आधा बढ्यो तरकारीको भाउ

कृष्ण खनाल
बुटवल, ९ भदौ । 
बेमौसम र बर्षातको कारण उत्पादन भएका तरकारी ढुवानी हुन नसक्दा पछिल्लो समयमा तरकारीको भाउ आकासिएको छ । आज भन्दा ठिक ४ महिना अगाडी बैशाख महिनामा बुटवलको ‘बुटवल कृर्षी उपज थोक बजार केन्द्र’ को तरकारीको बजार भाउ र अहिलेको बजारभाउको अन्तर करिव ५० प्रतिशत बढि भएको पाइएको छ । खासगरी हरियो तरकारीको भाउ आकासीएको हो ।

२०७१ को सालको सुरुको महिना बैशाख २ गते बुटवल कृषी उपज थोक बजार केन्द्रमा थोक बजार मुल्य सिमी प्रतिकिलो  औसत मुल्य ६२.२ रुपैया थियो । तर त्यसको ठिक चार महिना पछि ७१ भदौ महिनाको एक गते ५४ रुपैया प्रतिकिलो रहेकोमा भदौ ९ गते ७५ रुपैया प्रतिकिलोमा थोक मा विक्रि भईरहेको छ । त्यस्तै टमाटर बैशाख महिनाको २ गते मात्र ३० रुपैया  प्रतिकिलो थियो भने  जेठ १ गते ३२.५ रुपैया, असार महिनाको २ गते २० रुपैया प्रतिकेजी रहेकोमा साउन महिनाको २ गते ३० रुपैया प्रतिकिलो भयो भने भदौ महिनाको ९ गते  ७० रुपैया प्रतिकिलो भएको छ । यसरी तरकारीको भाउ आकासिनुको कारण बर्सातको मौसम हुनुको साथै बेमौसमको कारणले भएको बुटवल कृषी उपज थोक बजार केन्द्र बुटवलका पुर्व अध्यक्ष कलाधर पन्थी बताउछन् । 

पश्चिमाञ्चलै सबैभन्दा ठुलो कृर्षी उपजकेन्द्र बुटवलबाट करिव चार टन मात्र फलफुलको कारोबार हुने गर्दछ । 
५४ वटा तरकारी तथा फलफुलको डाटा राख्ने गरेको बुटवलm कृषी उपज थोक बजार केन्द्र ७१ बैशाख महिनाको २ गते रातो आलु २६ रुपैयाँ, सेतो आलु २५ रुपैया प्रतिकेजी, प्याज २४ रुपैया प्रतिकेजी, लसुन ११० प्रतिकेजी, अदुवा ११० प्रतिकेजी, सिमि ४२  रुपैया प्रतिकेजी, बोडी ६२ रुपैया प्रतिकेजी, घिरौला ६५ रुपैया प्रतिकेजी, भिन्डी ६० रुपैया प्रतिकेजी, भान्टा २० रुपैया प्रतिकेजी, खुर्सानी३२ रुपैया प्रतिकेजी, टमाटर प्रतिकेजी ३० रुपैया प्रतिकेजी , फर्सि प्रतिकेजी ११ रुपैया, बन्दा प्रतिकेजी १६ रुपैया, काक्रा प्रतिकेजी २१ रुपैया, सिम्ला प्रतिकेजी ७० रुपैया, परबर प्रतिकेजी ५५ रुपैया, गोपी प्रतिकेजी ३० रुपैया, करेला प्रतिकेजी ६२ रुपैया, मुला प्रतिकेजी २५ रुपैया, लौका प्रतिकेजी १३ रुपैया, स्याउ चाईनीज १२५ रुपैया प्रतिकेजी रहेका थियो । 
त्यस्तै अनार १९० रुपैया प्रतिकेजी, आँप प्रतिकेजी १०५ रुपैया,। मोसम प्रतिकजेी ४७ रुपैया, काचो नरिवल प्रतिकेजी ३० रुपैया, हरियो केरा प्रति दर्जन ३२ रुपैया, मालभोग केरा प्रति दर्जन ५२ रुपैया, , गाजर प्रतिकेजी ३० रुपैया, ममफुली ११५ रुपैया प्रतिकेजी,  नया अदुवा ११० रुपैया प्रतिकेजी, सुन्तला सानो दाना प्रतिकेजी ९२ .५ रुपैया, सुन्तला मझौला ९७.५ प्रतिकेजी, सुन्तला ठुलो दाना १०५ रुपैया, अंगुर सेतो १०० र खर्बजा २४ रुपैया प्रतिकेजी रहेको थियो । 
त्यसको ठिक ४ महिना पछि ७० भदौ ९ गते तरकारीको भाउ रातो आलुको ४२ रुपैयाँ, सेतो आलु ३७ रुपैया प्रतिकेजी, प्याज ३८ रुपैया प्रतिकेजी, लसुन ११० प्रतिकेजी, अदुवा ११५ प्रतिकेजी, सिमि ७५  रुपैया प्रतिकेजी, भान्टा १५ रुपैया प्रतिकेजी, खुर्सानी ५५ रुपैया प्रतिकेजी, टमाटर प्रतिकेजी ७० रुपैया प्रतिकेजी , फर्सि प्रतिकेजी १८ रुपैया, बन्दा प्रतिकेजी १७ रुपैया, काक्रा प्रतिकेजी ४२ रुपैया, सिम्ला प्रतिकेजी ७५ रुपैया, परबर प्रतिकेजी ६० रुपैया, गोपी प्रतिकेजी ५२ रुपैया, करेला प्रतिकेजी ३७ रुपैया, मुला प्रतिकेजी २२.५रुपैया, लौका प्रतिकेजी २२.५ रुपैया, स्याउ चाईनीज १०५ रुपैयाँ प्रतिकेजी रहेका थियो । 

त्यस्तै अनार १४५ रुपैया प्रतिकेजी, आँप प्रतिकेजी ९५ रुपैया, मौसम प्रतिकजी ५५ रुपैयाँ, काँचो नरिवल प्रतिकेजी ३२ रुपैया, हरियो केरा प्रति दर्जन ४२ रुपैया, मालभोग केरा प्रति दर्जन ४५.५ रुपैया, नयाँ अदुवा ११५ रहेको छ ।  यस तथ्यांकाबाट समेत के प्रष्ट हुन्छ भने पछिल्लो समयमा तरकारीको भाउ विस्तारै आकासिदै गएको छ । यो तथ्यांक थोक मूल्यको मात्र हो, यो मुल्यमा अझ बिचौलियाहरुले कमिसन खाएर फुटकर मूल्यमा बेच्दा अझ बढि मुल्यमा विक्री वितरण गर्दै आएका छन् । 

बुटवलमा पाल्पाको मदनपोखरा, चितनव, स्याङ्जा, तनहुबाट समेत तरकारी आउने गर्दछ । भने प्याज र आलु भारतबाट बढि आयत हुने गरेको छ । कोल्ड स्टोरको अभावको कारण किसानहरुले उत्पादन गरेको तरकारी स्टोर गर्न नपाउँदा बेमौसमा  तरकारीको भाउ आकासिने गरेको छ । बुटवल कृषी उपज केन्द्रबाट यस  पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुको अलवा प्याठान, दाङ्ग, सल्यान लगायतका जिल्लाहरुमा समेत तरकारी जाने गर्दछ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती