विद्यालय जान नपाएका किशोरी साक्षर

कृष्ण खनाल 
बुटवल, २३ साउन । 
रुपन्देहीको साडी गाविस–४ गैवहवा गाउँकी १८ बर्षिय मनोरमा चौधरी विद्यालय जादिन्न । सनो उमेर छँदा घरायसी कामको कारण देखाउदै अभिभावकले विद्यालय पठाएन्नन् । तर तिनै मनोरमा चौधरी अहिले शाक्षर मात्र भएकी छैन्न, गाउँमा किशोर किशोरीमा आउने यौन तथा अन्य सामाजिक समस्याहरुको बारेमा निर्धक्क छलफल गर्न र बताउन सक्ने भएकी छिन् ।
 गाउँमा पहिला÷पहिला कोही नयाँ मान्छे देख्दा घर भित्रै लुक्ने उनी अहिले नयाँ मान्छेसंग निर्धक्कसंग परिचय गर्न र कुराकानी गर्नसक्ने भएकी छिन् । उनी मात्र होईन उक्त गाउकी  १५ बर्षिय चन्द्रकला चौधरीमा पनि अहिले थुपै परिर्वतन आएका छन् । 
‘रजश्वला हुँदा मलाई मेरी आमाले घरको एक कुनामा लुकेर बस्न भनिन्, बाहिर निस्कन समेत दिईन्न तर मेरो आफ्नै बहिनी पहिलो पटक रजश्वला (महिनावारी) हुँदा संगै बस्ने र खाने गरियो, घर वाहिर पनि निस्कने परिवारले दिए’–मनोरमाले आफ्नै  चौधरी भाषामा भनिन् । उनले थपिन्–‘दुई वटा दाईको विहे भएर छुट्एिर बसेका छन्, उनीले  पनि उमेर छँदा पढ्न पाएन्न तर म भने केही साक्षर भएर मात्र विहे गर्ने छु, यौन तथा अन्य स्वाथ्य समस्याको बारेमा पुर्ण रुपमा जानकारी लिएर मात्र विहे गर्ने सोँच रहेको छ ।’ 
उनी जस्तै साडी गाविस–४ की आशा चौधरीले पहिलो पटक महिनावारी भएको बेला एउटै मात्र कपडा प्रयोग गर्न प¥यो । उनकी आमाले अन्य कपडा प्रयोग गर्न दिईन्न, ३ दिन सम्म लगातार एउटै  कपडा प्रयोग गर्दा उनलाई धेरै नै अफठ्यारे प¥यो । विगत सम्झीदै उनले भनिन्–‘तर अहिले हामी आफैले रजश्वला हुँदा  प्रयोग गर्ने ‘प्याड’ बनाउन सिकेका छौ ।, आफै बनाउछौ अनि प्रयोग गछौं ।’ 
यी प्रस्तुत  गरिएका उदाहरण मात्र हुन् । रुपन्देहीको साँडी गाविसको गैवहवा गाउँका २० जना विद्यालय जान नपाएका किशोरीहरुले अहिले  विद्यालयको औपचारीक शिक्षा मात्र होईन् थुपै व्यवहारिक समस्याहरु, यौन प्रजनन् स्वाथ्य र समुदाय स्वाथ्यको बारेमा जान्ने र अरुलाई बताउन सक्छन् । 
यसको लागि अस्ट्रोमा  फाउण्डेशनको सहयोगमा सुनगामा सामुदायिक विकास केन्द्र रुद्रपुरले ‘संवाद’ परियोजना अन्र्तगत विद्यालय जान नपाएकी किशोर किशोरीहरुलाई साक्षर बनाउनको साथै विद्यालय जान सक्ने उमेर भएका  किशोर किशोरीहरुलाई विद्यालय जान प्रेरित गर्न उदेश्यको साथै रुपन्देहीका ३ वटा  गाविसमा उक्त कार्यक्रम लागू गरेपछि किशोर किशोरहरुमा परिर्वतनका लहरहरु आएका हुन । 
ज्ञान ज्वोति  किशोरी समुह केन्द्रकी सहजकर्ता रितादेवी चौधरीका अनुसार प्रत्येक दिन विद्यानलय जान नपाएका किशोरीहरुलाई दिनको १२ बजे देखि २ः३० बजे सम्म संवाद कार्यक्रम अन्र्तगत औपचारीक अक्षर चिन्ने कार्यक्रमका साथै, यौन प्रजनन् स्वाथ्य, सामुदायिक स्वाथ्य सम्बन्धी छलफल गर्ने गरिन्छ । संवाद सहजककर्ता रिता देवी चौधरीका अनुसार  सोही कार्यक्रमबाट ३ जना विद्यालय  जान नसकेका किशोरीहरु विद्यालयमा भर्ना भएका छन् । सावित्रा गासाईं ज्ञानज्वोति निमाविमा र अन्य दुईजना दुर्गावती यादव र लक्ष्मी बराई साडी निमाविमा भर्ना भएका छन् ।
 किशोर अवस्थामा के कस्तो परिर्वतन आउछन् र त्यसको बारेमा कसरी समाधान गर्ने भन्ने बारेमा समेत छलफल हुने गरेको सहजकर्ता चौधरीले बताईन् । उनले भनिन्–‘यो कार्यक्रम सुरु भएको करिव ५ महिना पुरा भएको छ, यसमा १३ बर्ष देखि १९ बर्ष सम्मका २० जना किशोरीहरु सहभागी  रहेका छन् ।’
उता, अक्फार्म अन्र्तगतको स्टो«मा फाउण्डेशन अन्र्तगत संवाद परियोजनाका कार्यक्रम संयोजक जीवन कु बस्नेतले यो परियोजना अन्र्तगत नेपालका ७ वटा जिल्लामा  संवाद परियोज अन्र्तगत कार्यक्रमहरु जारी रहेको बताए । 
उनले सन् २०१३ बाट सुरु भएको परियोजना सन् २०१७ मा समाप्त हुने भन्दै यो पाँच बर्षको समयमा २५ हजार विद्यालय जान नसकेका किशोर किशोरी साक्षर बनाउने अभियान  अन्र्तगत कार्य भैरहेको जानकारी दिए । उनले रुपन्देहीमा एबिसी नेपालले ७ वटा गाविस र रुद्रपुरको सुनगावा सामुदायीक विकास केन्द्रले काम गरिरहेको जानकारी दिए । उनले भने–‘यो परियोजना पिछडीएको क्षेत्र जहा अभिभावहरुले आफ्नो बच्चालाई  विद्यालय पठाउदैन्न त्यसको ठाउमा प्रथमिकताको लागू गरिएको छ ।’ उनले थपे–‘हामीले १२ महिनामा विद्यालय जान नसक्ने  किशोर किशोरी र विचै विद्यालय छोड्नेहरुको लागि साक्षर बनाउनुको साथै समुदायका विषयष्मा जिम्मेबार गराउनको लागि चेतना छर्नेछौ ।’
उता, सुनगाभा समुदायिक विकास केन्द्रका अध्यक्ष गोपाल केसीले विद्याय जान नसकेका किशोर किशोरीहरुको लागि  अनौपचारिक शिक्षा अन्र्तगत आफुहरुले ३ वटा गाविसमा काम गरिरहेको जानकारी दिए । उनले भने–‘हामीले एच.आई.भि, विद्यालय जान नकेकेका किशोर किशोरी र बाल मैत्री विद्यालय निर्माणको लागि काम गरिरहेका छौ । ’
तस्वीर. संवाद कार्यक्रममा  सामुहिक रुपमा छलफल गर्दे किशोरीहरु । 
((((((((((((((((((((((((
परियोजनाको अनुगमन
बुटवल, २१ साउन । अक्फाम अन्र्तगतको स्ट्रोमा फाउण्डेशन अन्र्तगत सुनगाभा विकास केन्द्र रुद्रपुरको आयोजनामा रुपन्देहीमा जारी  विभिन्न परियोजनाको बुधवार अनुगमन गरिएको छ ।
 रुपन्देहीको साडी गाविसमा सञ्चालन भएको संवाद परियोजना अन्र्तगतका किशोर किशोरी संवाद समुहको अवलोकन गर्नुको साथै अक्फाम बाट आएका विभिन्न व्याक्तिहरुले संवाद सहयोगी समुहसंग छलफल समेत गरेका थिए । अनुगमन टोलीले रुपन्देहीको साडी  गाविलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि जनचेतना मुलक ¥यालीको समेत अवलोकन गरेको छ ।
सामुदायिक उत्तर दायित्व अन्र्तगत संवाद परियोजना अन्र्तगतका किशोर किशोरीहरुको आयोजना भएको जनचेतना मुलक ¥यालीमा विभिन्न सास्कृतीक झाकृ प्रस्तुत गरिएको थियो । गाविस सचिव टेकराज टेकराज अर्यालले सन् २०१७ सम्म गाविस खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्र्तगत अहिले २५ प्रतिशत घरमा शौचालय निर्माण गरिएको जानाकारी दिए । उनले भने–‘हामी सन् २०१७ सम्म लक्ष्यमा पुग्ने छौ ।’ 
तस्वीरः २  विभिन्न संवाद समुहको  खुला दिशा मुक्त अभियानलाई सफल बनाउन आयोजना गरिएको जनचेतनामुलक ¥याली । तस्वीरःकृष्ण खनाल 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती