ट्युवेलको माग भन्दा आपुर्ती ३० गुणा कम

६ जिल्लामा भुमिगत सिंचाही प्रणाली

कृष्ण खनाल
बुटवल, ३ भदौ ।
 रुपन्देहीको रुद्रपुरका किसान ओमहरि ढुंगानाले केही बर्ष पहिला ७०÷८० फिट जमिनमा पाईप गाडेर चापाँकल निर्माण गरे । केही बर्ष उनको ट्युवलेबाट निरन्तर पानी आयो । पानी तान्नको लागि न त चाँपाकल प्रयोग गर्नुपर्दथ्यो न त कुनै मोटर लगाएर  पानी तान्नु पर्दथ्यो । केही बर्ष  निरन्तर पानी आयो तर केही बर्ष पछि उनको घरको ट्युवेलमा पानी आएन् ।

पानी नआएपछि  उनले  विद्युतीय मोटर लगाएर पानी तान्न बाध्य भए । उनी एउटा प्रतिनिधी पात्र हुन । भुमिगत जलस्रोतको प्रवल संभावना रहेको र सहजताको हिसावले पहिलो जिल्ल मानिने रुपन्देहीमा पछिल्लो समयमा  भुमिगत पानीको स्रोतहरु पातलिदै गएको विश्लेषण गर्न थालिएको छ । 

खासगरी बर्षातको समयमा पानीको लागि कुनै समस्या नभएपनि हिँउदको समयमा भने किसानहरुले ठुलै सास्ती खेप्नु पर्दछ । रुद्रपुर गाविसमा पनि करिव ७०÷८० फिट गहिराईमा पाईप गाडेपछि निरन्तर पानी आउने करिव १ सय २० वटा ‘अटिज्म् ट्युवेल’हरु रहेको तथ्यांकमा पाईन्छ । तर ति ट्युवेलबाट अहिले मोटर लगाएपछि मात्र पाउन आउने स्थानिय ओमहरि ढुगांनाको भनाई रहेको छ ।
 ‘मोटर नलगाईकलन पानी नै आउँदैन्, पहिला २५ फिट मात्र तल पाईप गाडेकामो निरन्तर पानी आउथ्यो ।’–ढुंगानाले  भने । 
केही समया पहिला समयमै पानी नपरेको कारण किसानहरुले रोपाईको लागि रुद्रपुरको गरगरेमा रहेको डिप ट्युवेल(बोरिङ्ग)बाट पानी तानेर रोपाईं गरेका थिए । ठुलो बोरिङ्ग चलाउँदा अन्य सर्वसाधारणको घरको ट्युवेलमा भने पानी आउन छोडेको थियो । पछिल्लो समयमा  पानीको भुमिगत स्रोत सुक्दै  जान थालेकोकारण रुद्रपुरका केही उपभोक्ताहरुले ओभरहेड खानेपानी ट्यांकी निर्माणको लागि पहल गर्न थालेका छन् । 
यता, नेपाल सरकार सिंचाही मन्त्रालय भुमिगत  जलस्रोत विकास समिति बुटवल शाखाका ईन्जिनियर तथा जियोलोजिष्ट नारायणकृष्ण गणेशले रुपन्देहीमा हिउँदको समयमा केही ट्युवेलमा पानी नआउने  समस्या भएको भएपनि बर्सातको समयमा  आकाशबाट पानी परेपछि जमिन सिंचित हुने गरेको कारण समस्या नभएको बताए । 
उनले रुपन्देहीका केही गाविसहरुमा भौगोलीक बनावटको कारण केही समस्या भएको भएपनि अन्य स्थानमा त्यस्तो समस्या नभएको बताए । उनले भने–‘ट्युवेलहरु विग्रीन र डिप ट्युवेलको मोटरले काम नगरेको कारण समस्या आउने गरेको छ,तर पानीको सतह विस्तार घटेपनि बर्षातमा पानी परेपछि पुन भरिने गर्दछ ।’
उनले स्यालो ट्युवेलको आयु ५ देखि ७ बर्ष सम्म हुने र डिप ट्युवेलको लागि ३० बर्ष आयु हुने भएको कारणलेपनि ट्युवेलमा पानी नआउने गरेको बताए । रुपन्देही जिल्लामा ६० देखि ७० फिट जमिनमा पाईप गाडेपछि पाउने आउने गर्दछ । 
 माग भन्दा आपुर्ती ३० गुणा कम
रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा र गुल्मी जिल्लामा कार्यक्षेत्र रहेको भुमिगत जलस्रोत विकास समिति शाखा कार्यालय बुटवलमा किसानहरुले स्यालो ट्युवेल तथा डिप ट्युवेलको लागि बर्षेनी सयौ संख्यामा निवेदन पेश गर्दछन् । 

तर त्यसको तुलनामा करिव ३० गुणा कम किसानहरुले स्यालो ट्युवेल तथा डिप ट्युवेल पाउने गर्दछन् । सिंचाईंको लागि नहर वा खोला नजिकै नभएका स्थानहरुमा स्यालो ट्युवेल तथा डिप ट्युवेल मार्फत सिंचाही हुदैँ आएको छ । रुपन्देही जिल्लामा कुल  सिंचाही योग्य जमिन ६२ हजार ५९ हेक्टर रहेकोमा भुमिगत सिंचाईं प्रणाली अन्र्तगत १० हजार ६ सय २० हेक्टर क्षेत्रफलमा सिंचाईं   हुदैँ आएको छ । जसमा भैलुभुज(भैरहवा–लुम्बिनी भुमिगत जलस्रोत) को कार्याक्षेत्र समेटिएको छैन ।  

त्यस्तै पाल्पा जिल्लामा १ सय २२ हेक्टर क्षेत्रफलमा भुमगित स्रिंचाई प्रणाली अन्र्तगत सिंचाईं हँुदै आएको छ भने, कपिलवस्तु जिल्लामा ६५ हजार ५ सय २३ सिंचाही हुन सक्ने जमिन रहेकोमा ५ हजार १ सय ९ हेक्टर जमिन भुमिगत सिंचाई प्रणाली अनुसार सिंचाई हुदै आएको छ । 
नवलपरासी जिल्लामा ८६ हजार ५ सय ५ हेक्टर क्षेत्रफलमा सिंचाई पुगेकोमा १० हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा भुमिगत सिंचाई प्रणाली अनुसार सिंचाई हँुदै आएको छ भने स्याङ्जा जिल्लामा करिव १ सय हेक्टर क्षेत्रफल सिंचाईं रहेकोमा ४० हेक्टर भुमिगत जलस्रोत प्रणाली अनुसार सिंचाई हुदै आएको भुमिगत जलस्रोत विकास समितिको कार्यालय बुटवलले जनाएको छ  । 

अहिलेसम्म भुमिगत जलस्रोत विकास समिति बुटवल शाखा कार्यालयबाट रुपन्देही जिल्लामा १० हजार ६ सय २० हेक्टर क्षेत्रफल सिंचाईको लागि ३ हजार ८ सय ७२ वटा  स्यालो र डिप ट्युवेल निर्माण गरेको छ । 
त्यस्तै कपिलवस्तु जिल्लामा  ५ हजार १ सय ९ हेक्टर क्षेत्रफल सिंचाईको लागि १ हजार ३ सय ५१ वटा टुयुवेल निर्माण गरेका छ ।  त्यस्तै पाल्पा जिल्लामा १ सय २२ हेक्टर क्षेत्रफलको लागि ४९ वटा ट्युवेल, नवलपरासी जिल्लामा १० हजार ९ सय ७५ हेक्टर क्षेत्रफलको लागि ३ हजार ८ सय २५ वटा ट्युवेल निर्माण गरेको छ भने गुल्लीको लागि १७ हेक्टरमा ७ वटा र स्याङ्जामा १ सय हेक्टरको  लागि सानो र ठुलो गरी कुल ४० वटा ट्युवेल निर्माण गरेको छ । 
अन्य सिंचाही माध्यमको  विकल्प नभएका किसानहरुले प्रत्येक बर्ष ट्युवेलको लागि जलस्रोत विकास कार्यालयमा निवेदन दिने गर्दछन् । तर किसानको माग अनुसार आपुर्ती हुन सकेको छैन । रुपन्देही जिल्लामा अहिले ३ हजार ६० वटा स्यालो ट्युवेलको माग किसानहरुले गरेका छन् । तर बजेट अभावको कारण देखाउदै जम्मा १ सय बटा ट्युवेल मात्र निर्माण गर्न सक्ने कार्यालयले जनाएको छ । 

नवलपासी जिल्लाबाट  पनि ३ हजार ५ सय ४३ वटा निवेदन परेको छ । कपिलवस्तु जिल्लाबाट २ हजार १ सय ९ वटा निवेदन परेको छ भने पाल्पा, स्याङ्जा र गुल्मीबाट १०  देखि १५ वटा निवेदन परेको छ ।  पहाडी जिल्लामा भुमिगत जलस्रोतको संभावना नभएको कारण कम निवेदन पर्ने गरेकोमा  माग अनुसार पुर्ती हुने गरेको छ भने तराईका जिल्लाहरुमा चरम अभाव हुने गर्दछ । 

स्यालो ट्युवेल निर्माणको लागि करिव ४० हजार रुपैया लाग्दछ । जसले २.५० हेक्टर सिंचाई गर्न पुग्दछ । ठुलो डिप ट्युवेल निर्माणको लागि करिव १५ देखि १७ लाख सम्म लागत लाग्ने गर्दछ ।  जसबाट ४० हेक्टर क्षेत्रफलमा सिंचाई गर्न पुग्दछ । स्यालो ट्युवेल निर्माणको लागि सरकारले समुहमा निवेदन तयार गरेर आउने किसानहरुको निवेदनको आधारमा पूर्णरुपमा अनुदान दिने गर्दछ । भने डिप ट्युवेलको लागि पनि  अनुदानको व्यवस्था गरेको छ । 


प्रत्येक बर्ष जलस्रोत  विकास समिति कार्यालय बुटवलले १ हजार वटा स्यालो र डिप ट्युवेल निर्माण गर्न सक्ने   जनशक्ती रहेको छ । तर बजेट अभावको कारण काम गर्न अप्mठारो परेको कार्यालय प्रमुख बताउँदछन् । बार्षिक रुपमा यस कार्यालयमा ४ देखि ५ करोड रुपैया बजेट आउने गर्दछ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती