आयु घटाउदै तरकारीको विषादी

बुटवलमा बार्षिक २ करोडको विषादी कारोवार, विश्वमा ५० लाख मानिसको मृत्यु
कृष्ण खनाल
बुटवल, २९ साउन ।

अर्घाखाँची जिल्लाको ढाकावाङ्ग–३ घरभई बुटवल बस्दै आएका विष्णु प्रसाद खानलले केही दिन पहिला बुटवलको हाटबाजरबाट तरकारी ‘चिचिन्नो’ किने । कोठामा ल्याएर धोईपखाली पाकाएको खाँदा तरकारी मुखमा हाल्न नसकिने गरी तितो भयो ।
त्यसपछि उनले पुनःदोस्रो पटक अर्को तरकारी पकाएर खाना खाए ।  उपभोक्ता खनाल भन्छन्–‘तरकारी ल्याएर पकाएर खाँदा तितो भएर झण्डै बान्ता भएन, अनि त्यो चिचिन्नो फालेर अर्को आलुको मात्र तरकारी पकाए  खाना गाईयो ।’

उनी एउटा उदाहरण मात्र हुन् । उनी जस्ता कयौँ उपभोक्ताहरु बर्षौ देखि तरकारी प्रयोगमा  ठगिएदै आएका छन् । नजिककै हाटबजारबाट तरकारी किनेर घरमा लैजाँदा पकाउँदा  मुखमा राख्नै नसकिने गरी तितो हुने तथा तरकारीको स्वाद नै हराउने गरेको कारण पटक ÷पटक उपभोक्ताहरु ठगिएका हुन् ।
जसको कारण पछिल्लो समयमा बुटवलको विभिन्न हाटबजारहरुमा हरियो तरकारीको व्यापार विस्तारै ओरालो लाग्दै गएको व्यसायीहरु बताउँछन् ।
राष्ट्रिय बालि संरक्षण निर्देशनालय ललितपुरका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले पछिल्लो समयमा फलफल तथा तरकारीमा  बढ्दो विषादीको कारण उपभोक्ताहरुको आयु विस्तारै घट्दै गएको बताउँदछन् ।
 वि.स.१९९० सालमा नेपाल पहिलो पटक औषधी भित्रीएको जानाकारी दिदै शर्माले भने–‘विषादी प्रयोग पछिको अवशेषको कारण नेपालमा बढि भन्दा बढि जोखिम र समस्या निम्तीएको छ ।’ उनले अहिले पछिल्लो समयमा गोलभेडा (टमाटर) र आलुमा बढि मात्रामा विषादी प्रयोग हुने गरेको  उनको भनाई रहेको छ ।
नेपालमा ९५.३३ प्रतिशत किसानहरुले तरकारीमा विषादी प्रयोग गर्दछन् । ४.६६ प्रशित किसानले मात्र औषधी प्रयोग नगरि आर्गानिक खेती गर्दछन् ।
उता, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि अधिकृत कृष्णभद्र अधिकारीले पछिल्लो समयमा खासगरी  तरकारी उत्पादक किसानहरुलाई तरकारीमा विषादी प्रयोगबारेमा तालिम र जनचेतानामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदछन । उता नेपाल भेटनरी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष  हुमाकान्त काफ्लेका अनुसार यस क्षेत्रमा बार्षिक करिव २ करोड बराबरको विषादीको कारोबार हुने गर्दछ । राज्यबाट नै विषादी नियन्त्रण गरेमा कुनै पनि समस्या नहुने र नेपालमा भारतबाट दैनिक आयात हुने टनका टन तरकारीको कारण नेपालमा विषादी र रोग भित्रीएको उनको तर्क रहेको छ । उनले भने–‘राज्यबाट नै विषादी नियन्त्रणको लागि पहल भएमा हामी बेच्दैनौ बरु अन्य कुनै व्यवसाय गरौला ।’

उता, उपभोक्ता हक हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले कुनै पनि किसान  वा उपभोक्तालाई ठग्न नपाउने भन्दै पैसा तिरेपछि स्वाच्छ र सफा खान पाउने उपभोक्ताको अधिकार कुण्ठीत गर्न कसैले  पनि  नपाउने उनको तर्क रहेको छ ।  उनले भने–‘यो विषादीको प्रयो ज्यादै संम्वेनशिल  कुरा हो , यसको रोकथामको लागि स्थानिय स्तरदेखि राष्ट्रिय स्तर सम्म बहर र जनचेतना हुनु पर्दछ ।’
पर्रोहा कृषक समुहका अध्यक्ष शेरबहादुर क्षत्रीले विषादीको प्रयोग सम्बन्धी जनचेनामुलक विषय विद्यालयतहकै पाठ्यपुस्तकमा समेट्नुपर्ने बताउछन् ।
रुपन्देही हाटबजार व्यवसायी संघका उपाध्यक्ष दिनेशमणी अधिकारले कृषकहरुले उत्पादन गरेको अर्गानिक तरकारी विक्रि नै नहुने गरेको कारण सरकारले अर्गानिक तरकारी खेतीको लागि विशेष सहुलियत दिनुपर्ने माग गरेका छन् ।

नेपाल सरकारले १५ प्रकारका विषादीहरु प्रयोग गर्नको लागि प्रतिबन्दगरेको छ । तर ति विषादीहरु अहिले पनि खुलेयामा रुपमा प्रयोग भैरहेको सरकारी तथ्यांकमा पाईन्छ । खासगरी विषादी आँखाबाट, स्वासप्रश्वासबाट, छालाबाट र मुखबाट मानिसको शरिरमा ४ तरिकाबाट प्रवेश गर्ने विज्ञको भनाई रहेको छ ।
 एक तथ्यांक अनुसार प्रत्येक बर्ष  विश्वमा ५० लाख मानिसहरु विषादीको कारण मर्ने गरेको पाईन्छ ।
कुनै पनि विषादी ५० मिटर नजिकबाट प्रयोग गरिएको छ भने त्यसको असर गर्भवती महिला र बच्चाहरुमा त्यको प्रत्यक्ष रुपमा असर पर्ने हालै पिएच्डी गर्दै गरेका निर्देशक शर्माको भनाई रहेको छ ।  गर्भवती महिलाको बच्च तुहिने, अंगभंग भएको बच्चा जन्मीने संभावन प्रवल रहन्छ ।

विश्व वन्यजन्तु कोषको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढि विषादीको प्रयोग कोटनमा बढि हुने गरेको छ । जसमा प्रत्येक बर्ष २ हजार ५ सय ६० मिलिग्राम विषादी प्रयोग हुने गर्दछ । त्यस्तै चियामा २ सय १ सय मिलिग्राम, तरकारीमा १ हजार ४ सय ५० मिलीग्राम औषधी प्रगोग हुने गरेको छ । भने समग्रमा नेपालमा  बार्षिक रुपमा १ सय ४२ मिलीग्राम औषधी प्रयोग हुने गर्दछ ।
नेपालमा अहिले नेपाल सरकारले जम्मा ८ प्रकारका विषादीहरुको मात्र रजिष्टेशन गर्ने गरेको छ ।
नेपाल सरकारले केही  समय पछि ‘विषादी अवषेश द्रुत विश्लेषण संचालन  कार्यबिधी–२०७१’  ल्याउन लागेको छ । कार्यधि पारित भएपछि कुनै पनि किसानले कुनै  कुनै पनि प्रकारको विषादी प्रयोग गरेको पाइएमा कारवाही हुनेछ ।

पछिल्लो समयमा बाल संरक्षण कार्यक्रम अन्र्तगत काठमाण्डौमा नेपाल सरकारले प्रयोगशाला स्थापना गरेर तरकारीमा विषादी प्रयोग भए नभएको बारेमा जाँच गरिरहेको छ । प्रयोगशालाबाट सरिरमा रहेको विषादी अबरोध दरको अनुसार खान मिल्ने  वा नमिल्ने भन्ने बारेमा निक्यौल गर्ने गरिन्छ । ३५ प्रतिशत भन्दा कम भएका उपभोग गर्नको लागि कुनै पनि असर नहुने र ३५ देखि ४५ प्रतिशत भएका करिव ३÷४ दिन कन्टेनरमा राखेपछि मात्र उपभोग गर्न दिईने र ४५ प्रतिशत भन्दा माथि भएका तत्काल जफत गरि नष्ट गर्ने गरेको छ ।


((((((((((((((((((((((((((((
बक्स समाचार

तरकारीमा विषादी प्रयोग बारे अन्र्तरक्रिया सम्पन्न
बुटवल संवाददाता
बुटवल, २८ साउन ।
‘तरकारी तथा फलफुलमा हानिकारक विषादी प्रयोग र नियन्त्रणको लागि जनचेतनामुलक कार्यक्रम’ बुटवलमा वृहत कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव बुटवलको आयोजनामा भएको कार्यक्रमको सहयोगी को रुपमा   जिल्ला कृर्षि विकास कार्यालय र बुटवल नगरपालिका रहेका  थिए । रोटरी क्लव बुटवलका अध्यक्ष हरी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बाल संरक्षण ललितपुरका कार्यक्रम निर्देशक डिल्लीराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै शर्माले नेपालमा अन्य देशको भन्दा तरकारी तथा फलफुलका विषादी प्रयोग हुने भएपनि यसको प्रयोगमा सावाधानी नपनाएको कारण बढि जोखिम रहेको बताएका थिए । उनले भने–‘अन्य देशमा विषादीको प्रयोग मापन गरेर  निश्चित मात्रा अनुसार प्रयोग गरिन्छ अनि निश्चित समय पछि मात्र फलफुल तथा तरकारी प्रयोग गरिन्छ तर नेपालमा त्यस्तो गरिदैन् ।’

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सहकायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला कृर्षि विकास कार्यालय रुपन्देही बरिष्ठ कृर्षि  अधिकृत कृष्ण भद्र अधिकारी,  जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका बरिष्ठ पशु अधिकृत लक्ष्मण ढकाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख किशोर खत्री लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा पशु क्वारेन्टाईन कार्यालय वेलहियाका प्रमुख विनोद हमाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष यानेन्द्र जिसी, कोषाध्यक्ष विश्वास ढकाल  भेटेनरी व्यवसायी संघका अध्यक्ष हुमाकान्त काफ्ले, पर्रोहा कृर्षि सहकारी समितिका अध्यक्ष शेरबहादुर क्षेत्री,  उपभोक्ता हक हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामा, रोटरियनहरु मधुप्रकाश अर्याल, मणिरन्त पाण्डे, हाटबजार व्यवसायी रुपन्देहीका उपाध्यक्ष दिनामणी अधिकारी, रोट¥याक क्लव लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष सावि विक, लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रम संयोजक श्रीकृष्ण नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रोटरी क्लव बुटवलका सचिव करुण खनाल ले गरेका थिए ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती