४ करोडको लागतमा व्यवसायीक माछा पालन सुरु

माछाको अयात प्रतिस्थापन गर्ने लक्ष्य 
कृष्ण खनाल
बुटवल, २४ साउन । 
रुपन्देहीको दयानगर गविस–२ छपिया वैदलीमा करिव ४ करोडको  लागतमा व्यवसायीक माछा पालन सुरु  गरिएको छ । करिव एक महिना अगाडी  ३ जना युवा उद्यमीहरुको लागतमा ‘रेन्वो मत्स्य  तथा कृषि फार्म प्रा.लि.’ स्थानपना गरी व्यवसायीक रुपमा माछा पालन सुरु गरिएको हो । 
करिव ९ विगाहा अर्थात ६ हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन सुरु गरिएको प्रालिका अध्यक्ष दिवाकर भुाषाल(दिपु)ले  जानकारी दिए । उनका अनुसार उक्त प्रालिले ७ वटा माछा पोखरी निर्माण गरेको छ ।
 प्रालिले अहिले ६ विगाहा क्षेत्रफल अर्थात ४ हेक्टरमा माछा पोखरी निर्माण गरेको छ भने अन्य क्षेत्रफलमा व्यवसायीक रुपमा सफल रहने ‘टिक, श्रीखण्ड, रक्तचन्दन, पाउलोनिया (चाईनीज साल) का विरुवाहरु रोपीएको छ । 
युवा उद्यमीहरु दिवाकर भुषाल (दिपु) लोचन  भुषाल र मिनराज भुषालको लागानीमा उक्त फार्म खोलिएको हो ।  निकट भविश्यमा  यस क्षेत्रमा भारतबाट आउने मासुजन्य सामग्रीको आयात प्रतिष्थापनको लागि वृहत्तर योजना निर्माण गरी  मत्स्य तथा कृषि फार्मको स्थापना गरिएको प्रालिका अध्यक्ष दिवाकर भुषालले जानकारी दिए ।  उनका अनुसार प्रालिले माछा मात्र नभई अन्य मासुको लागि प्रयोग हुने खुकुरा, हाँस र  बाख्रा समेत पाल्ने योजना रहेको छ । 
अध्यक्ष भुषालले भने–‘हामीले वृहत्तर योजना अनुसार  खासगरी यो क्षेत्रमा मासुको आयातलाई प्रतिष्थापन गर्ने उदेश्यका साथ यो परियोजना सुरु गरेका हौ ।’ उनले विभिन्न व्याक्तिहरु विदेशा गएर अर्कोको देशमा पसिना बगाउनु भन्दा पनि स्वदेशमा नै लगानी गरेर विदेशको भन्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अवधारणा अनुसार ३ जनाको लागानीमा कृर्षि फार्म स्थापना गरि काम सुरु गरेको प्रस्टाए  । 
गत बर्षको चैत महिनाबाट पोखरी खन्न सुरु गरिएकोमा अहिले ४० हजार माछाको भुरा र करिव ५ लाख ह्याचरी(भुरा भन्दा सानो) पोखरीमा  छोडिएको छ । पहिलो पटक माछा पालन सुर गरेकोमा  राम्रो आम्दानी हुने अपेक्षा फर्मले लिएको छ । भैरहवामा रहेको मत्स्य विकास केन्द्रबाट माछाको भुरा ल्याएको र त्यसमा अपुग माछाको भुरा अन्य निजी मत्स्य केन्द्रबाट खरिद गरेर ल्याएको छ । अहिले उक्त फार्ममा कमन, ग्रास, रहुँ, नाईनी, सिलवर, विग्रेड, भ्याकुर प्रजातीका माछाहरु हुर्किरहेका छन् ।  यसको अलवा  कृर्षि फर्म प्रालिले छिटै नै रुपन्देहीको दयानगर गाविस– ५ छपियाको धनसार क्षेत्रमा करिव १५ विगाहा क्षेत्रफलमा माछा पोखरी खन्ने योजना  बनाएको अध्यक्ष भुषालले जानकारी दिए । 
अहिले उनीहरुको फर्मबाट प्रत्यक्ष रुपमा १५ जना र अप्रत्यक्ष रुपमा करिव ४५ जनाले रोजगारी पाईरहेका छन् । 
यसको अलवा कृर्षि फार्मले व्यवसायीक काठ उत्पादनको लागि १० कठ्ठा क्षेत्रफलमा ४ सय वटा टिक र पाउलोनिया (चाईनीज साल)को वृक्षरोपण गरिएको छ । शुक्रवार जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा वृक्षा रोपण गरिएको हो । 
छोटो समयमा नै राम्रो काठ उत्पादन हुने पाउलोनिया र टिक को  विरुवा व्यवसायीक रुपमा सफल हुने भएको कारणले यसको व्यवसायीक रुपमा वृक्षरोपण गरिएको प्रालिले जानकाएको छ । 
जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख दिपक ज्ञवालीका अनुसार पाउलोनिया प्रजातीको विरुवा काठको लागि उपयुक्त हुने भन्दै खासगरी पान नजम्ने र पहाडी जिल्लाहरुमा यसले व्यवसायीक सफलता  पाएको बताए । 
उनले पाउलोनिया भन्दा पनि रुपन्देहीका जिल्लामा पछिल्लो समयमा ‘टिक’ प्राजातीको विरुवाको माग अत्याधिक भएको बताए । उनले भने–‘पछिल्लो समयमा जिल्ला वन कार्यालयलाई विरुवा पु¥याउन हम्मे हम्मे पर्ने गरेको छ । ’
 जिल्ला वन कार्यालय रुपन्देहीका अनुसार टिक प्रजातीको विरुवा २५÷३० बर्षमा पुर्ण रुपमा तयार हुने र  यसको काठ साल भन्दा पनि बढि बलियो र खासगरी प्लाई र चिल्लो किसमको फर्निचर निर्माणको लागि प्रयोग हुने गर्दछ । 
एक हेक्टर  क्षेत्रफलमा टिकको विरुवा रोपेमा त्यसको २५ देखि ३० बर्षमा करिव ३० लाख रुपैया आम्दानी गर्न सकिने जिल्ला वन कार्यालयको भनाई रहेको छ ।  यसरी एक हेक्टर क्षेत्रफलमा टिक को विरुवा रोपियो भने एक बर्षमा १ लाख आम्दानी गर्न सकिने वन प्राविधिकहरुको भनाई छ । 

तस्वीर विवरण १ माछा पोखरीको अवलोकन गर्दै स्थानिय । तस्वीरः कृष्ण खनाल/बुटवल । 
तस्वीर विवरण २. ४ करोडको लागत निर्माण गरिएको माछा पोखरी । तस्वीरः  कृष्ण खनाल/बुटवल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती