‘छोराले गलत्याए’पछि आश्रमको बास

कृष्ण खनाल
बुटवल, १४ भदौ । 
गुल्मी जिल्लाको हार्थोक गाविसका सिरुखर्कका मान बहादुुर सिंजाली कुनै कमी थिएन् । प्रसस्त्र मात्रामा सम्पत्ती थियो । छोरा विस्तारै हुर्कदै गए विवाह गरे । बुहारीबाट ५ जना नातिनीहरु पनि जन्मे  ।  नातीनी सबैको विवाह समेत भयो, अहिले नातीनीबाट पनि पनाती पनातीनाहरु जन्माईसकेका छन् । साहारको रुपमा रहेकी उनीकी श्रीमतीको करिव १५ बर्ष पहिला निधन भएको थियो । भने केही बर्ष पछि बुहारीको पनि निधन भयो । 
  श्रीमतीको निधन भएपनि छोरा र बुहारी रहेकोले उनले आश्रयको आश गरेका थिए । तर त्यसो भएन । 
 छोराले अर्की बुहारी विवाह गरे । दुखःसुख गरेर हुर्काको छोरा र बुहारीले उनलाई ‘जाती मानेनन्’ र विकल्पको रुपमा आश्रममा लैजाने उपाय रोज उनीहरुले 
८ बर्ष पहिला उनलाई छोरा गुन बहादुर सिंजालीले बुटवल नजिकैको एउटा होटलमा छोडेर गए । त्यसपछि  मानबहादुर  सिंजालीले आश्रम रोज्ने निणर्य गरे । 
तिनै सिंजाली अहिले बुटवल–४ पाखापानीमा रहेको ‘दुर्गा भवानी शिव कुमारी शैजु(पाका पुस्ता गृह) वृद्धा आश्रममा विगत ७ बर्ष देखि बस्दै आएका छन् । 
छोरा नातीलाई अर्ति उपदेश दिने बेलामा उनी अहिले आश्रममा आश्रीत् छन् । ८५ बर्षिय सिंजालीको चौरासी गर्ने उमेर पनि कटिसक्यो । ‘छोराले त्यो माथिको होटल(गोलपार्क) सम्म ल्याएर छोडेको थियो, अनि सोध्दै खोज्दै यहासम्म आए ।’– शनिवार आश्रममा भेटिएका सिंजाली भन्दै थिए । ‘छोराले बुढेसकालमा पाल्ला भन्ने आशा थियो, तर त्यसले पनि केही गरेन ।’
सिंजालीका छोरा सडक विभाग अन्र्तगत बाटो मर्मतको काम गर्छन् । पछिल्लो समयमा दोस्रो विवाह समेत गरेका छन् । मासिक रुपमा १२ हजार रुपैँया छोराले कमाउने गरेको बुबा मानबहादुरले बताए । ३ महिना भयो वृद्धा भत्ता समेत ल्याएदिएको छैन्न । उनले भने–‘भत्ताको बुक (पास बुक) त्यहि घरमा छोडर आएको छु ।’ केही दिन अगाडी कान्छी बुहारी बुटवलमा आएर आफुलाई ४० रुपैयाँ दिएर गएको उनले बताए । 
घरमा सम्पत्ती छोरा बुहारी हुँदा पनि किन आश्रममा आउनु प¥यो ? भन्ने संवाददाताको प्रश्नमा उनले भावुक हुदै भने–‘उमेर छँदा सबै प्यारो काम गर्न नसक्ने भएपछि सबैको हेला हुँदो रहेछ ।’ 
उनी जस्तै गुल्मी वामिटक्सारका लक्ष्मी श्रेष्ठको व्यथा पनि उस्तै छ । आफुले भोगेको कुुरा, अर्ति उपदेश सुनाउने बेला उनको अर्ति उपदेश सुनिदिने पनि कोही छैन् त्यहा । आफ्नै उमेरका पाकापुस्तासंग दुख–सुखका कुरा गरेर उनीले दिन बिताउने गरेकी छिन् । 
विवाह गरेको केही बर्षमै श्रीमान्ले हेला गरेपछि निमेक ज्याला गर्दै जिवन निर्वाह गर्दै आएकी  उनी हातगोडाले काम गर्न नसक्ने भएपछि अहिले आश्रमको बास बसेकी छिन् ।
 बाग्लुङ्ग जिल्लाको फलेबासमा विवाह भएकी लक्ष्मीको कुनै छोरा–छोरी जन्मीउनन् । जसको कारण उनका श्रीमान्ले हेला ागर्न थाले ।  उमेर छदाँसम्म उनी गाउकै निमेक गररे जिविको पार्जन गरिन् । उमेर विस्तारै उकाले लागेपछि बुटवलमा आएर बत्ती कात्ने काम गर्दै जेनतेत जिविकोपार्जन  गर्न थालिन् । 
बुटवल उनी आज भन्दा करिव ८ बर्ष पहिला आएकी हुन् । बुटवलको ओम शान्तीमा उनले दैनिक जसो बत्ती कात्ने काम गर्दथिईन् ।  
एक लाख वटा  ५ सराको बत्ती कात्दा उनले ८ हजार रुपैया पाउथिन् भने ३ सराको एक लाख बत्ती कात्दा ७ हजार रुपैयाँ पाउथिन् । दिनभरी बत्ती काटेपछि उनले आउने केही रकमबाट दैनिक जिविको पार्जन गर्दै आएकी थिईन् । बुटवलको लक्ष्मीनगरमा बहालमा बस्दै आएकी  उनी घरबेटी भाईको सहयोगले आश्रमा बस्न आएकी हुन । 
गुल्मी जोहाङ्गका ७४ बर्षिय चुडामणी श्रेष्ठ पनि उमेर छदाँसम्म भारतको विभिन्न स्थानमा पसिना बगाए । तर बुढेसकालमा उनको सहारा दिने कोही भएन्न । त्यसपछि उनको बास आश्रममा छ । गोरखपुर, कलकत्ता, सरदगञ्ज, दिल्ली, पञ्जाव, उत्तरञ्चल,सिलगुडी लगायत भारतका अधिकांस स्थानमा उनले काम गरेर अनुभव बटुलेका छन् । 
घरमा केही सम्पत्ती समेत छ । तर उक्त जग्गाको खनजोत गर्न नसक्ने भएपछि उनलाई अफ्नै भान्जा सुरेन्द्र श्रेष्ठले आश्रममा ल्याएका लगेर राखेका हुन । 
कास्की जिल्लाको पोखराका ८१ बर्षिय नारायाणदत्त सापकोटा पनि आश्रममा आश्रित अभिभावक हुन । एउटा छोरा र एउटा छोरीका बाबु बनेका उनी छोराले बुहारी संगै लगेर वि.स.२०५२ सालमा घर छोडर गएपछि फर्किएर आएनन् । छोरी पनि घरजाम गरेर गएपछि एक्लीएका सपकोटा बुटवल–४ पाखापानीमा रहेका ‘पाका पुस्ता’ वृद्ध आश्रममा  रहेका छन् । राम्रै छ  त्यहाको व्यवस्थापन । ८ जना वृद्ध वृद्धा अहिले आश्रममा बस्दै आएका छन् । प्रत्येक कोठामा एटेज बाथरुम समेत रहेको छ । १० जनाको क्षमता रहेको आश्रममा अहिले जम्मा ८ जना मात्र बस्दै आएका छन् । 
आश्रमका महासचिव वेन बहादुर पौडेल क्षेत्रीले पाका पुस्ता भनेको ‘ईतिहासको पाना’ भएको कारण आफुहरुले आश्रम खोलेर सामाजिक सवा गरेको जानकारी दिए । उनले भने–‘१२ कठ्ठा क्षेत्रफमा  फैलिएको फराकिलो क्षेत्र छ यहा हामी वृद्ध वृद्धालाई सम्मानको साथ राखेका छौ ।’ उनले आश्रममा दुःख पाएका, परिवारबाट अपहेलीत भएका  विभिन्न पाका पुस्ताहरु राख्ने गरेको जानकारी दिए । 
 आश्रमका आजिवन सदस्य तथा संस्थापक अध्यक्ष गणेशमान शैजुका छोरा अनुपमान शैजुले पाका पुस्ता भनेको आर्ती उपदेशको खानी भएको कारण आफुहरुले ममता र स्नेहका साथमा उनीहरुलाई आश्रममा आश्रय दिएको बताउछन् । 
उनले आफ्ना बुबा गणेशमान शैजुको सामाजिक कार्यको लगावको कारण अफु पनि समाज क्षेत्रमा लागेको भन्दै समाजसेवा धर्म कामाउने सबैभन्दा ठुलो उपाय भएको समेत बताए । 
तस्वीर संलग्न छ । 
लामो समय देखि आश्रममा बस्दै आएकी गुल्मीका  वामिटक्सारका लक्ष्मी श्रेष्ठ (बायाँ) आश्रमको भवन(दायाँ) तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती