पनि अन्य क्षेत्रमा खर्च गरेको नगरवासीको साझा गुनासो हो ।
 हिउदो बेला धुलाम्य र बर्षातको बेला हिलाम्मे बन्ने सडको कारण कायौ नगरवासीहरु विरामी पर्ने गरेका छन् । ढलको पानी पसल तथा घरमा पस्दा नगपालिका निरह भएर रमेता हेर्ने गरेको पनि नगरवासीहरुको गुनासो रहेको छ । 
नगरपालिकाले गत आर्थिक बर्षमा आन्तरिक आय तर्फ सेवा शूल्कमा २ करोड १४ लाख १५ हजार २ सय १५ रुपैया आम्दानी गरेको छ भने स्थानीय कर बाट ४ करोड ९५ हजार ३ सय ९१ रुपैया आम्दानी गरेको छ ।  त्यस्तै दस्तुर तर्फ २ करोड ८०  लाख ८४ हजार ८ सय ३ रुपैया, स्रोत परिचालन तर्फ १० लाख २ हजार १ सय ७७ रुपैया, सावा व्याज तथा लभांसबाट १ हजार ६ सय ४ रुपैया आम्दानी गरेको छ । त्यस्तै अन्य आय तर्फ १ करोड ५७ लाख ६ हजार ५ सय ५७ रुपैया आम्दानी गरेको छ । 
बाह्य आम्दानी स्रोत तर्फ नेपाल सरकारबाट अनुदान ११ करोड ५३ लाख ९८ हजार ८५ रुपैया, जि.वि.स.राजश्व बाँड फाँडबाट ४६ लाख ७९ हजार ८ सय ८० रुपैया आम्दानी गरेको छ । त्यस्तै जि.वि.स.योजना अनूदानबापत ३४ लाख ७५ हजार ९ सय ५५ रुपैया, अन्य ऋण तथा अनुदान बापत ३ करोड ४४ लाख २३ हजार ६ सय ६४ रुपैया आम्दानी गरेको छ । 
नगरपालिकाले भौतिक निर्माण तर्फ  सिंचाई तथा नदी नियन्त्रण अन्र्तगत नदी नियन्त्रण तटबन्धको लागि ३७ लाख १५ हजार ३ सय ६९ रुपैया खर्च गरेको छ । विद्युत र जलविद्युत तथा बैकल्पिक उर्जा अन्र्तगत विद्युत पोल खरिद तथा टान्र्सफर्मर जडानको लागि ३ वटा ६५ हजार ४  सय ५७ रुपैया खर्च गरेको छ । त्यस्तै सौय उर्जाको लागि ७१ वटाको ४ लाख ७७ हजार ५ सय रुपैया खर्च गरेको छ । 
त्यस्तै खानेपानी तथा सरसफाई अन्र्तगत खानेपानी पाईप विस्तारको लािग १ हजार ८ सय २१  किलोमिटर पाईप विस्तारको लािग ८ लाख ५ हजार ३ सय ८१ रुपैया खर्च गरेको छ । त्यस्तै खानेपानी टयांकी तथा अन्य निर्माको लागि ३ लाख २१ हजार ८ सय ३० रुपैया खर्च गरेको छ । बोरिङ्ग, टिप बोरिङ्ग निर्माणको लागि ४ लाख रुपैया, सरसफाई अन्र्तगत  ३ वटा शौचालयको लागि १० लाख २९ हजार ५ सय ५४ रुपैया, नाली १० किलोमिटर निर्माणको लागि २० लाख ७४ हजार ३ सय ८६ रुपैया, नाली सरसफाई कार्यक्रम ४ वटा नालीको लागि ७ लाख १३ हजार ६ सय ७७ रुपैया खर्च गरेको छ । 
त्यस्तै वातावरण तर्फ ३ वटा वातावरण निर्माणको लागि भन्दै १६ लाख ४२ हजार ५ सय १२ रुपैया खर्च गरेको छ । त्यस्तै सार्वजनिक जग्गा संरक्षण तथा तारबार १ वटा स्थानको लागि ३ लाख ५० हजार ४ सय ७४ रुपैया खर्च गरेको छ । 
भवन  शिर्षक अन्र्तग गाविस कार्यालय ३ वटा निर्माणका लागि १७ लाख १० हजार ४६ रुपैया खर्च गरेको छ । निर्माणाधीन ५ वटा सामुदायिक भवन निर्माणको लागि ६८  लाख ११ हजार रुपैया, स्वाथ्य चौकी निर्माणको  लागि २० लाख ५७ हजार १ सय ८० रुपैया, अन्य फुटकर योजना निर्माणको लागि ३८ लाख ५६ हजार ३ सय ६० रुपैया खर्च गरेको छ । शिक्षा तथा सँस्कृती अन्तएगत धार्मिक  तथा पुरातात्तिवक स्थालको संरक्षण तथा निर्माणको लागि ८४ हजार ८१ रुपैया खर्च गरेको छ । 
लक्षीत बर्ग अन्र्तगत आयआर्जन तथा स्वरोजगारमूलक, सीप, क्षमता विकास तथा तालिम ,महिला पिछडिएको वर्ग र अपाङ्ग शसक्तिकरणको लागि ९ लाख ७४ हजार ३ सय ७२, ९ लाख ५४ हजार ९ सय ६६ रुपैया,  र ११ लाख ४६ हजार ६ सय ७९ रुपैया खर्च गरेको छ । जसबाट कुल ८ हजार ८६ जना मानिसहरु लाभांवित भएको नगरपालिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  
नगरपालिकाले २ सय ७७ वटा टोल विकास संस्था  गठन गरेको छ भने ४ वटा वडामा  सामाजिक परिचालन लागु  गरेको छ । त्यस्तै ४ वटा वडामा वडा नागरिक मञ्च  गठन गरेको छ भने  वडा नागरिक मञ्चमा १ सय जना मानिसहर सहभागी भएका छन् । ४ वटा  नागरिक सचेतना  केन्द्रमा १ सय १०  जना सहभागी रहेका छन् । नगरपालिकाले अहिले सम्म ६० वटा बाल क्लव विद्यालय स्तरमा गठन गरेको छ । 
४७ जनाको वेवारिसे सव व्यवस्थापन, १५० वटा मृत पशु चौपाया व्यवस्थापन, ४५ वटा छाडा पशु नियन्त्रण तथा व्यवस्थापन  र ६ वटा बृक्षारोपण सडकहरुमा वृक्षरोपण समेत गरेको आफ्नो प्रतिवेदनमा मा उल्लेख गरेको छ । 
यि काम गरेको नगरपालिकाले कार्यसम्पादन मुल्यांकन प्रतिवेदनको आधारमा  लगातार  दोस्रो पटक प्रथम स्थान हासिल हुनुलाई उपलब्धीको रुपमा लिएको छ । त्यस्तै एकरुअल एकाउन्टन सिस्टम,  विकास निर्माणमा जनसहभागिता वृद्धि भएको , सहभागितामूलक सौर्य उर्जा सडक बत्ती जडान गरेको , भवन निर्माण सँहिता कार्यान्वयन भएको, शून्य बेरुजु रहेको, निजि तथा समुदायमा आधारित सरसफाई व्यवस्थापन भएका, टोल विकास सस्थाको सक्रिय सहभागीता भएको कुरालाई उपलब्धीको रुपमा राखेको छ । 
त्यस्तै आर्थिक कारोवार पुर्ण कम्प्युटराइड गरेको, कार्यालय परिसरमा सि.सि.टि.भि. जडान गरेको, Ôतिपूति सहितको नागरिक बडापत्र लागू गरेको र ई.एस.एम.एस.को माध्यमबाट नगरवासीलाई सूचना पुर्याउने कार्यको प्रारम्भ गरेको लाई पनि उलब्धीको रुपमा राखेको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती