सरकारी कार्यालयको दुर्गतीः फाईलहराएर सेवाग्राहीलाई सास्ती


कृष्ण खनाल
बुटवल, ५ भदौ ।

बुटवल–१४ बेलवास पत्थरगञ्जका ओम थापाले वि.स.२०७१ असार ३ गते ईलाका प्रशासन कार्यालय बुटवलमा मेसिन रिडेवल पासपोर्ट (एमआपी) बनाउनको लागि निवेदन दिए । पहिला पनि केही बर्ष विदेशमा बसेर आएका उनी संग साधारण प्रकारको राहदानी थियो । तर सरकारले साधारण प्रकारको राहदानी नचल्ने नीति ल्याएपछि उनले एमआरपी बनाउनको लागि दिएका थिए ।
नगद रसिद काटेर ५ हजार रुपैँया जम्मा गरेका उनलाई करिव एक महिनापछि राहदानी लिन आउनको लागि ईलाका प्रशासन कार्यालय बुटवलबाट निर्देशन भयो ।
सोही अनुसार साउन महिनाको अन्तिम तिर थापा ईलाका प्रशासन कार्यालय ।  उनले राहदानी त पाएनन् नै उल्टै कार्यालयका कर्मचारीबाट यस्तो जवाफ पाए –‘फाईल हरायो फेरी भर्नुस्’  थापाले प्रतिप्रश्न गरे–‘फेरी पनि फाईल हराउँछ की हराउदैन सर ?’ उता बाट कर्मचारीले भने –‘फेरी पनि नहराउने भन्ने ग्यारेन्टी छैन ।’
उनी एउटा उदाहरणमात्र हुन् । पछिल्लो महिनाभरमा जम्मा भएका राहदानीकोको फाईल महिनाको अन्त्यमा ईलाका प्रशासन कार्याललयले परराष्ट मन्त्रालय राहदानी विभागमा पठाउने गर्दछ ।
ईलाका प्रशासन कार्यालय बुटवलबाट अघिल्लो महिनामा काठमाण्डौ गएका फाईलबाट ३२ वटा राहदानीको फाईलको कुनै अत्तो पत्तो छैन ।
पिडीत थापाले भने–‘जनताको काम गर्न भनेर बसेका कर्मचारीबाट  लापरवाही हुन भएन, हाम्रो कति समय बर्बाद् त्यसको क्षतीपुर्ती कस्ले दिने  ?’ उनले कर्मचारीबाट फेरी पनि फाईल हराउन सक्ने भन्ने जवाफ पाएछि धेरै रिस उठेको संवाददातालाई बताए ।
थापाले २०७१ असार महिनाको १ गते रसिद नम्बर ५९९२ काटेर नगद ५ हजार रुपैया तिरेका छन् ।
उता, ईलाका प्रशासन कार्यालय बुटवलका शाखा प्रमुख यज्ञश्वर शर्मा मरासीनीले फाईल हराएको नभई फारम भर्दा त्रुटि भएको कारण फिर्ता नआएको बताए । उनले यहाबाट प्रत्येक महिनामा निवेदनहरु जम्मा गरेर परराष्ट मन्त्रालयमा पठाउने त्यहा जाँच गर्दा केही त्रुटी भेटिएको खण्डमा राहदानी नआउने गरेको बताए ।
संवाददातासंगको कुराकानीमा उनले भने–‘फाईल हराएको होईन केही त्रुटी भएको कारण परराष्टबाट राहदानी यहा नआएको हो ।’  उनले  ईलाका प्रशासन कार्यालय बुटवलबाट फारम भरेर गएका  ३२ वटा राहदानी नआएको र ति राहदानी नआएकोलाई  पुन निवेदन दिनको लागि सूचना समेत प्रकाशन भएको जानकारी दिए ।
 शाखा प्रमुख मरासीनीले भने–‘काठमाण्डौमा फाईल पुगेको छ, तर केही त्रुटी भएको कारण राहदानी आएन्, फेरी फारम भर्दा पैसा लाग्दैन् पुरानो रसिदबाटनै काम हुन्छ  ।’
उनले बुटवल ईलाका प्रशासनबाट मात्र पठाएको राहदानी नआएको मात्र नभई जिल्ला प्रशासन र अन्य जिल्लाहरुबाट समेत पठाएको राहदानी निवेदन फारममा कसैको फोटो नमिलेको कारण त कही केही विवरण ठिक संग नभरेको कारण राहदानी नआएको बताए ।
‘निवेदन फारम यहि चेक गरेर पठाउने गरिदैन र ?’ भन्ने संवाददाताको प्रश्नमा उनले भने–‘हाम्ले आँखाले हेर्ने हो हजुर त्यहा काठमाण्डौमा गएपछि मेसिनले जाँच्छ जसले गर्दा के मिल्दैन के मिल्दैन ।’
फारम भर्दा भराई नमिलेको र फोटो नमिलेको भन्दै पछिल्लो समयमा मेसिन रिडेवल पासपोट(एमआरपी) बनाउने सयौ सर्वासाधारणले सास्ती व्होर्नुपरेको छ । स्थानिय स्तरमा  एमआरपीको लागि भरेको फारम जाँच गर्ने आवश्यक संयन्त्र नभएको कारण पटक–पटक स्थानियले सास्ती पाउने गरेका छन् ।
तस्वरः ओम थापाले ईलाका प्रशासन कार्यालयमा नगद ५ हजार तिरेको नगद रसिद

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती