घट्यो मापसेको राजश्व , १ बर्षमा १ सय ४१ जना कारवाहीमा

कृष्ण खनाल
बुटवल, २० साउन ।
 अघिल्लो आर्थिक बर्षको  सुरु महिना साउनमा ४३ हजार मादक पदार्थ सेवन(मापसे) गरेबापत राजश्व शंकलन गरेको ईलाका प्रशासन कार्यालय बुटवलले आर्थिक बर्षको अन्तीम महिना असारमा जम्मा ४ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । 

जुन आर्थिक बर्षको सुरुको महिना र अन्तिम महिनामा राजश्व अन्तर ३९ हजारको रहको छ । 
यस तथ्यांकबाट के प्रष्ठ हुन्छ भने मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने मानिसको संख्यामा कमी आएको छ । गत आर्थिक २०७०÷०७१ मा  ईलाका प्रशासन कार्यालय बुटवलले १ सय ४१ जना विभिन्न व्याक्तिहरुबाट कुल १ लाख ४१ हजार रुपैयाँ संकलन गरेको छ । 

ईलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत यज्ञश्वर शर्मा मरासिनीका अनसार पछिल्लो समयमा पादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधान चलाउने व्याक्तिबाट आउने जरिमाना घट्दै गएको छ । उनले भने–‘पहिला दिनहुँ जसो १÷२ वटा  जरिवाना तिर्नको लागि आउथे तर अहिले महिनामा पनि निकै कम आउने गरेका छन् ।’ 

प्रहरी प्रशासनले कडाई गरेपछि अहिले पछिल्लो समयमा मदाक पदार्थ  सेवन (मापसे) गरेरे सवारी साधन चलाउन हँुदैन भन्ने धारणा विस्तारै विकास हुदै  गएको उनको भनाई रहेको छ । 
उता, ईलाका प्रशासन कार्यालय बुटवलका लेखा अधिकृत  कुलराज गौतमका अनुसार अघिल्लो आर्थिक बर्ष २०७०÷०७१ मा ईलाका प्रशासन कार्यालय बुटवलले १ लाख ४१ हजार  पादक पदार्थ सेवन गरेर सवारी साधन चलाए बापत जरिमान राजश्व संकलन गरेको छ । उनका अनुसार साउन महिनामा ४३ हजार, भदौ महिनामा २६ हजार, अशोज महिनामा ११ हजार, कार्तिक महिनामा १४ हजार, मंसिर महिनामा २ हजार राजश्व संकलन भएको छ । 

त्यस्तै पुस महिनामा १० हजार, माघ महिनामा ५ हजार, फागुन महिनामा ११ हजार, चैत महिनामा १० हजार, बैशाख महिनामा ३ हजार, जेठ महिनामा ४ हजार र असार महिनामा जम्मा ४ हजार राजश्व संकलन गरेको छ ।  ईलाका प्रशासन कार्यालय बुटवलले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएर बापत प्रहरी प्रशासनको सिफारिसका आधारमा  प्रतिव्याक्ति १ हजार रुपैया जरिवाना लिने गरेको छ । 
त्यस्तै सोही आर्थिक बर्षमा विभिन्न सेवा प्रदान गरेर वापत र जरिवाना बापत ३ करोड २७ लाख ९८ हजार ६ सय ५० रुपैया राजश्व संकलन गरेको छ । 

ईलाका प्रशासन कार्यालय बुटवल बाट अघिल्लो आर्थिक बर्षमा ६ हजार ३ सय ९६ जना राहदानी लिएका छन् । उनीहरुबाट प्रति राहदान ५ हजारका दरले कार्यालयले कुल ३ करोड १९  लाख ८० हजार रुपँया राजश्व संकलन गरेको छ । त्यस्तै राहदानी हराई पुनः दर्ता तथा वितरणको लागि ५७ जनाले सेवा लिएका छन् । जसबाट कार्यालयले प्रति व्याक्ति १० हजारका दरले ५ लाख ७० हजार राजश्व संकलन गरेको छ । 
त्यस्तै दुर्त सेवाको लागि राहदानी विभाग काठमाण्डौमा ५ हजार ७ सय १८ जनाको सिफारिस कार्यालयले गरेको लेखा अधिकृत गौतमले बताए । ४५ वटा संस्था नविकरणबाट थप  दर्ता  भएका समेत गरी कुल ४८ हजार ६ सय राजश्व संकलन गरेको छ । ७० वटा बन्दुक नविकरणबाट प्रति बन्दुक १ सय ५० र ३ सय का दरले कुल ५९ हजार ५० रुपैया संकलन  गरेको छ  भने मापसेबाट १ लाख ४१ हजार रुपैया संकलन गरेको छ । 
तस्वीरः ईलाका प्रशासन कार्यालय बुटवलको जिर्ण भवन आफ्नो भवन नभएको कार्यालय  भवन सडक डिभिजनको भवनमा छ ।  




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती