दृष्टिविहिन महिलाको पिडा,ऋण काडेर श्रीमान्को किरिया
कृष्ण खनाल
बुटवल, २७ साउन ।
वि.स.२०२६ मा जन्मीएकी सन्तकुमारी सुनार २५ बर्षीकी भईन् उनको जिवनमा कहिल्यै नसोचेको घटना घट्यो । सामान्य आँखा चिलाउनेर पाक्ने गरेकामा उनी उपचारको लागि अस्पतालन गईन् तर सदाको लागि आँखाको ज्वोति गुमाईन् ।
गरिबीको कारण उपचार गर्न समेत जान नपाएकी उनलाई गाउमै छिमिकीको सल्लाहमा फिटकिरी र अन्य स्थानिय विषादी हालिन् । जसको कारण उनको आँखाको ज्वोती सदाको लागि गुम्यो ।
जेनतेन अर्काको निमेक गरेर जिविको पार्जन गर्दै आएकी सुनारको दिन आँखाको ज्वोतीपछि परिर्वतन भयो । त्यसपछि उनी अर्काको घरमा परिश्रम गर्न जान छोड्नि ।
२ जना छोरा र २ जना छारीकी आमा उनीलाई थप अर्को आपत आईलग्यो । श्रीमानलाई क्षयरोग अर्थात टिबी लाग्यो । निर्माण मजदुरको रुपमा रहेका उनीका श्रीमान्लाई डाक्टरले मदिरा जन्य कुनै पनि चिज नखानको लागि सल्लाह दिएका थिए । केही समय उनले ‘मुख बारे’ तर पछि रक्सी खान थालेपछि उनले पनि संसार छोडे ।
बुटवल–१३ सुकुम्बासी बस्तीमा विगत १० बर्ष देखि बस्दै आएका सुनारको परिवारमा अहिले १९ बर्षिय जेठो छोरा मनोज सुनार र १५ बर्षको कान्छो छोरा शम्भु सुनार र ४६ बर्षिय पूर्ण दृष्टिविहिन आमा सन्तकुमारी सुनार मात्र रहेकी छिन् ।
सम्पत्तीको नाममा एउटा सामान्य टिनले छाएको छाप्रोको घर छ । १४ धुर क्षेत्रफलमा रहेको उनको त्यहि छाप्रोमा खाना पकाउने र सुत्ने गर्दछन् । २ वटा छोरीकै पहिलानै घरजाम गरेर गएका छन् ।
यसरी पटक÷पटक दैवले ठग्दै आएको सन्तकुमारीलाई करिव ३ हप्ता अगाडी (१७ दिन) फेरी अर्को बिपत् आईलग्यो । कारण हो उनका श्रीमान् सदाको लागि यो संसारबाट विदा भए ।
निर्माण मजदुरको रुपमा रहेका श्रीमान्को निधन भएपछि दृष्टिविहिन सन्तकुमारीले ऋण काडेर श्रीमान्को किराया गरिन् ।
उनले श्रीमन्को किरियाको लागि १५ हजार रुपैया“ छिमेकीबाट ऋण लिएकी छिन् । पुरानो र नयाँ श्रीमान्को किरिया खर्च गरेर अहिले उनी करिव ३५ हजार रुपैयाँको ऋणी भएकी छिन् ।
सोमबार बुटवल–१३ देविनगरको सुकुम्बासी बस्तीमा भेटिएकी सन्तकुमारी भन्दै थिईन्–‘जेनतेन छिमेकीसँग ऋण काडेर बुढा (श्रीमान्) को काम उम्काए तर त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ ।’ उनले यसको लागि कसैले सहयोग गरिदिएमा ‘टुहुरा’छोराहरुको काँधमा ऋण नभए हुन्थो भन्ने उनको ईच्छारहेको छ ।
घरमा थोत्रा र फाटेका कपडा र टालाहरु बटुलेर सिरानी बनाउदै गरिकी सन्तकुमारीले भक्कनीदै भनिन्–‘यि अवेला बालकहरुले कसरी त्यत्रो ऋण तिर्लान भन्ने चिन्ता छ ।’
सन्तकुमारीका १९ बर्षिय छोरा मनोज सुनारले विभिन्न हाटबजारहरुमा गएर विग्रीएका छाता मर्तत गरेर आउने पैसाले अहिले उनीहरुको गुजारा टरेको छ । कक्षा १ मा पढ्दा पढ्दै पढाई छोड्नु परेको दुखेसो पोख्दै मनोजले भने–‘सम्पत्तीको नाउमा यहि सुकुम्बासरीको एउटा छाप्रो हो अरु केही छैन, मैले कमाएको पैसाले के कति चल्छ र ? खाने की ऋण तिर्ने ?’ उनले कोही दानविर तथा दयालुले केही रुपैया सहयोग गरेमा आफुलाई केही मात्रामा भएपनि सहयोग हुने बताएका छन् ।
‘बाबा थिए घरको विडो थामेका तर उनी गए खै कसरी आमा, भाई पाल्ने चिन्ता थपिएको छ ।’– उनले भने काम गर्नको लागि सानैमा पढाई पनि छोंडे खै के गर्ने मैले सोच्न समेत सकेको छैन ।’
मनोजका भाई शम्भु सुनार पनि अहिले बाल मजदुरको रुपमा काम गर्दछन् । कसैको घर वा अन्य निर्माणको काम गर्दा बोलाएमा उनले बालुवा चाल्ने र ईंटा बोक्ने समेत काम गर्दछन् । ‘बल्ल १५ बर्षको भए, के गर्ने काम नगरि खान पुग्दैन त्यहि भएर घर बनाउने ठाउँमा बालुवा चाल्ने काम गर्दछु । ’–उनले भने ।
तस्वीर १. जेठो छोरा मनोज(दायाँ) सन्तकुमारी(बिच) र कान्छो छोरा मानोज(बाँया) ।
२.सन्तकुमारीको सम्पत्तीको रुपमा रहेको बुटवल–१३ सुकुम्बासी बस्तीको घर । तस्वीरःकृष्ण खनाल÷बुटवल /