७० जना दृष्टिविहिनलाई साढे तिन लाख निब्र्याजे ऋण लगानी

कृष्ण खनाल
बुटवल, ३ भदौ ।
रुपन्देही जिल्लामा रहेका दृष्टिविहि
हरुलाई सक्षम बनाउनको लागि अभियान सुरु गरिएको छ । गत बर्ष जस्तै यस बर्ष पनि उक्त अभियानलाई अगाडी बढाउने तयारी गरिएको छ । गत आर्थिक बर्षमा नेत्रहिन पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७० जना  दृष्टिविहिनहरुलाई ३ लाख ५३ हजार रुपैया निब्र्याजे ऋण प्रदान गरिएको छ ।
जसबाट दृष्टिविहिन भएका व्याक्तिहरुले आफ्नो व्यवसाय सञ्चालन गरी राम्रो आय आर्जन गरिरहेका छन् । जसबाट उक्त आर्थिक बर्षमा २ लाख ६१ हजार ६ सय रुपैया पुर्नस्थापना कार्यक्रममा फिर्ता भएको छ ।
कार्यक्रम अन्र्तगत दृष्टिविहिनहरुले जिविको पार्जनको लागि मैनबैत्ति  बनाउने, अगरवत्ती बनाउने, सर्फ तचथा झोल साबुन बनाउने, बासको मुढा बनाउने, उन्नत कृर्षि तथा बेमौसमि तरकारी खेती, चिया तथा मसला प्याकिङ्ग, कुचो बनाउने, सानो व्यापार तथा किराना पसल सञ्चालन गरिरहेका छन् ।
रुपन्देही जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक छैन । केही बर्ष अगाडी आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा  ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
हालै, रुपन्देहीमा रुपन्देही नेत्रहिन  संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले रुपन्देहीका विभिन्न गाविस, वडा तथा नगरपालिकामा घर घरमा गएर संकलन गरेको तथ्यांक अनुरसार १० हजार ४८  जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन रहेको पाइएको छ । 
नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका कार्यक्रम संयोजक प्रेम महर्जजनका अनुसार रुपन्देही जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् । निको नै नहुने दृष्टिविहिनहरुमा १ सय १ सय ३३ जना महिला दृष्टिविहिनहरु रहेका छन् ।
नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका संयोजक प्रेम महर्जनका अनुसार १ हजार भन्दा केही बढि निको नहुने खालको  दृष्टिविहिन भएका महिलाहरु भएकोमा अन्य दृष्टिविहिनहरुको भने उपचार पश्चात निको हुने अर्थात आँखा देख्न सक्ने हुनेछन् ।
उनले भने–‘कतिपय  दृष्टिविहिनता भएका व्याक्तिहरु निको नै नहुने भनेर गाउमा लुकेर बस्नुभएको छ तर उपचार पछि  निको हुने खालका व्याक्तहरुले जतिसको छिटो उचार गराउनु उत्तम हुनछ ।’ उनले विगतका बर्षहरुमा  अपाङ्गता भएका व्याक्त खासगरी  दृष्टिविहिन महिलाहरु घरबाट निस्कन समेत अफ्ठारो मान्ने र घरमा लुकेर बस्ने गरेकोमा अहिले पछिल्लो समयमा केही जागरण पैदा भएको  समेत बताए । ‘पछिल्लो समयमा घरबाट निस्केर हक अधिकारका विषयमा कुरा गर्न सक्ने खालको हँुदै जानु भा’छ, तर यो प्रयाप्त छैन ।’
उनले आफ्नो हक तथा अधिकार कसैले पनि घरमा आएर नदिने भन्दै यसको लागि स्वम् अपाङ्गता भएका व्याक्तीहरु तथा अझ बढि महिलाहरु शसक्त रुपमा अगाडी आउनु पर्ने बताएका थिए ।
उता, रुपन्देही नेत्रहिन संघका पुर्व जिल्ला सचिव कृष्ण जिसीका अनुसार  अहिले नेत्रहिन संघ देशका ६१ वटा गाविस र ६ वटा नगरपालिकामा विस्तार भएको भन्दै आगामी दिनमा अझ यसलाई एउटा सुध्रढ संस्थाको रुपमा विकास गरेर लैजने बताउँदछन् ।
अहिले रुपन्देही नेत्रहिन संघको ‘एक व्याक्ती एक ईंटा’ अभियान’ अन्र्तगत बुटवल–१४ तामनगरमा भवन  समेत निर्माण भै फिनिसिङ्गको कार्यजारी रहेको भन्दै यसलाई अपाङ्गता भएका व्याक्तिहरुको पश्चिमाञ्चल स्तरिय प्रशिक्षण तालिम केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताए  ।
उनले भने–‘सबैको सहयोग र सद्भाव बाट भवन समेत निर्माण भएको छ, हामी यसलाई पश्चिमाञ्चलको अपाङ्गता भएका व्याक्तिहरुका सिप , क्षमता विकास गर्ने तालिम केन्द्रको रुपमा विकास गर्न चाहान्छौ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती